सुखी दाम्पत्य जीवनको लागि यौन अत्यावश्यक कुरा हो । तर पनि कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन । दाम्पत्य जीवन सुरु गरिसकेका वा नगरेका सबैको "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुखी दाम्पत्य जीवनको लागि यौन अत्यावश्यक कुरा हो । तर पनि कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन । दाम्पत्य जीवन सुरु गरिसकेका वा नगरेका सबैको "/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! यस्तो अवस्थामा यौन सम्पर्क नगरौं

२०७३, १९ फाल्गुन बिहीबार ०८:१९

सुखी दाम्पत्य जीवनको लागि यौन अत्यावश्यक कुरा हो । तर पनि कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन । दाम्पत्य जीवन सुरु गरिसकेका वा नगरेका सबैको लागि यो जनाकारी आवश्यक छ अन्यथा समस्यामा परिन्छ, जब समस्या पर्छ तब पछुताएर पनि केहि फाइदा हुँदैन । तल दिईएको जानकारी पढ्नुहोस् 

१. आपसी सहमति र इच्छा बिपरित

यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन । यसले तपाईप्रति हेर्ने दृष्टिकोणमै फरक पर्छ । साथै असमझदारीको अवस्थामा जेल सम्म पनि पुग्नु पर्ने हुन्छ । पार्टनर नमान्दा-नमान्दै सेक्समा तल्लिन हुँदा त्यसलाई जबर्जस्ति करणीको मुद्धा पनि लाग्छ । 

पार्टनरका लागि टिप्स

–   यौन सम्पर्कअघि पार्टनरलाई बिस्तारै मानसिक रुपले तयार गर्ने । यसका लागि उनलाई आफ्नो सामिप्यता महसुष गराउनु पर्छ । प्रेमपूर्वक व्यवहार गर्नुपर्छ । 

२. झगडा वा मनमुटाव भएको बेला

धेरैले के ठान्छन् भने, मनमुटावको अवस्थामा यौन सम्पर्क गर्दा सम्बन्धमा सुधार आउँछ । तर, कहिले कहिं त्यसले उल्टो नतिजा दिन्छ । यौनको अर्थ प्रेम दर्शाउनु पनि हो । जबरजस्ती यौन सम्पर्क राख्ने प्रयासले थप झगडा निम्त्याउन सक्छ । किनभने यो शारीरिक क्रिया त हो तर, यसमा भावना पनि आवश्यक हुन्छ ।

पार्टनरका लागि टिप्स

–    लडाई-झगडा सुल्झाउनका लागि सबैभन्दा पहिला पार्टनरलाई फकाउनुहोस् । आफ्नो गल्ती छ भने माफी माग्नुपर्छ । पार्टनरलाई खुसी तुल्याउन गिफ्ट दिन सकन्छ । जब पार्टनर खुसी हुन्छ, तपाईले उनलाई पगाल्न तपाईलाई गाह्रो पर्ने छैन ।

३. गर्भवती भएको अवस्थामा

पत्नी गर्भवती भएको बेला यौन सम्पर्क राख्नुहुन्छ कि हुँदैन, कसरी राख्ने, कहाँ राख्ने ? यावत जिज्ञासा उठ्छ । विशेषज्ञका अनुसार गर्भवती भएको छैटौं हप्ताबाट बाह्रौ हप्तासम्म यौन सम्पर्क नराख्नु नै उचित हुन्छ । किनभने यसबेला यौन सम्पर्क राख्नाले गर्भपतनको संभावना हुन्छ । यसका साथै गर्भवती भएको अन्तिम दुई महिना पनि यौन सम्पर्क राख्नु हुँदैन ।

पार्टनरका लागि टिप्स

–    गर्भवती भएको बेला पार्टनरको पुरा ख्याल राखौं । उनीहरुलाई हरबखत खुसी राख्नुपर्छ । विज्ञका अनुसार गर्भवती भएको चौथो र सातौ महिनासम्म यौनसम्पर्क राख्न सकिन्छ, यद्यपी पार्टनरको सहज महसुष भएमा मात्र ।

४. शल्याक्रिया लगत्तै

शल्याक्रिया चाहे जतिसुकै सानो होस, जबसम्म घाउ पूर्ण रुपले निको हुँदैन यौनसम्पर्क राख्नु हुँदैन । सामन्य त चिकित्सकले शरीरको शल्याक्रियापछि तीन महिनाका लागि यौन सम्पर्क नगर्ने सल्लाह दिने गरेका छन् ।

पार्टनरका लागि टिप्स

–    तपाईले यो सोच्नुपर्छ कि, शल्याक्रियापछि औषधी र थेरापीको कारण पार्टनरलाई यौन सम्बन्धमा इच्छा हुँदैन । यसका साथै शरीरको घाउले उनीहरुलाई केहि सोच्न दिदैन । यस्तो अवस्थामा उनलाई तपाई प्रेम र उर्जा दिनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै