आज २०७४ साल पुस २० गते, बिहीबारका दिन । इश्वी सम्बत २०१८ जनवरी ४ तारिख । (माघ कृष्णपक्ष तिथि–तृतीया), आज तपाइको राशिफल कस्तो छ तल हेर्न सक्नुहुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

- सोचेको काम पुरा हुनेछ, सावधानी पुर्वक काम गर्नुपर्नेछ । पशुधन र जमिनबाट केहि लाभ मिल्नेछ । परिवारमा आमाको माध्यमबाट काम बन्नेछ । पारिवारिक भेटघाटको योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आर्थिक फाइदा मिल्ने योग छ । धन आर्जन हुनेछ । पहिलेदेखिका समस्याहरुमा समाधानको बाटो मिल्ला । कृषि तथा पशुपालनको क्षेत्रमा मुनाफा मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

दिगो फाइदा हुने काम सुरु होला । आफ्नो प्रतिष्ठा जोगाउन सफल भइएला । आफुले आँटेका कामहरु पुरा होला । समाजमा इज्जत होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आजको दिन मिस्रित छ, सावधानीपुर्वक काम गर्नुहोला । आफ्नो मान प्रतिष्ठामा आँच आउन सक्छ । गरेका कामहरु रोकिन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अप्रिय समाचार सुन्नुपर्ने देखिन्छ । पढाइलेखाइमा समेत बाधा पुग्नेछ । आर्थिक रुपमा आजको दिन राम्रो छैन । खर्च बढ्ला । कसैले पनि फसाउन सक्छन्, सावधानी अपनाउनुनै राम्रो होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

काममा सफलता मिल्नेछ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आर्थिक रुपमा आजको दिन राम्रो छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पढाईमा राम्रो हुनुको साथै नयाँ ज्ञान प्राप्त हुने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

गरेका कामको प्रतिफल हात पार्न नसकिएला । कसैले पनि घात गर्नसक्लान । आर्थिक लाभ नहुने योग छ । व्यापार/ब्यबसायमा राम्रो छैन । फाइदाको लागि कडा परिश्रम गर्नुपर्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मानसिक रुपमा त्यति राम्रो नहोला । तनाब कम गर्न परिश्रम गर्नुहोला, कडा परिश्रमपछी मन खुसि हुनेछ । नयाँ जिम्मेवारीले दूरगामी परिणाम प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

दिन सामान्य छ । आँटेका काममा बिभिन्न व्यवधान आउला तर परिश्रम कडा गरे राम्रो फाइदा मिल्ला । नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्य स्थीतिमा कमजोरी अनुभूति हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

यात्राको योग छ तर आर्थिक रुपमा त्यति राम्रो दिन छैन । आफन्त तथा साथीभाइको साथ/सहयोग नहुँदा काममा बिभिन्न उल्झन आउलान् । आर्थिक सङ्कटले तनाव द्दिनेछ । परिवारको साथ मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सोचेअनुरूप फाइदा मिल्नेछ । अनावश्यक वादविवादमा परिएला, विचार पुर्याउनुनै बुद्धिमानी हुनेछ । गरेका काममा सफलता मिल्ने योग छ । व्यावसायिक काममा केहि फाइदा मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आफुले सोचेको उपलब्धि प्राप्त हुनसक्छ । आर्थिक रुपमा पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ । महत्वपूर्ण काम गर्ने अवसर मिल्ल्ला । पारिवारिक कुरामा बढी ध्यान जानेछ ।