2026-09-18 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाईराखौं ! बढी सुत्नुका बेफाइदाहरु यस्ता छन्

टिप्स | बढी खाएपछि चिनी पनि तितो हुन्छ भन्ने उखानै छ । मानव स्वास्थ्यका लागि सुत्नु मात्र नभएर दैनिक जिवन यापनका लागि समेत अनिवार्य कर्म हो । तर यदि सुत्ने काम पनि चाहिने भन्दा बढि गरियो भने त्यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यूवा लागि दिनको ७ देखि बढिमा ९ घण्टासम्मको सुताइ पर्याप्त हुन्छ ।

तर यदि कोही मानिस रातमा ९ घण्टा भन्दा बढि सुत्न थाल्यो भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । बढि सुत्ने मानिसमा विभिन्न खाले रोगको डर पनि बढ्ने विज्ञहरुले बताएका छन् । बढि सुत्नुका सबैभन्दा ठूलो ४ जोखिम यस्ता छन् । 

डिप्रेसनको जोखिम बढाउँछ

सन् २०१४ मा वयस्क जुम्ल्याहाहरुमा गरिएको अध्ययनले आवश्यकता भन्दा लामो सुताइका कारण मानिसहरुमा डिप्रेसनका लक्षणहरु देखिने जोखिम बढाउने तथ्य पत्ता लगाएको थियो । त्यसक्रममा ७ देखि ९ घण्टासम्म सुत्ने मानिसमा पुख्र्यौली डिप्रेसनका लक्षण २७ प्रतिशत देखिएका थिए भने ९ घण्टाभन्दा बढि सुत्नेहरुमा ४९ प्रतिशत ।

बढि लामो समयसम्म सुत्नाले मस्तिष्कको कार्यलाई पनि असर पूराउने सन् २०१२ मा गरिएको अध्ययनले देखाएको छ । अध्ययन अनुसार दिनमा ९ घण्टाभन्दा बढि सुत्ने महिलाहरुको मस्तिष्क उनीहरुको वास्तविक उमेर भन्दा २ वर्ष बढि बुढो देखिने गरेको छ ।

गर्भाधारणमा समस्या

सन् २०१३ मा दक्षिण कोरियामा एउटा अध्ययन गरिएको थियो, जसमा कृत्रिम गर्भाधानको प्रक्रियामा समावेश भएका ६ सय ५० जना महिलाहरुको सुत्ने आनीबानीको विषयमा विश्लेषण गरियो ।

त्यसक्रममा के पाइयो भने रातमा ७(८ घण्टामात्र सुत्ने महिलाहरुमा गर्भाधारणको दर उच्च रह्यो भने ९ देखि ११ घण्टासम्म सुत्ने महिलाहरुमा गर्भाधारणको दर न्युन देखियो । प्रजनन विज्ञहरुका अनुसार सुताइले महिलाहरुको हर्मोन उत्सर्जन तथा महिनावारी चक्रमा प्रभाव पार्छ । यस्तै बढि सुत्नाले जिउमा मधुमेहको जोखिम पनि बढ्ने देखिएको छ ।

अध्ययन अनुसार रातमा ८ घण्टा भन्दा बढि सुत्ने मानिसमा टाइप टू मधुमेहको जोखिम ७ देखि ८ घण्टासम्म मात्र सुत्ने मानिसमा भन्दा दोब्बर रहने देखिएको छ ।

मोटोपना तथा वजन वृद्धि

सरीरको तौल नियन्त्रणका लागि पर्याप्त सुताइ आवश्यक पर्छ । आवश्यकता भन्दा कम तथा आवश्यकता भन्दा बढि सुताइले जिउको वजन बढ्ने अध्ययनले देखाएको छ । अध्ययन अनुसार सन्तुलित भोजनका बाबजुत दिनमा ९ देखि १० घण्टासम्म सुत्ने मानिसहरुमा ६ वर्षको अवधिमा ५ किलो तौल बढ्ने सम्भावना २५ प्रतिशत देखिएको छ ।

मुटुका लागि खतरनाक( सन् २०१२ मा अमेरिकन कलेज अफ कार्डियोलोजीको बैठकमा प्रस्तुत गरिएको एक अध्ययन प्रतिवेदन अनुसार रातमा ८ घण्टाभन्दा बढि सुत्नाले मुटु सम्बन्धि स्वास्थ्य समस्या निम्त्याउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई