एजेन्सी । लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी । लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नि"/>
२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरू

२०७३, ४ चैत्र शुक्रबार ०१:३१

एजेन्सी । लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउन सक्दछ।

तर, यदि तपाईँ निम्न ५ किसिमका मानिसहरूमा पर्नुहुन्छ भने, लसुनजस्तो स्वस्थवर्दक कुरा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरूः

१. कलेजोको समस्या भएको व्यक्ति

ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्।

२. झाडापखाला लागेको व्यक्ति

झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ। यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

३. सर्जरी गर्न लागेको व्यक्ति

कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ। किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ।

४. कम रक्तचाप भएको व्यक्ति

लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ

५. आँखा रोग भएको व्यक्ति

आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।

त्यसैले, यदि तपाईँ पनि यी ५ किसिमका व्यक्तिहरूमा पर्नुहुन्छ भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस्। साधारण स्वास्थ्य स्थिती भएका व्यक्तिहरूको लागि लसुन फाइदाजनक भएपनि, माथिका ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ। तर यदि गल्तीले लसुनको सेवन गर्नुभयो र समस्या आउन थाल्यो भने तुरुन्तै स्वास्थ्य चौकी जानुहोस् र उपचार गराउनुहोस्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ