यदि तपाई पनि अनस्पट मोमेन्ट सेल्फी खिच्नमा शौकिन हुनुहुन्छ भने, होसियार हुनु जरुरी छ । किनकी सेल्फी खिच्ने तपाईको बानीले तपाईको शरीरमा धेरै नराम्रो असर पुग्न सक्छ ।

अनुहार सुख्खा हुन्छ

चिकित्सकहरुका अनुसार सेल्फीको असर छालामा बढी पर्छ । जुन साइडबाट तपाइले सेल्फी खिच्नुहुन्छ, त्यो साइडको छाला अर्को साडको तुलनमा बढी सुख्खा हुन जान्छ । सेल्फीका कारण तपाईको अनुहारको छाला यति खराब हुन पुग्छ, कि कुनै पनि क्रिम या औषधीको प्रयोगले त्यसलाई ठीक गर्न सकिदैन । मोवाइलबाट सेल्फी लिँदा अनुहारमा पर्ने असर घामको किरणले पर्ने असरभन्दा खतरानाक हुने विभिन्न अनुसन्धानहरुले देखाइसकेको छ ।

छालामा चाउरी पर्ने

लगातार सेल्फी लिँदा तपाईको अनुहारको छालामा चाउरी पर्न जान्छ । साथै छाला बुढो देखिन सक्छ । मोबाइल फोनबाट निस्कने प्रकाशले सीधै डीएनएमा पनि असर पुर्याउँछ । जसले छालाको प्राकृतिक गुणमै असर पर्न जान्छ ।

सेल्फाइटिस रोगको सिकार

सेल्फी लिने बानी यदि लतमा बदलियो भने तपाई सेल्फाइटिस रोगको चपेटमा आउन सक्नुहुन्छ । यो रोगबाट पीडित महिलाको दिमागमा सधैं एउटा भुत सवार हुन्छ कि, कुन ठाउँमा सेल्फी लिने र कति छिटो सेल्फीलाई सामाजिक सञ्जालमा सेयर गर्ने । उनीहरुको ध्यान सेल्फी लिने र सामाजिक सञ्जालमा सेयर गर्नेमा मात्रै केन्द्रित हुन्छ ।

हालै अमेरिकन साइकोलोजिक एसोसिएशन (एपीए)ले औपचारिक रुपमा ‘सेल्फाइटिस’ नामक बिमारीबारे औपचारिक घोषणा गरेको हो । यो बिमारीमा तपाईलाई समय समयमा सेल्फी खिच्ने मन लाग्ने छ र त्यसलाई जतिसक्दो छिटो सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर)लगायतमा सेयर गर्ने मन लाग्ने छ । -एजेन्सीको सहयोगमा

July 26, 2017
काठमाडौँ - KTM, टिप्स
सेल्फी खिच्न छोडिदिनुहोस्, नत्र यस्तो रोगको सिकार भइएला !
By kit
4 मिनेट पढाइ