म विवाहित महिला हुँ । गर्भवती भएको पाँच महिना भयो । श्रीमान्सँग नियमितजसो यौन सम्पर्क भइरहेको छ । यस्तो अवस्थामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ? -पी Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... म विवाहित महिला हुँ । गर्भवती भएको पाँच महिना भयो । श्रीमान्सँग नियमितजसो यौन सम्पर्क भइरहेको छ । यस्तो अवस्थामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ? -पी
2026-09-18 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भवती भएको पाँच महिना भयो, यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन ?

म विवाहित महिला हुँ । गर्भवती भएको पाँच महिना भयो । श्रीमान्सँग नियमितजसो यौन सम्पर्क भइरहेको छ । यस्तो अवस्थामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ? –पी

प्रायः दम्पतीलाई गर्भावस्थामा यौन सम्पर्क राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्यौल हुन्छ । यस विषयमा परामर्श लिन अप्ठ्यारो मान्ने भएकाले उनीहरू वास्तविकताबाट वञ्चित हुन्छन् । अरू अवस्थामा भन्दा गर्भावस्थामा यौन सम्पर्क राख्दा केही सावधानी अपनाएमा यौन आनन्द लिन सकिन्छ ।

गर्भावस्थामा प्रायः महिलालाई यौन इच्छामा कमी आउन सक्छ । केही महिलालाई भने यौन सम्पर्क राख्ने इच्छा बढेको पनि पाइएको छ । त्यतिबेला महिलाको पेट बढ्ने, वाकवाकी लाग्ने, बारम्बार पिसाब लागिरहने आदि हुनाले यौनप्रति त्यति चाहना हुँदैन ।

गर्भावस्थाको पहिलो तीन महिनामा यौन सम्पर्क राख्नु हुँदैन । त्यतिबेला गर्भपात हुन सक्ने खतरा हुन्छ । त्यस्तै, सात महिनापछि पनि यौन सम्पर्क राख्नु हुँदैन । यतिबेला बच्चाको तौल बढ्ने र हाडहरूको विकास पनि तीव्र रूपमा भइरहेको हुन्छ ।

तीन महिनादेखि सात महिनाका बीचमा बच्चालाई असर नपु¥याउने आसनमा मात्र सम्भोग गर्नुपर्छ । महिला माथि र पुरुष तल बसेर गर्ने आसन, महिलालाई पछाडिबाट सम्भोग गर्ने आसन गर्भवती महिलालाई लाभप्रद हुनसक्छ ।

यस बेला कन्डमको प्रयोग गरेर यौन सम्पर्क राख्दा भ्रूणमा इन्फेक्सन हुन दिँदैन ।  योनीबाट रगत बग्ने, तल्लो पेट दुख्ने आदि भएमा यौन सम्पर्क तत्काल रोक्नुपर्छ । सरसल्लाह एवं समझदारीमा मात्र यौन सम्पर्क राख्नुपर्छ ।

यस बेला पुरुषले सावधानीपूर्वक यौन सम्पर्क राख्नुपर्छ । उत्तेजनामा आएर ख्याल नगरी कदापि सम्बन्ध राख्नुहुँदैन । पुरुष कुनै पनि हालतमा सभ्भोग गर्ने मनस्थितिमा प्रस्तुत भयो भने बच्चालाई चोट पुगेर गर्भ तुहिन पनि सक्छ । गर्भावस्थामा उत्तेजनामा आएर मुख मैथुन, गुदा मैथुन गर्नु राम्रो हुँदैन । सकेसम्म कम उत्तेजनामा र बढी प्रेमपूर्ण भएर यौन सम्पर्क राखेको राम्रो हुन्छ ।

यदि योभन्दा पहिलेको गर्भ तुहिएको हो भने यस वर्ष चाहिँ अत्यन्त सावधानी अपनाउनुपर्छ । गर्भवती महिलाको हेरविचार गर्नुपर्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहविना तीन महिनादेखि सात महिनाका बीचमा पनि यौन सम्पर्क राख्नु हुँदैन् । यो कुरामा अत्यन्त संवेदनशील भएर ख्याल पु¥याउनुपर्छ । गर्भधारणपछि पनि तुरुन्तै यौन सम्पर्क राख्नु हुँदैन । अपरेसन गरेर बच्चा जन्माएको वा योनी च्यातिएर सिजरिङ गरेको हो भने चिकित्सकको परामर्शविना यौन सम्पर्क गर्नु हुँदैन ।

गर्भावस्थामा यौन सम्पर्क राख्न नपाउँदा श्रीमान्–श्रीमतीबीच फाटो आउन पनि सक्छ । यतिबेला श्रीमान्को भूमिका महŒवपूर्ण हुन्छ । श्रीमान्ले श्रीमतीको नियमित सरसफाइ, स्वास्थ्य परीक्षण, सन्तुलित भोजनमा ध्यान पु¥याउनुपर्छ । धेरैजसो महिला प्रसवको बेला सम्झेर चिन्तित हुने गर्छन् । 

चिन्ताले स्वास्थ्यमा प्रतिकूल असर पार्छ । त्यसबेला उनीहरूलाई सकारात्मक विचारको आवश्यकता धेरै हुन्छ । गर्भावस्थामा आमा र बच्चाको शरीरमात्र नभएर मन, भावना पनि गाँसिएको मनोवैज्ञानिक बताउँछन् । यस्तो अवस्थामा आमाले गरेका, सोचेका कुरा बच्चाको मस्तिष्कमा स्मृतिको रूपमा रहने हुँदा सकारात्मक सोच राखेमा र काम गरेमा फाइदा पुग्छ । -शुक्रबारबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई