2026-08-04 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहेअघि नै यौनसम्पर्क भए-नभएको थाहा हुन्छ कि हुँदैन ? यसरी जानौं

बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ? सेक्स गरेमा योनी खुकुलो हुन्छ भनेको सुनेको छु । वास्तविकता के हो ? -के

महिलाले विवाहअगाडि यौनसम्पर्क राखे÷नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको वा दुखे/नदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ । अर्कातिर पुरुषमा लिंगको अगाडिको छाला फाटे/नफाटेको, पछाडिसम्म खुले/नखुलेको आधारमा यौनसम्पर्क भए/नभएको आधारमा मूल्यांकन गर्ने गरिएको पाइन्छ ।

माथि उल्लेखित सोच गलत हुन् । 

खास गरी उमेर पुगेपछिमात्र विवाह गर्ने प्रचलन बढ्दै गएको अहिलेको समयमा माहिलाको योनीको मुखमा बाल्यकालदेखि वा जन्मदेखि रहने जालो यौनसम्पर्कबाहेक दौडधुप, खेलकुद, पौडी, साइकल चलाउने वा अन्य यस्तै गतिविधिका कारणले पनि फुट्न सक्ने हुनाले पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने कुरा सत्य मान्न सकिँदैन । 

त्यस्तै पुरुषको लिंगको छाला यौनसम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने कुरा पनि सत्य होइन । त्यसकारण विवाहअगाडि यौनसम्पर्क राखे/नराखेको हुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन ।

यौनसम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा पनि गलत हो । योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग हो । महिलालाई यौन उत्तेजना नभएको बेला योनीमार्गमा एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ । अझ बच्चा पाउने बेलामा बच्चा पाउने हदसम्म पनि खुकुलो हुन सक्छ । यो सबैले बुझेको कुरा भयो ।

जसरी आवश्यक भएको बेलामा योनी खुकुलो हुन सक्ने कुरा वैज्ञानिक सत्य हो, त्यसै गरी यौनसम्पर्कपछि योनीले आफ्नो पुरानै तनाव र आकार ग्रहण गर्ने कुरा पनि वैज्ञानिक सत्य हो । 

यसका लागि एउटा उदाहरण दिँदा कुरा बुझ्न अझ सजिलो होला । ठूलो गाँस खाना खाएर मुख वा खाएको कुरा पेटसम्म लैजाने खाद्यनली खुकुलो वा ठूलो हुन्छन् र ? हुँदैनन् नि । त्यसैले यौनसम्पर्कपछि योनी खुकुलो हुँदैन । शुक्रबारबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो