तर, अत्यधिक रिस भने भावना मात्र नभएर मानसिक समस्या पनि हो ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तर, अत्यधिक रिस भने भावना मात्र नभएर मानसिक समस्या पनि हो ।"/>

2026-07-25 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढी रिस उठ्छ ? यसरी गर्नुहोस् व्यवस्थापन

मानिसमा उत्पन्न हुने रिस भावना हो । यो मात्र नभएर खुसी, सुखी, दुःखी हुनु, हाँस्नु सबै इमोसन हुन् । 

तर, अत्यधिक रिस भने भावना मात्र नभएर मानसिक समस्या पनि हो । जसलाई इन्टरमिटेन्ट एक्सप्लोसिप डिसअर्डर पनि भनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मानिसले आफ्नो जीवनमा उत्पन्न हुने भावना अर्थात् इमोसनलाई कन्ट्रोल गर्न सक्दैन भने त्यो मानसिक समस्या हो । स्वस्थ मान्छेले मात्र आफूलाई कन्ट्रोलमा राख्न सक्छ ।

गोपाल ढकाल मनोविद्, मार्क नेपाल
किन उठ्छ रिस ?
तनाव बढी हुँदा । 

डर, चिन्ता र डिप्रेसनका कारण पनि मानिस बढी रिसाउने हुन्छ ।

बिरामी अवस्थामा पनि मानिस बढी रिसाउँछ । बायोलोजिकल, हेरिडिटी, वातावरणको कारण, न्युरोलोजिकल (हर्मोन)को गडबडीले मानिसमा रिस उत्पन्न हुन्छ ।

समस्या

रिसाउनु समस्या पनि हो । सबै मानिसमा भावना हुन्छ । तर, स–साना कुरामा रिसाउनु, खुसी हुनु, निराश हुनु आन्तरिक दुर्बलता हो ।

बढी रिसाउने समस्या भएका मानिस सामान्य कुरामा पनि बढी रिसाउने गर्छन् । यस्ता मानिस सामान्यतया महिनाको ३–४ पटक कुनै न कुनै झमेलामा पर्ने, दुर्घटनामा पर्ने, झगडा गर्ने गर्छन् ।

यस्तो समस्या हुने मानिसमा अन्य थुप्रै शारीरिक समस्या हुने गर्छ । जस्तो कि मुटुको समस्या, प्रेसरको समस्या, मानसिक समस्या आदि ।

यस्तो समस्या भएका मानिसको परिवार र समाजसँगको सम्बन्ध त्यति सुमधुर हुँदैन । यस्ता मानिसले रिसलाई नियन्त्रण गर्न नसक्दा ठूलो दुर्घटना पनि निम्त्याउन सक्छन् । आवेगमा थुप्रै घटना घटित हुन्छन् ।

रिसको व्यवस्थापन

रिस उठ्ने विभिन्न कारण हुन्छन् । जसमा पारिवारिक कारण पनि एक हो । बच्चा हुर्किएको वातावरणले पनि बढी रिसाउने मानसिक समस्याको कारण बन्न सक्छ । तर, रिस व्यवस्थापनका लागि स्वयं व्यक्तिले तदारुकता देखाउनुपर्छ । 

स्वयंले आफूमा रिसको अनुभूति गरी यसको कारण सोच्न जरुरी हुन्छ । यस्तो समय पूर्ण चेतनामा हुने प्रयास गर्नुपर्छ । कतिले रिसको वेला होस नै गुमाउँछन् र विभिन्न दुर्घटनाका लागि उद्यत हुन्छन् ।

रिसको मुख्य औषधि भनेकै आफूलाई कन्ट्रोलमा राख्नु हो । जुन व्यक्ति वा घटनाबाट रिस उठेको हो, ऊबाटै टाढा रहनु बुद्धिमता हुन्छ । मनलाई सधैँ शान्त राख्ने प्रयास गर्नुपर्छ । यसो गर्दा पनि रिस कम नभएको अवस्थामा एंगर म्यानेजमेन्ट तालिम लिनुपर्ने हुन्छ ।

साइकोलोजिस्टहरूले अत्यधिक रिस कन्ट्रोलका लागि भिन्न थेरापी गराउँछन् । अवस्थाअनुसार औषधिको पनि प्रयोग गर्नुपर्ने हुन सक्छ । बढी रिस उठ्नु एक प्रकारको मानसिक समस्या हो त्यसैले यसको उपचार गरेपछि समस्याको समाधान गर्न सकिन्छ ।

उपचार

बढी रिस भएको मानिसका लागि औषधिका माध्यमबाट पनि उपचार गर्न सकिन्छ । रिसको समाधान औषधिको प्रयोग र थेरापीबाट गर्न सकिन्छ । मनोपरामर्शकर्ताले धेरै रिस उठ्ने मानिसलाई विभिन्न प्रश्न सोध्छ र उसको रिस मापन गर्छ । अनि त्यहीअनुसार उपचारको प्रबन्ध गर्छ ।

– नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक