2026-08-04 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीदेवीको मृत्यु कसरी भयो ? यस्तै भए बच्ने सम्भावना छैन ! (बीबीसीको रिपोर्टमा आधारित)

फागुन १४, काठमाडौँ | शनिवार अबेर राती जब भारतमा एक सो भईरहेको थियो तब दुबईबाट आएको खबरले सबैलाई हैरान बनाइदियो | खबर यति धेरै भयानक थियो कि धेरैले अबेरसम्म पनि एकिन गर्न सकेनन् र धेरैजसोले मृत्युको खबर अफवाहको रुपमा लिएर श्रीदेवीको स्वास्थ्यको प्राथना गर्न थाले |   

तर केहि समय पछी उनको मृत्यु भएको खबर पुष्टि भयो कि उनले साच्चै यो संसार छाडीसकेकी थिइन् | 

अहिलेसम्म प्राप्त जानकारी अनुसार उनि दुबईमा एक विवाह समारोहमा गएकी श्रीदेवीलाई अचानक हृदयघात  भएको थियो | 

दुब्ली, सारीरिक रुपमा निकै फिट रहने, योगा र कार्डिएक कसरत गरिराख्ने श्रीदेवीलाई कसरी हृदयघात (हर्ट-अट्याक) भयो ? धेरै अचम्मित समेत भएका छन् | 

के हो अट्याक ?

हृदयघात केहि ? यो मानिसको शरीरको लागि यति खतरनाक किन साबित हुन्छ ? र यो हर्ट-फेल भन्दा कसरी फरक छ ? 

हर्ट डट ओआरजीको अनुसार प्रायजसो, कार्डिएक अरेस्ट अचानक हुन्छ र शरीरले कुनै चेतावनी  (मलाई हर्ट-अट्याक हुँदैछ भन्ने संकेत) पनि पाउन सकिन्न | 

यसको कारण प्राय मुटुमा हुने इलेक्ट्रिकल गडबडीनै हो, जसले धड्कनको तालमेल बिगार्छ | जब अट्याक हुन्छ तब मुटुको पम्प गर्ने क्षमतामा असर पर्छ र लगत्तै दिमाग, मुटु वा सरिरको अन्य अंगहरुमा रगत संचालन समेत रोकिन्छ | यसो हुनासाथ मानिस बेहोश हुन्छ | छोटो अवधीकै बेहोस अवस्था (जो केहि मिनेट मात्र) मा यदी समयमै उपचार हुन सकेन भने कार्डिएक अरेस्ट भएको केहि सेकेन्ड वा मिनटमै मृत्यु हुन्छ |

यसको मतलव बढीमा केहि मिनेटमै उपचार गराउन नसक्ने हो भने कार्डिएक अरेस्ट हुँदा मृत्यु निश्चितप्राय हुन्छ | 

तर कार्डिएक अरेस्ट हुनुको कारण के हो ?

डाक्टरको अनुसार यसको कारण अलग-अलग हुन्छ | प्राय यसको कारण मुटुमा ठूलो असरनै हो | “तर ५४ बर्षकै उमेरमा मृत्यु हुनेसम्मको हृदयघातको सम्भावना कम हुन्छ |” सायद श्रीदेवीलाई अन्य कुनै समस्या पहिलेदेखिनै हुनसक्ने बताइएको छ | 

ब्रिटिश हर्ट-फाउन्डेशनको अनुसार जब मानिसको शरीरमा रगत दिने पम्पले काम गर्दैन तब दिमाग़मा अक्सीजनको मात्रा कम हुन्छ | यस्तो हुँदा मानिस बेहोश हुन्छ र स्वास-प्रस्वास बन्द हुन थाल्छ | 

लक्षण कस्तो हुन्छ ?

सबैभन्दा असहज कुरा के छ भने कार्डिएक अरेस्ट हुनु अघि यसको कुनै लक्षण देख्न सकिन्न | यही कारण पनि कार्डिएक अरेस्ट हुँदा मृत्यु हुने खतरा बढ्छ | जब अकस्मात अरेस्ट हुन्छ तब कसैलाई गुहार माग्नेसम्मको अवस्था बिरामीमा हुँदैन | त्यस्तो अवस्था एक्लै हुँदा भएको छ भने मृत्यु निश्चित छ भने कोहि सँगै हुँदा तत्काल उपचारमा लान सकियो भने मात्र बाच्ने सम्भावना हुन्छ | 

यस्तो रोगमा मुटुको इलेक्ट्रिकल गतिविधिहरु यतिसम्म बिग्रन्छ कि त्यसले धड्कननै बन्द गर्छ र सरिर काप्न थाल्छ | कार्डिएक अरेस्ट हुने कयौं कारण हुन सक्छन्, तर मुटुसँग जोडिएका केहि रोगहरुले यस्तो हुने आशंका बढाउँछ | जस्तै कोरोनरी हर्ट को रोगी, हर्ट-अट्याक, कार्डियोमायोप्याथी, क्यानजेनिटल हर्टको रोगी, हर्ट भल्वसम्बन्धि समस्या, मुटुको मांसपेसी इनफ्लामेसन, लंग क्यूटी सिम्ड्रोम जस्तो डिसअर्डर लगायत केहि अन्य कारण पनि कार्डिएक अरेस्ट हुन सक्छ | त्यस्तै बिजलीको झड्का लाग्दा, आवश्यकता भन्दा बढी ड्रग्स लिँदा, पानीमा डुब्दा पनि यस्तो अट्याक आउन सक्च्छ | 

कार्डिएक अरेस्टबाट बच्न पनि सकिन्छ…

हो, कयौं पटक छाती मार्फत इलेक्ट्रिक शक दिँदा कार्डिएक अरेस्ट पनि रिकवरगर्न सकिन्छ | यसको लागि डिफिब्रिलेटर नामक टूलको प्रयोग हुन्छ | यस्तो उपचार प्राय सबै ठूला अस्पतालमा पाउन सकिन्छ | 

तर अरेस्ट भएलगत्तै नजिक अस्पताल वा डिफिब्रिलेटर छैन भने के गर्ने ? त्यसको पनि एउटा आइडिया छ, CPR |  यसको मतलव कार्डियोपल्मोनरी रिससिटेशन | यसमा दुवै हात छातीको सिधा राखेर बिरामीको छातीमाथिबाट जोडले दबाव दिनुपर्छ | यसमा मुख मार्फत हावा पनि पुर्याइन्छ |

मृत्युको कत्रो कारण ? 

कार्डियोभ्यास्कुलर रोगका कारण संसारका बार्षिक करीब १.७ करोडको मृत्यु हुन्छ | यो कुल मृत्युको ३० प्रतिशत हो | विकासशील देशको कुरा गर्ने हो  भने त यो एचआईभी, मलेरिया र टीबीको संयुक्त मृत्युको दोब्बर मुटुसम्बन्धी  रोगको सिकार हुन्छन |

संसारमा कार्डिएक अरेस्टबाट बच्ने सम्भावनाको दर एक प्रतिशत भन्दा कम छ तर अमेरिकामा भने करीब ५ प्रतिशत बाच्छन् | त्यसैले पनि भन्न सकिन्छ कि कार्डिएक अरेस्टबाट बच्ने सम्भावना त्यति सहज छैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो