चैत २८, काठमाडौं | महिलाहरुको भित्री वस्त्र ‘ब्रा’ रातको समयमा सुत्नुअघि फुकाल्नु सहि कि गलत भन्नेबारे विवाद रहिआएको छ ।

कतिपय महिलाहरु रातको समयमा सुत्दा ‘ब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २८, काठमाडौं | महिलाहरुको भित्री वस्त्र ‘ब्रा’ रातको समयमा सुत्नुअघि फुकाल्नु सहि कि गलत भन्नेबारे विवाद रहिआएको छ ।

कतिपय महिलाहरु रातको समयमा सुत्दा ‘ब्"/>

2026-09-18 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्नुअगाडि महिलाले किन फुकाल्ने ब्रा ?

चैत २८, काठमाडौं | महिलाहरुको भित्री वस्त्र ‘ब्रा’ रातको समयमा सुत्नुअघि फुकाल्नु सहि कि गलत भन्नेबारे विवाद रहिआएको छ ।

कतिपय महिलाहरु रातको समयमा सुत्दा ‘ब्रा’ले निद्रा बिथोलेको बताउँछन् भने केहि महिलाहरु ‘ब्रा’ लगाएर सुत्दा स्तनको आकार राम्रो हुने र नझोल्लिने दाबी गर्छन् ।

हालै मेडिकल अनुसन्धानकर्ताहरुले लामो अध्ययन गरेपश्चात महिलाहरुलाई स्तन स्वास्थ्यमा जोखिम हुने भन्दै रातको समयमा ‘ब्रा’ नलगाउन सुझाव दिएका छन् ।

अनुसन्धानकर्ताहरुले रातको समयमा टम्म–कसिलो ‘ब्रा’ लगाएर सुत्नाले स्तनको रक्तसन्चार तथा स्नायुप्रणालीमा नकरात्मक असरपर्नुका साथै अरु संक्रमणजन्य रोगलगायत स्तन क्यान्सरकोसमेत जोखिम बढ्ने बताएका छन् ।

तर, केहि महिला सौन्दर्य विशेषज्ञहरुले ‘ब्रा’ फुकालेर सुत्नाले स्तनको आकारमा नकरात्मक असरपर्ने र चाँडै स्तन झोल्लिने समस्या देखापर्ने प्रतिक्रियासमेत दिएका छन् ।

के हो वास्तविकता ?

मेडिकल जर्नलकाअनुसार ‘ब्रा’, विशेषगरी भित्री कपडाले रक्तसन्चारलाई प्रभावित गर्दछ । यसले स्तनको आसपासको मांसपेसीलाईसमेत दबाब दिने गर्दछ । जसबाट स्नायुप्रणालीमा प्रत्यक्ष असर पुग्दछ ।

त्यसमध्ये कसिलो ‘ब्रा’ लगाउनु झन् घातक मानिन्छ । कसिलो ‘ब्रा’ले स्तनमा हुने स–साना कोष तथा तन्तुहरुलाई दुःख दिने गर्दछ । त्यसैले चिकित्सकहरुले सुत्नुअघि ‘ब्रा’ फुकालेर हल्का कपडा लगाउन सल्लाह दिने गर्दछन् ।

‘ब्रा’ लगाएर सुत्नाले ‘ब्रा’मा रहेको हुकले छालामा हानि गर्ने सम्भावना बढी हुन्छ । जसबाट छालामा घाउ तथा संक्रमण हुने सम्भावनासमेत रहन्छ ।

अनुसन्धानकर्ताहरुकाअनुसार ‘ब्रा’ले शारीरिकमात्रै नभइ मानसिक तनावसमेत दिने गर्दछ ।

‘ब्रा’ लगाएर सुत्नाले जीवाणुको संक्रमणको जोखिम बढ्दछ । छातीको वरिपरि संक्रमणको जोखिम हुने र स्तनमा संक्रमणको लागि ‘ब्रा’ले सहयोगी भूमिका खेल्दछ ।

त्यस्तै, यदि तपाइँ रातको समयमा सुत्नुअघि ‘ब्रा’ नफुकाली लामो समयसम्म लगाइरहनु हुन्छ भने स्तन वरिपरि एक प्रकारको दाग एवं धब्बा बस्ने र छालाको रङ शरीरकोभन्दा फरक देखिने गर्दछ ।

साथै, पसिना आउने समस्या छ भने छालासम्बन्धी रोगहरुकोसमेत जोखिम बढ्दछ ।

‘ब्रा’ नलगाइ सुत्दा स्तनको आकार तल–माथि (स्तन झोल्लिने) हुने समस्या हुन्छ कि भन्ने यदि लाग्छ भने त्यसको लागि दैनिक शारीरिक व्यायाम र चिकित्सकको सल्लाहबमोजिम प्राकृतिक स्तन थेरापी गर्न सुझाव दिइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई