2026-08-04 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइलेन्ट हर्ट-अट्याकले जो-कोहीलाई पनि मार्न सक्छ, यस्ता छन् ५ संकेत (यसरी बच्न सकिन्छ)

फागुन १३, काठमाडौँ | मृत्युका धेरै कारण छन् । केहीबेर अघिसम्म स्वस्थ भनिएको मानिस केहीबेर पछी अकास्मात मरेको खबर पाईन्छ भने कस्तो होला ? कुनै दुर्घटनाको कारण हुने मृत्युको कुरा फरक छ, तर आफ्नै स्वास्थ्य र आफ्नै सरिरको कुनै अंगले एक्कासि काम गर्न छाडेपछी हुने मृत्युलाई कसले रोक्न सक्ला ? यस्तै स्थिति हो हर्ट-अट्याक । त्यसमा पनि साइलेन्ट हर्ट-अट्याक खतरनाक छ । 

हर्ट-अट्याकका कारण मृत्यु हुनेहरु धेरै छन् तर पछिल्लो समय चर्चामा रहेका दुई हर्ट-अट्याकका घटनाले आम मानिसहरुमा ठूलो डर पैदा गरिदिएको छ । सनिबार मात्र भारतीय अभिनेत्री श्रीदेवीको साइलेन्ट हर्ट-अट्याकको कारण कसैले नसोचेको हर्ट-अट्याक भयो । जसको कारण उनले केहि क्षेणमै आफ्नो प्राण त्याग्नुपर्यो, त्यस्तै नेपालमै पनि केहि समय अघि चर्चित नेता तथा पुर्वप्रधानमन्त्री ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको हृदयघातकै कारण अकास्मात मृत्यु भयो । यी दुवै चर्चित घटनाले आम मानिसहरुमा हृदयघातबाट हुनसक्ने मृत्युको भय सृजना भएको छ ।

सनिबार श्रीदेवीको हर्ट-अट्याकको कारण मृत्यु भयो । उनको साइलेन्ट हर्ट-अट्याकको कारण मृत्यु भएको हो । यस्तो खाले हर्ट-अट्याक ४५% मा हुने गरेको छ । यस्तो हर्ट-अट्याक महिलामा भन्दा पुरुषमा बढी हुने गरेको छ ।  एसियन हर्ट-इन्स्टीट्यूट, मुम्बईका मेडिकल अफेयर्स तथा क्रिटिकल केयरका डाईरेक्टर डा. विजय डी. सिल्वाको अनुसार एकपटक पनि मुटुसम्बन्धि रोग नलागेकाहरुलाई पनि यस्तो हर्ट-अट्याक हुने सम्भावना हुन्छ । 

के हो साइलेन्ट हर्ट-अट्याक ?

साइलेन्ट हर्ट-अट्याकलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन silent myocardial infarction (SMI) भनिन्छ । यस्तो हर्ट-अट्याक हुनु अघि छाती/मुटु दुखाईको महसुस हुँदैन, त्यसैले हर्ट-अट्याक हुँदैछ भन्ने थाहा हुँदैन । तर अरुनै लक्षणहरु भने थाहा पाउन सकिन्छ ।

किन यस्तो हर्ट-अट्याक हुन लाग्दा दुखाई थाहा नहुन पनि सक्छ ?

कयौंपटक दिमाग (ब्रेन) सम्म दुखाई महसुस गराउने नशा वा स्पाइनल कर्डमा समस्या हुने कारणले वा साइकोलोजिकल कारणले पनि यस्तो हर्ट-अट्याक हुँदा व्यक्तिलाई दुखाईको महसुस हुँदैन । यसको अलावा धेरै उमेर भएका तथा डाईबिटीज रोग भएकाहरुलाई अटोनमिक न्यूरोप्याथीको कारण पनि यस्तो दुखाई महसुस हुँदैन ।

साइलेन्ट हर्ट-अट्याकको ५ लक्षणहरु:

१. ग्यास्ट्रिक समस्या, पेटमा खराबी हुनु 
२. बिना कारण अल्छीपन वा कमजोरी महसुस हुनु  
३. थोरै काम गर्दा पनि थकाई लाग्नु 
४. अचानक चिसो पसीना आउनु, गला वा पाखुरा दुख्नु 
५. पटक-पटक स्वास फुल्ने (स्वा-स्वा बढी हुनु), स्वास प्रस्वासमा समस्या हुनु 

साइलेन्ट हर्ट-अट्याकका ५ कारणहरु:

१. धेरै ओएली (तेल), चिल्ला पदार्थ र प्रोसेस्ड फूड सेवन गर्नु  
२. सारीरिक कसरत नगर्नु वा काम नगरी दिन व्यतित गर्नु  
३. रक्सि तथा धुम्रपान सेवन गर्नु  
४. डाइभिटीज र मोटोपन हुनु   
५. कामको चाप बढ्नु तथा तनाव बढी हुनु

साइलेन्ट हर्ट-अट्याकबाट बच्ने ५ उपायहरु: –

१. डाइटमा सलाद, तरकारीहरु ज्यादा सेवन गर्ने । 
२. निरन्तर हिड्ने, सरिरलाई चलायमान बनाउने जस्ता काम गर्ने, सारीरिक व्यायाम गर्ने, योगहरु गर्ने । 
३. धुम्रपान तथा मध्यपानबाट टाढा रहने । 
४. खुसि रहने । तनाबमा नरहने । 
५. निरन्तर मेडिकल चेक-अप गराउने तथा उपचार गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो