२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“भन्दा लाज लाग्ने, नभन्दा समस्या बढ्दै जाने” महिलाका अति संबेदनशील समस्याहरु यस्ता छन्

७ पुष २०७३, बिहीबार १९:४०

योनि चिलाउने :

यो महिलाहरुमा हुने सामान्य समस्या हो । भन्नपनि लाज लाग्ने, नभन्दा समस्या विकराल बन्दै जाने । यो समस्यामा सेतो पानी बग्ने तथा योनिका भित्ताहरुमा चिलाउने हुन्छ । चूर्णा परे पनि गुह्द्धारबाट सर्दैसर्दै वर आइपुग्छन् र योनि चिलाउने हुन्छ । हर्षा भएमा, न्यूरोसिस र महिनावारी हुनुभन्दा पहिले पनि यौनी चिलाउने गर्छ ।

गर्भवती अवस्था यस्तो समस्याले बढी नै सताउछ, राती गुम्सिएपछि त कन्याउँदा घाउ पनि हुन्छ । पिसाब मात्र जाँच गरेमा पनि धेरै कुरा पत्ता लाग्छ । यदि कारण पत्ता लागेन भने चिलाउन रोक्ने उपाय अपनाउनु पर्छ । चिलाउन रोक्ने, निद्रा नपरेमा निद्राको औषधि दिन सकिन्छ । रोग निको पार्ने पहिलो कडी सरसफाई अपनाउनु हो । भल्भमा क्यान्सर भएर चिलाउँने समस्या देखिएको हो, भने यसलाई त शल्यक्रियाबाटै उपचार गर्नुपर्छ ।

योनिबाट पानी बग्नु :

योनिका केही तन्तुबाट श्राव पैदा हुन्छ । सर्भिक्स र यसको ग्रन्थीहरुबाट म्यूकस सेक्रेशनको आपूर्ति भएराखेको हुन्छ । महिनावारीको बेलामा इन्डोमेटियमबाट सेक्रेशन निस्कन्छ । यौनक्रिडाको बखत द्यबचतजयष्लिक ग्रन्थीबाट श्राव हुन्छ । सबै महिलाहरुमा योनीमार्गलाई चिल्लो पार्न केही श्राव भइराखेकै हुन्छ । बढी श्राव भयो भन्दैमा केही चिन्ता गर्नुपर्दैन ।

रक्तश्राव धेरै हुनु :

धेरै दिनसम्म रक्तश्राव भइराखे रक्तल्पता हुनसक्छ । यो रोग होइन तर रोगको लक्षण हो । सामान्य कारणमा पेल्भिक क्षेत्रका दिर्घरोगहरु हुन सक्छन् । अर्को कारणमा, शरीरमा इष्ट्रोजेन हर्मोन बढी निस्कनु पनि हो । धेरै दिनसम्म महिनावारी रोकिएर रक्तश्राव भएमा पनि धेरै रगत हुन्छ ।

अनियमित रक्तश्राव हुनु :

यो क्यान्सरको सुरुको लक्षण पनि हुनसक्छ भन्ने कुरा बिर्सन हुँदैन । कुनै पनि महिलाको प्रजनन् वा ःभलयउबगकभ को अवस्थापछि पनि रक्तश्राव भएमा क्यान्सर हुन लागेको छ कि भनेर चेक गर्नुपर्दछ । यदि सर्भिक्स भ्चयकष्यल देखिएमा पाठेघरको क्यूरेट गरेर जाँच्नु पर्छ । अनियमित रक्तश्राव हुने कारणमा पोलिपको कारणले, गर्भपतन पूर्ण नभएमा, एष्ट्रोजन हार्मोन खाादा खाँदै बन्द गरेमा हुन्छ । रक्तश्रावलाई पूरा जाँच गरेर कारण पत्ता नलगाई त्यत्तिकै छोड्नु हुँदैन ।

महिनावारी :

प्रत्येक महिलाले प्रत्येक महिनामा निश्चित समयको अन्तरमा एक किसिमको रक्तश्राव योनिबाट बाहिर निस्कन्छ र यसले गर्भ रहनसक्ने कुराको सङ्केत दिन्छ । यसलाई नै महिनावारी भन्दछन् । यो सामान्यतयाः गर्मी प्रदेशमा १२–१३ बर्षमा र शीतोष्ण प्रदेशमा १५–१६ बर्षमा सुरु हुन्छ । र ४५–५० बर्षको उमेरसम्म रहन्छ । कुनै बालिकाको ११ बर्षभन्दा पहिला महिनावारी भएमा र १७ बर्षसम्म पनि नभएमा स्त्रीरोग विशेषज्ञसँग जचाउँनुपर्छ । यो रक्तश्राव हुने प्रक्रिया ३ देखि ५ दिनसम्म हुन्छ । महिनावारी सुरु हुनु किशोरी अवस्था समाप्तिको सङ्केत हो । यसको अर्थ बिहे गरी दिनुपर्छ भन्ने होइन । धेरै रक्तश्राव र कम रक्तश्राव दुबै खतराका सङ्केत हुन । रजस्वला हुँदा करिब ५० मि.लि. रगत बग्छ । एक रजस्वला भएदेखि अर्को रजस्वला हुने अवधिलाई रजस्वला चक्र भनिन्छ । धेरैजसो महिलाहरुको चक्र २१ दिन र २८ दिन हुन्छ ।

रजस्वलापछि अण्डाबाट इप्ट्रोजन निस्कन्छ, करिब १३–१४ दिनपछि एउटा अण्डा वा फुल निस्कन्छ । यसले गर्भाशयमा बच्चाराख्ने शक्ति बृद्धि गर्छ तर गर्भ नरहेमा सानो हुँदै बिलाएर जान्छ । साथसाथै हर्मोनको उत्पादन घट्दै जान्छ र रगतका नली फुटी रगत बग्छ । गर्भ नरहेमा रजस्वला हुन्छ ।

- डा. विष्णुप्रसाद पण्डितको तत्काल डाक्टर नभएमा पुस्तकबाट साभार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै