एजेन्सी | दैनिक जीवनमा गरिने धेरै कुरामा हामी स्मर्टफोनप्रति आश्रित भइसकेका छौँ । त्यसैले पनि हामीले प्रयोग गर्ने स्मार्टफोन बलियो तथा टिकाउ होस्, नबिग्रियोस्, ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | दैनिक जीवनमा गरिने धेरै कुरामा हामी स्मर्टफोनप्रति आश्रित भइसकेका छौँ । त्यसैले पनि हामीले प्रयोग गर्ने स्मार्टफोन बलियो तथा टिकाउ होस्, नबिग्रियोस्, ध"/>
2026-08-04 12:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साबधान ! तपाइको स्मार्टफोन बिग्रेला, यस्ता ६ गल्ति कहिलै नगर्नुस

एजेन्सी | दैनिक जीवनमा गरिने धेरै कुरामा हामी स्मर्टफोनप्रति आश्रित भइसकेका छौँ । त्यसैले पनि हामीले प्रयोग गर्ने स्मार्टफोन बलियो तथा टिकाउ होस्, नबिग्रियोस्, धेरै फिचर्सहरु होस र ब्याट्रीले पनि लामो समयसम्म साथ दियोस् भन्ने चाहाना सबैको हुन्छ।

त्यहीअनुसार स्मार्टफोन कम्पनीहरुले यस्ता चाहनालाई ध्यानमा राखेर फोनको निर्माण गरेका हुन्छन्। तर हामीले फोन चलाउँदा गर्ने धेरै गल्तीले भने स्मार्टफोनको आयु कम गर्न भूमिका खेलिरहेका हुन्छन्।

जानी नजानी हामीले फोन प्रयोग गर्दा गर्ने गल्ती हटाउने हो भने फोनलाई धेरै वर्षसम्म बिग्रनबाट जोगाउन सकिन्छ।

रातभरी चार्जिङ

हामी मध्ये धेरैको बानी हुन्छ फोन चार्जमा राखेर निदाउने। हाम्रो बिजुलीबाट निस्कने करेन्टको प्रवाह एक समानको हुँदैन। त्यसैले यसरी रातभरी फोन चार्जमा राख्ने र बिहान निन्द्रा खुलेपछि मात्र चार्जबाट हटाउँदा त्यसले फोनको ब्याट्री तथा चार्जरमा असर पुर्याउने गर्छ र दुवैको आयुमा कमी ल्याउँदछ।

मेटल कभरको प्रयोग

फोन झरेमा टुटफुट नहोस् भन्ने उद्देश्यले फोनमा कभर हाल्ने गरिन्छ। त्यसैले फोनको सुरक्षा कवज अझ बलियो हुनुपर्छ भन्दै ‘मेटल कभर’ प्रयोग गर्ने गरिन्छ। मेटल कभरले फोनमा भएको एन्टेनाले राम्रोसँग काम गर्न पाउँदैन, जसले गर्दा फोनको नेटवर्कमा समस्या देखिने गर्छ।

नक्कली चार्जर तथा एयरफोनको प्रयोग

जुनसुकै कम्पनी वा जस्तोसुकै भएपनि चार्जर खाली छ भने फोनमा जोडिहाल्ने धेरैको बानी हुन्छ। कुनै ब्राण्डको फोनमा पिन ढिला बनाइएको हुन्छ भने कुनैमा छोटो त कुनैमा लामो। त्यसरी आफ्नो कम्पनी बाहेकको एयरफोन जोड्ने गर्नाले स्लट बिग्रिने धेरै सम्भावना रहन्छ।

बारम्बार रुट गर्दा

बारम्बार रुट गर्नु फोनका लागि निकै हानिकारिक मानिन्छ। धेरै रुट गर्दा फोनको ‘फङ्सनीङ’ पहिले जस्तो रहँदैन। त्यसरी रुट गर्दा फोनले धेरै पटक ‘वार्निङ’ समेत दिने गर्छ। रुट गर्दा फोनको इन्टरनल ड्यामेज हुन सक्ने पनि उत्तिकै सम्भावना रहने गर्छ।

लामो समयसम्म फोन स्वीच अफ नहुँदा

धेरैलाई फोन ‘स्वीच अफ’ भएको मन पर्दैन। ‘अफ’ नभई लगातार फोनले काम गर्दा यसको कार्यक्षमता घट्दै जान्छ। त्यसैले हप्तामा एक पटक फोनको पुरै ब्याट्री सकिएर अफ हुन दिनु पर्छ। त्यस्तै विभिन्न एपमा रहेको क्यासलाई पनि बेला बेला ‘क्लीयर’ गर्ने गर्नुपर्छ।

एप डाउनलोडमा असावधानी

एन्ड्रोइड फोनमा कहिले ब्लुटथ, कहिले कम्प्युटर त कहिले मेमोरी कार्डबाट हामी एपहरु डाउनलोड गरिरहेका हुन्छौँ। त्यस्तै प्लेस्टोरबाट ‘अनसेक्योर्ड सोर्स’ बाट समेत एप इन्स्टल गर्ने गर्छौँ।

यसो गर्दा ‘थर्ड पार्टी एप स्टोर’ तथा ‘साइड लोडिङ’ को कारणले फोनमा भाइरस आउने खतरा रहन्छ। यी भाइरसले फोन स्लो बनाउनुका साथै लोकेसन ट्रयाक तथा डाटा समेत चोरी गर्ने गर्छन्। त्यसैले एप डाउनलोड गर्नुपूर्व सावधानी अपनाउने गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै