१- केटा र केटीको एउटै गोत्र भएमा विवाह गर्नु हुँदैन । दुलाहा वा दुलहीमध्ये एउटा मांगलिक भएमा दोष निवारण गरेपछि मात्र विवाह गर्नुपर्छ ।

२- केटा र केटीब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१- केटा र केटीको एउटै गोत्र भएमा विवाह गर्नु हुँदैन । दुलाहा वा दुलहीमध्ये एउटा मांगलिक भएमा दोष निवारण गरेपछि मात्र विवाह गर्नुपर्छ ।

२- केटा र केटीब"/>

2026-09-18 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो योगमा बिहे गर्दै नगर्नुस् ! यस्ता छन् ११ कारण

१- केटा र केटीको एउटै गोत्र भएमा विवाह गर्नु हुँदैन । दुलाहा वा दुलहीमध्ये एउटा मांगलिक भएमा दोष निवारण गरेपछि मात्र विवाह गर्नुपर्छ ।

२- केटा र केटीबीच गुण मिलान १८ भन्दा कम भयो भने विवाह गर्नु हुँदैन ।

३- जेठो छोरो र जेठी छोरीको बिहे जेठ महिनामा गर्नु हुँदैन ।

४- कुनै माताको गर्भ खेर गएको छ र पछि फेरि गर्भ रहेर त्यो गर्भबाट सग्लो बालक जन्मेको छ भने जन्मेको बालकलाई व्यावहारिक रूपमा जेठो मानिएपनि शास्त्रले जेठो मान्दैन ।

५- सहोदर दाजुभाइमध्ये एकको विवाह भएको ६ महिनासम्म अर्कोले विवाह गर्नुहुँदैन ।

६- घरमा बुहारी भित्र्याएको ६ महिनासम्म छोरीको विवाह गर्नुहुँदैन ।

७- बृहस्पति र शुक्र अस्त भएको बेलामा विवाह गर्नु हुँदैन ।

८- मलमासको बेलामा, सूर्य तुला राशिमा रहेको बेलामा तथा होलाष्टकमा विवाह वर्जित छ ।

९- पूर्वफाल्गुनी नक्षत्रमा विवाह शुभ मानिँदैन । देवी सीताको विवाह यसबेला भएकाले उहाँले जीवनमा अनेकौं दुःखकष्ट सहनुपरेकाले वाल्मीकि ऋषिले यो नक्षत्रमा विवाहलाई अशुभ मानेका छन् ।

१०– सहदोर बहिनी र भाइहरूको संस्कार ६ महिनाभित्र एकसाथ गर्नुहुँदैन । जुम्ल्याहा छन् भने चाहिँ यसमा छुट छ । 

११- छोरा र छोरी दुवै विवाहयोग्य भएका छन् भने पहिले छोरीको बिहे गरिदिनुपर्छ । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई