गर्भवती हुदाँ यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? जानी राखौ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
5 Min Read

मेरी श्रीमती अहिले गर्भवती भएकी छिन् । यस्तो बेला यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? -५१८९

तपाईंले आफ्नी श्रीमती गर्भवती भएको अवस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन भनेर सोध्नुको अर्थ फगत चासो मात्र नभै तपार्इंको श्रीमतीप्रतिको स्नेहभाव पनि हो । गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने चिन्ताले धेरै दम्पती पिरोलिरहेका हुन्छन् ।

गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ ?

महिला वा गर्भको शिशुलाई केही नकारात्मक असर पर्ला कि भन्ने श्रीमान् वा हुनेवाला पितालाई चिन्ता हुनु स्वभाविक हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा पहिले त अन्य कसैसँग वा चिकित्सकसँग सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग भनिदिँदैन । चिकित्साक्षेत्रमा लागेका व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त तथा पर्याप्त मात्रामा नभनिएको स्थिति छ । त्यसैले उचित जानकारीबिना चासो एवं चिन्ता लिएर त्यसै बस्नुपर्ने बाध्यता छ ।

यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख प्राप्त गर्दा पाठेघर खुम्चने, गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिन गै संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क नै गर्न अप्ठयारो हुने भएकाले यौनसम्पर्क राख्नु उचित नभएको तर्क गरिन्छ । तपाईं वा तपाईंकी श्रीमतीले पनि साथीभाइ वा अरू कसैबाट यस्तै केही सुन्नुभएको हुन सक्छ ।

यद्यपि कतिपय चिकित्सक यसमा खास वैज्ञानिक आधार नभएको मान्छन् । मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन र आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ ।

यस्तो सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर पार्दैन । एकपल्ट विचार गर्नुहोस् त, सामान्यत: कतिपय दम्पतीलाई केही महिनासम्म त गर्भवती भए–नभएको कुरा जानकारी हुँदैन । त्यतिबेला पनि यौनसम्पर्कलाई निरन्तरता दिइन्छ । अहिले चिकित्सा विज्ञानमा भएको विकासले मात्र गर्भ रहेको केही समयमै थाहा पाइने भएको छ ।

गर्भावस्थामा यौनसम्पर्कलाई निरन्तरता दिन किन आवश्यक ?

गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी आएको वा अनाकर्षक भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर मनमा भयो भने यौनसम्पर्कमै नकारात्मक प्रभाव पर्छ । यस्तो स्थितिमा कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द प्राप्त गर्न सक्दैनन् । गर्भ रहेका कारणले नै यौनसम्पर्क नराखिँदा पति–पत्नीबीच दूरी बढ्ने सम्भावना हुन्छ ।

त्यसैले यतिबेला दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न दुवैजनाको बीचमा राम्रोसँग कुराकानी हुनुपर्छ । अरू बेलाजस्तै गर्भावस्थामा पनि यौन क्रियाकलाप शारीरिक सामीप्यताका लागि मात्र नभई भावनात्मक सामीप्यताको निरन्तरता यसका लागि निकै सहयोगी हुन सक्छ ।

पुरुषहरूलाई गर्भ, प्रसव, सुत्केरी वा शिशुको हेरचारजस्ता कुराबाट टाढै राखिन्छ । यौन क्रियाकलापमा दुवैको संलग्नताले गर्भावस्थामा महिलामा आउने शारीरिक अनि तथा भावनात्मक परिवर्तनहरूप्रति जानकारी हासिल गरी यसप्रति संवेदनशील भए महिलाको शरीर तथा भावना बुझ्ने अवसर प्राप्त हुन्छ । यौनसम्पर्ककै कुरा गर्दा पहिले परम्परागत एकनासे रूपमा यौनसम्पर्क भैरहेको भए यो अवसरमा नयाँ तरिका वा आसनहरूका बारेमा अन्वेषण गर्न तथा सिक्न सकिन्छ ।

सोअनुसार नै आफूलाई ढाल्न सके दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक–अर्काबीच थप नजिक हुन तथा बुझ्न मद्दत मिल्छ । यौनसम्पर्कबाट प्राप्त हुने चरमसुखका कारण पाठेघरको तथा यौनाङ्ग क्षेत्रको मांसपेशीको कसरत भै मांसपेशी बलियो हुने अर्काथरीको तर्क छ ।

के–कस्ता सावधानी अपनाउनुपर्ला ?

तपाईंलाई थाहै होला, गर्भावस्थामा महिलाको शरीरमा हार्मोनको मात्रामा उतारचढाव आउँछ । यसले गर्दा कसैमा यौनचाहना नहुने हुन्छ । यो असामान्य होइन । यस्तो बेला उहाँको भावनालाई ठेस पुग्ने गरी यौनसम्पर्कका लागि जोर–जबर्जस्ती गर्नु हुँदैन, तर कसै–कसैमा यौनरुचि बढ्न पनि सक्छ ।

गर्भावस्थामा यौनाङ्गवरिपरि रक्तबहाव बढी हुने भएकाले तथा पूर्ण नारीत्वको अनुभव गर्ने तथा आफ्नो शरीरप्रति बढी जानकारी एवं चासो राख्ने भएकाले अझै बढी यौन इच्छा हुने र सोही अनुरुपकै यौन आनन्द उठाइने घटनाहरू पनि प्रशस्तै छन् । यौन क्रियाकलापमा संलग्न हुन यति बेला पनि प्रयासरत हुनुपर्छ, यसका फार्इंदाका बारेमा त माथि नै भनिसकियो ।

अब अर्को पक्षलाई पनि हेरौं । अरू बेलाको भन्दा गर्भावस्थामा यौनसम्पर्क राख्दा आसनका बारेमा विशेष ख्याल राख्नुपर्छ । कुन आसन सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा आफैंले प्रयोग गरेर पत्ता लगाउनु नै सबैभन्दा राम्रो उपाय हो ।

पुरुष माथितिर रहने अवस्थाको सट्टा छेउतिर वा महिला पुरुषमाथि बसेर वा पछाडिबाट गरिने सम्भोगका आसनहरू गर्भवती महिलाका लागि सजिलो सावित हुन सक्छ, तर कुनै पनि प्रयोगपछि आफ्नी श्रीमती वा यौनसाथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ । लिङ्ग प्रवेश नै नगराई यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुन सक्छ ।

यदि यौनसम्पर्कपश्चात् योनि रक्तश्राव भए पेट दुखे वा गर्भ तुहिन थालेका अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तुरुन्त बन्द गर्नुपर्छ । यदि दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ । -साप्ताहिकबाट

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply