2026-08-17 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

गर्भ कुन समयमा कसरी यौनसम्पर्क गर्दा रहन्छ ? जानी राखौ

मेरो विवाह भएको चार महिना भयो । सम्भोग गर्दा वीर्य अलिकति बाहिर निस्कन्छ, भित्र बस्दैन । धेरै पटक यस्तो भैसक्यो । हामीले के गर्नुपर्छ ? बच्चा कसरी बस्छ ? कति पटक भित्र झार्ने हो र कसरी ? जहिले पनि अलिकति वीर्य बाहिर निस्कनुको कारण के होला ?

सन्तान कहिले ?

तपाईंहरू श्रीमान्–श्रीमतीले सल्लाह गरेर आफूले चाहेको बेला सन्तान जन्माउन सक्नुहुन्छ । विवाह भएको भर्खर चार महिना मात्र हुँदैछ । उमेर त लेख्नुभएको छैन, तर सन्तान जन्माउने हतार भएको हो वा होइन भन्ने कुरा पत्रमा स्पष्ट छैन ।

उमेरको कुरा गर्दा २० वर्षभन्दा पहिले सन्तान जन्माउनुलाई आमा र शिशुको स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन ।

परिवार नियोजनको अर्थ कहिले र कतिवटा सन्तान जन्माउने भनेर आफैंले लिइएको निर्णय अवलम्बन गर्नु हो तर बोलिचालीको भाषामा हामीले परिवार नियोजन गर्ने भन्नाले सन्तान नजन्माउने कुरा बुझ्छौं ।

सन्तान जन्माउन तपाईंसँग अध्ययन वा वृत्तिविकाससम्बन्धी प्राथमिकता के छन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । विशेष गरेर सन्तान जन्माइसकेपछि उसको हेरचाहमा पर्याप्त समय र धन लगाउन आवश्यक हुन्छ । त्यसका लागि तपाईं तयार हुनुहुन्छ कि हुनुहुन्न, राम्रोसँग सोचविचार गर्नुपर्छ ।

वीर्य किन बाहिर निस्कन्छ ?

पुरुषले चरमसुख (orgasm) पाउने हाराहारीमा लिंगबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen)  भनिन्छ । यही वीर्यमै शुक्रकीट(sperms)  हुन्छन् । एकपल्ट वीर्य स्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर (५ मिलिलिटर भन्नाले १ चिया चम्चा जति) वीर्य निस्कन्छ । वीर्यमा हुने शुक्रकीटको संख्या सधंै एकैनासको नहुन सक्छ । शुक्रकीटको संख्या ४ देखि १२ करोड प्रतिमिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ ।

कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिर आउँछ, यो स्वाभाविक हो । महिलालाई त्यसले कुनै असजिलो सिर्जना गर्छ भने यौनसम्पर्कपछि कुनै कपडाले पुछ्न सकिन्छ । 

अर्को कुरा, अन्डरवेयरभित्र लगाइने सानो स्यानिटरी प्याड लगाउन सकिन्छ । यदि वीर्य स्खलन योनिको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वीर्य बाहिर निस्किएजस्तो लागे पनि पर्याप्त शुक्रकीट पाठेघरको मुखसम्म पुग्छन् । 

सामान्यत: यसरी वीर्य बाहिर निस्कँदा गर्भधारण नहुने होइन । यसले त पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ । त्यसैले यस विषयमा अनावश्यक चिन्ता गर्नु पर्दैन ।

गर्भ कसरी बस्छ ?

गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित डिम्बको मिलनबाट हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ । 

यौनसम्पर्कका बेला पुरुषको वीर्य स्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बमा ती असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION)  भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE) भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।

कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं त्यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकिटसँग मिलन हुन डिम्ब निस्किएको समय हुन जरुरी छ । 

महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएकी महिलाको १४ औं दिन तिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौन सम्पर्क गर्दा गर्भ रहने संभावना एकदम धेरै हुन्छ । 

शुक्रकीट डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिन पछिको समय लाई गर्भधारणको दृष्टिकोणले असुरक्षित समय मानिन्छ । सामान्यतया महिनावारी सुरु भएको आठौं दिनमा यौन सम्पर्क गर्दा गर्भरहने सम्भावना न्यून हुन्छ ।

कसरी यौनसम्पर्क गर्ने ?

नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा करिब ८० प्रतिशत पुग्छ । यद्यपि महिनावारी ठीक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ किनभने यो भरपर्दो नहुन सक्छ । गर्भ निरोधको कुनै साधन प्रयोग नगरी एक वर्षसम्म नियमित रूपमा यौनसम्पर्क गर्दा पनि गर्भ रहेन भने कतै केही खराबी छ कि भनेर खोजतलास गर्न परीक्षण गराउनुपर्ने हुन्छ ।

माथि भनिएझैं योनिबाट वीर्य बाहिर निस्कनु सामान्य नै भएकाले कुनै विशेष यौन आसन अपनाउनु पर्दैन । तपाईं माथितिर बसेर गर्दा होस् वा तपाईंका श्रीमान्, राम्रोसँग वीर्य स्खलन भए शुक्रकीट पाठेघर हुँदै डिम्बवाहिनी नलीसम्म पुग्न सक्छ । कति पटक यौनसम्पर्क गर्ने भन्ने कुरा त तपाईंको इच्छामा भर पर्ने कुरा हो । -साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट