२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक्कासी मोबाइल बन्द भए फ्रिजमा हाल्दिनुस (मोबाइल प्रयोगकर्ताले जान्नै पर्ने ४ कुरा)

१० चैत्र २०७३, बिहीबार १३:५३

सास । स्मार्टफोनमा सानो सानो समस्याले पनि कहिलेकाही हामीलाई दुख दिईरहेको हुन्छ । कहिलेकाही मोबाइलमा केहि समस्या आउन सक्छ त्यस्तो अवस्थामा मोबाइल कुनै पसलमा बनाउन लानु बन्दा पनि घरमै बसेर बनाउने प्रयास गर्न सकिन्छ । आज हामीले स्मार्ट फोनमा हुने केहि समस्या तपाइँ आफैले समाधान गर्न सक्नुस भन्ने हेतुले यो जानकारी दिएका छौं तल पढ्नुस: 

फोन एक्कासी बन्द भएमा…. 

कहिलेकाहि नयाँ वा पुरानो फोन एक्कासी बन्द हुन सक्छ । यस्तो अवस्थामा उक्त मोबाइललाई प्लास्टिकले बेरेर फ्रीज भित्र हालेर केहि समय पछी फोन अन गर्न सकिन्छ । स्मार्टफोनको ब्याट्री लिथियम आयनबाट बनेको हुन्छ । तातो भएपछी यसले एक्कासी काम गर्न छाड्छ ।  त्यसैले कुल फ्रिजमा फोन राख्दा ब्याट्री पुरानै अवस्थामा ल्याउन सकिन्छ । तर फ्रीजमा राख्दा फोनलाई राम्ररी प्लास्टिकले बेरेर राख्नुस नत्र फोन भिजन सक्छ । साथै १/२ घण्टा भन्दा धेरै बेर नराख्नुस । 

फोन पानीमा भिजेमा … 

फोन भिजेको छ भने तुरुन्त स्विच अन नगर्नुस् । साथै भिजेर पनि फोन खुलै छ भने स्विच अफ गर्नुस । यस्तो गर्दा फोनमा बिद्युत सर्ट हुन पाउंदैन । यदी ब्याट्री निकाल्न मिल्ने फोन छ भने तत्काल निकाल्नुस साथै सिम कार्ड, स्क्रीन गार्ड, मेमोरी कार्ड निकाल्नुस । फेरी कुनै कटनको कपडाले फोन पुछ्नुस । पुछीसके पछि फोन र ब्याट्रीलाई धान वा चामलभित्र दबाउनुस । धान वा चामलले फोनबाट छिट्टै पानि सोस्न मद्धत गर्छ । ८/१० घण्टापछी मोबाइल खोल्ने प्रयास गर्नु हुन्छ । 

फोन स्क्र्याच भएमा… 

यदि तपाइको फोनको स्क्रीन गार्ड छैन भने बिस्तारै स्क्राय्च हुन्छ । स्क्र्याच भएको भागलाई सफा गर्दा टुथपेस्ट प्रयोग गर्न सक्नुहुन्छ र नरम कपडाले बिस्तारै बिस्तारै पुछ्न सक्नुहुन्छ । यसले फोनको स्क्रीन सफा बनाउँछ । 

फोनको एप्लिकेशन क्र्यास भएमा वा ह्यांग भएमा…

यदि तपाइ एप्लिकेशन डाउनलोड गर्दै हुनुहुन्छ र त्यसै समय तपाइको एन्ड्रोइड फोनको एप्लिकेशन क्र्यास भएमा वा ह्यांग भएमा नआत्तिनुस । यस्तो अवस्थामा फोनको ब्याट्री निकालीदिनुस् । फेरी ब्याट्री लगाएर फोनलाई रीस्टार्ट गर्नुस । रीस्टार्ट गरेपछि गूगल प्लेमा गएर तपाईलाई चाहिएको ऐप फेरी अपडेट गर्न सक्नुहुन्छ । यदी अपडेटको अप्सन नआएमा उक्त एप्लाई अनइन्स्टल गर्नुस र फेरी इन्स्टल गर्नुस । समस्या समाधान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य