2026-07-06 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्तो ओठ भएका मान्छे कस्तो स्वभावका हुन्छन् ? थाहा पाउनु होस…

यदि तपाइँ कुनै अपरिचित व्यक्तिको दिलको कुरा पहिलो भेटमै पढ्न वा थाहा पाउन चाहनु हुन्छ भने उसको ओठलाई नजिकबाट नियाल्नुहोस । ओठले दिलको मात्र हाल बताउदैन, त्यसले तपाइको स्वभावको बारेमा पनि बताउने गर्छ । मनौवैज्ञानिकहरुको दावी अनुसार कुनै पनि मान्छेको अनुहार र उसको ओठको बनावटले नै उक्त व्यक्तिको लक्षण, तथा बिशेषता स्पष्ट झल्काएको हुन्छ । अतस् यदि तपाइँ ज्योतिष, सामुद्रिक वा फेरी अंग लक्षण शास्त्रमा रुचि राख्नु हुन्छ भने तपाइको लागि यो लेख बहुउपयोगी छ ।

ज्योतिषको सामुद्रिक विद्याको अनुसार केहि यस्तो संकेत छ, जसको मुताविक व्यक्तिको स्वभाव र खास कुराहरु थाहा हुन्छ । कुनै पनि व्यक्तिलाई देखेको समय सबै भन्दा पहिले हाम्रो नजर उसके अनुहारमा पर्छ उसको अनुहारमा मुस्कुराहट देखेर हामी प्रसन्न हुन्छौं । यो मुस्कुराहटमा अहम् भूमिका निभाउने गर्छ ओठले, यही ओठलाई ध्यानमा राखेर कुनै पनि स्त्री वा पुरुषको स्वभावको बुझ्न सकिन्छ । कुनै पनि व्यक्तिको ओठ हेरेर उसको व्यवहार, आचार-विचार र कार्यक्षेत्र कस्तो हुन्छ भन्ने थाहा पाउन सकिन्छ । हामी सबै जनाको अलग(अलग प्रकारको ओठ हुने गर्छ । जसको माध्यमबाट व्यक्तिको व्यक्तित्त्वको बारेमा जान्न सकिन्छ ।

सासले तपाइँलाई अलग/अलग प्रकारको ओठको बनावटको अनुसार उक्त व्यक्तिको स्वभावको बारेमा केहि कुरा जानकारी दिने प्रयत्न गरेको छ स्

गुलाबी ओठ

गुलाबी ओठ हुने व्यक्तिको व्यवहार कुशल, उदार र बुद्धिमान हुन्छ । यस्ता व्यक्ति यति धेरै कुशल हुन्छन कि आफ्नो व्यवहारको बलमा सबै काम मन लगाएर काम गर्छन् । यही कारण पनि यिनीहरुको मित्रको संख्या धेरै हुन्छन् ।

ठुलो ओठ

केहि मान्छेको ओठ सामान्य स्थितिभन्दा बढी ठुलो आकारको हुन्छ वा कसैको ओठको फैलावट ठुलो हुने गर्छ । उनीहरुको बारेमा भने अनुसार यस्ता मान्छे मिठो खानाको सौखिन हुन्छन् । यिनीहरुलाई फरक फरक व्यंजन बढी मन पर्छ । यस्ता मान्छे छीटो रिसाउछन् भने छिटो खुसि पनि हुन्छन् ।

संकुचित ओठ

संकुचित ओठ यानेकी जुन ओठ छोटो हुन्छ र पातलो हुन्छ उक्त ओठ संकुचित ओठको श्रेणीमा पर्छ । यस्तो ओठ हुने मान्छे बढी देखावटी हुन्छन् । बढी नक्कल गर्ने यिनीहरुको स्वभाव हुन्छ साथै यस्ता व्यक्तिहरु अन्य मान्छेको अगाडी आफ्नो प्रभाव बनाउने चेष्टा गरीरहन्छन् ।

रशिलो ओठ

सामुद्रिक शास्त्रको अनुसार यस्तो ओठ रातो रंगको चिल्लो र मृदुल हुन्छन् । यस्तो ओठबाट कलात्मकको भाव परिलक्षित हुन्छ । यस्तो ओठ भएको मान्छे सुंदर, कला प्रिय र राम्रो स्वभावको हुने गर्छन् । यस्ता मान्छे समाज र घर(परिवारमा मान(सम्मान प्राप्त गर्छन् । कार्य क्षेत्रमा उच्च शिखर सम्म जना र जीवनमा कयौं उपलब्धिहरु हासिल गर्न सक्छन् ।

मोटो ओठ

जसको ओठ सामान्य भन्दा मोटो छ उनीहरु बढी क्रोधी स्वभावका हुन्छन् । यस्ता मान्छे एकदम आवेशी हुन्छन् । यिनीहरुलाई मायाँ गर्न पनि छिटो आउँछ भने रिसाउँन पनि छिटो आउँछ । यिनिहरु भावनात्मक हुन्छन् साथै जिद्दी हुन्छन् । सानो कुरामा पनि यिनिहरु रिसाईहाल्छन् । स्त्रिहरुका लागि यस्तो ओठ धेरै ठिक हुन्न किनकि उनीहरुको नराम्रो स्वभावले आफ्नो घर(गृहस्थ जीवनमा बाधा उत्पन्न हुने गर्छ ।

बढी फराकिलो ओठ

सामान्य स्थितिभन्दा बढी च्यातिएको ओठ भएकाहरुमा साहसको कमि हुन्छ । यस्ता मान्छे कुनै पनि कठिन परिस्थितिमा आफुलाई सम्हाल्न सक्दैनन् । यिनीहरुलाई साधारण भन्दा पनि साधारण कुरामा पनि डराईरहेको देख्न सकिन्छ ।

भित्र बढी दबिएको ओठ

जुन व्यक्तिको ओठ बाहिरबाट हेर्दा सामान्य नदेखिने र बढी भित्र दबिएको छ त्यस्ता मान्छेहरु बढी भुलक्कड़ हुन्छन् । यस्ता मान्छे रहस्यमय स्वभावका हुन्छन् । तर पनि यस्ता मान्छे राम्रो योजनाकार हुन सक्छन् तर पनि आफ्नो योजना बाहिर ल्याउन असक्षम रहन्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने