हरेक सम्बन्धमा रिसाउने र फकाउने क्रम सधैँ जारी नै रहन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । तपाईकी प्रेमिका यदि यस्ता कुराले गर्दा रिस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हरेक सम्बन्धमा रिसाउने र फकाउने क्रम सधैँ जारी नै रहन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । तपाईकी प्रेमिका यदि यस्ता कुराले गर्दा रिस"/>

2026-09-18 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् रिसाएकी प्रेमिका फकाउने ५ उपायहरु, जानी राखौ

हरेक सम्बन्धमा रिसाउने र फकाउने क्रम सधैँ जारी नै रहन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । तपाईकी प्रेमिका यदि यस्ता कुराले गर्दा रिसाइराख्ने गर्नुहुन्छ भने चिन्ता नलिनुस् र यी उपायहरुमा ध्यान दिनुहोस् ।

१. जे कुरामा तपाईहरुबीच झगडा भएको थियो त्यही कुरालाई एउटा कोठामा बसेर छलफल गर्नुहोस् र एकअर्काको कुरा मज्जाले सुन्नुहोस् । दुवैलाई आफ्ना पक्ष राख्ने पुरा अधिकार रहेकोले अन्त्यमा आफैँ पत्ता लाग्नेछ गल्ती कसको हो भन्ने । यदि तपाईलाई गल्ती आफ्नो हो जस्तो लागेमा तुरुन्तै माफी माग्नुहोस् किनकी साँचो बोल्दा सधैँ फाइदा हुन्छ ।

२. आफ्नी प्रमिकासँग छलफल गर्ने क्रममा त्यसलाई लडाइँको रुपमा नबदल्नुहोला यसले तपाईहरुबीच झन् नराम्रो गराउँछ । कुनै पनि विषयलाई शान्तिसँग आरामले छलफल गर्नुहोस् र यसलाई बहसको रुपमा नलिनुहोस् । माफी मागेर मात्र सबै समस्या हल हुँदैनन् । तपाईकी प्रेमिकालाई विश्वास हुनुपर्छ कि तपाई वास्तवमै पछुतो मानिरहनु भएको छ ।

३. आफ्नी प्रेमिकालाई खुसी राखिराख्न उनलाई दैनिक जस्तो भनिरहनुहोस् की उनी तपाईका लागि कति खास छिन् । उनलाई सधैँ यो महशुस गराउनुहोस् कि तपाई यो सम्बन्धले धेरै खुसी हुनुहुन्छ र यसलाई जिन्दगीभर इमान्दारीताकासाथ निभाउनु हुनेछ । यसो गर्नाले तपाईहरुको सम्बन्धमा भिन्नै मिठास आउँछ ।

४. कुरैकुरामा आफ्नी प्रेमिकालाई हँसाइराख्ने प्रयत्न गर्नुहोस् । यसो गर्नाले तपाईकी रिसाएकी प्रेमिकालाई फकाउन धेरै सजिलो हुन्छ । अरु बेलामा पनि उनलाई हँसाइराख्न सक्नुभयो भने उनी कहिल्यै बोर हुनुहुन्न र तपाईसँग धेरैभन्दा धेरै समय बिताउन चाहनुहुन्छ ।

५ आफ्नी प्रेमिकाको अगाडि यस्ता कुरा कहिल्यै नगर्नुहोस् जसले उनको मनमा चोट पुराउन सक्छ । बरु उनलाई बेलाबखत सरप्राइजहरु दिनुहोस् र घुम्न लैजानुहोस् । उनीसँग सकेसम्म केही नलुकाई सबै कुरा सेयर गर्नुहोस् ।

यति गरेपछि आशा छ कि तपाईकी प्रेमिका र तपाईबीच चाँडै नै मिलाप भएर सबै समस्याहरु समाधान हुनेछन् । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई