2026-09-18 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् मोबाइलबारे १४ तथ्य, सबैले जान्नै पर्ने

सास | आधुनीक आजको दुनियाँमा मोबाइल फोन हरेकको जीवनमा महत्वपूर्ण शरिरलको अंग बनिसकेको छ । तर, मोबाइल फोनबारे कतिपय तथ्य कैयौँलाई थाहा छैन । एजेन्सीको सहयोगमा मोबाइलबारे संकलन गरिएका केही तथ्य यस्ता छन् ।

मोबाइल फोनबाट सबैभन्दा पहिलो कल मार्टिन कुपरले ३ अप्रिल १९७३ मा गरेका थिए । उनी मोटोरोला कम्पनीका कर्मचारी थिए । मोबाइल फोनबाट पहिलो म्यासेज निल पोप्वोर्थले पठाएका थिए । म्यासेज लेखिएको थियो, ‘मेरी क्रिसमस’ । मोबाइलबाट सबैभन्दा पहिलो फोटो सन् १९९७ मा फिलिप्पे कहनले खिचेका थिए ।

नोकियाको ११०० मोडलको मोबाइल फोन अहिलेसम्मको सबैभन्दा धेरै बिक्री भएको मोबाइल हो । यो २५ करोड थानभन्दा बढी बिक्री भएको छ । मोबाइलको इतिहासमा यो एक रेकर्ड हो ।

पहिलो मोबाइल फोन सन् १९८३ मा अमेरिकामा बनेको थियो । यसको मूल्य झन्डै चार हजार डलर अर्थात् चार लाख रुपैयाँ थियो । विश्व बजारमा आएकामध्ये ७० प्रतिशत मोबाइल चीनमा बनेका छन् ।

विश्वका ४९ प्रतिशत व्यक्ति गेम खेल्न मोबाइल प्रयोग गर्छन् भने ३० प्रतिशत व्यक्ति सामाजिक सञ्जाल प्रयोगका लागि ।

सन् २०१२ मा संसारको सबैभन्दा ठूलो कम्पनी एप्पलले एक सेकेन्डमा चारवटा मोबाइल बेच्थ्यो अर्थात् एक दिनमा तीन लाख ४० हजार थान । औसतमा एक व्यक्तिले एक दिनमा एक सयपटकभन्दा बढी समय मोबाइल अनलक गर्छ ।

अहिलेसम्म सबैभन्दा बढी मोबाइलको बिल फ्लोरिडाकी सेलिना आरोन्सको नाममा एक लाख ४२ हजार पाउन्ड आएको थियो । नेपाली रुपैयाँमा यसको हिसाब सवा दुई करोडभन्दा बढी हुन्छ ।

विश्वका १०० मध्ये ८० व्यक्ति मोबाइल फोन प्रोग गर्छन् । एउटा मोबाइल फोनमा शौचालयमा भन्दा लगभग १८ प्रतिशत बढी ब्याक्टेरिया पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई