२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन उमेरमा कति घन्टा सुत्ने ? एकपटक अवश्य यो पढ्नुस्

२०७४, २४ चैत्र शनिबार १८:१३

टिप्स | स्वस्थ सुत्ने विषयको प्रसङ्ग आउँछ, हरेकको दिमागमा एउटा प्रश्न आउँछ । कति घन्टा सुत्दा शरीरलाई उपर्युक्त हुन्छ ? उमेर र विभिन्न व्यक्तिको जीवनशैली अनुसार सुताईमा भर पर्छ । 

स्लिप हेल्थ जर्नलमा प्रकाशित अनुसार कुनै पनि व्यक्ति स्वस्थ रहन निम्न समय सुत्नुपर्छः

- नवजात शिशु (तीन महिनासम्मको) हरेक दिन १४ देखि १७ घन्टा सुत्नुपर्छ ।

- १ देखि २ वर्षको बच्चा हरेक दिन ११ देखि १४ घन्टा सुत्नुपर्छ

- स्कुल जाने उमेर नपुगेका भएका बालबालिका (तीनदेखि पाँच वर्ष) दैनिक १० देखि १३ घन्टा सुत्नुपर्छ ।

- स्कुल जाने बालबालिका (६ देखि १३ वर्ष उमेर) का बालबालिका हरेक दिन ९ देखि ११ घन्टा सुत्नुपर्छ ।

- किशोरकिशोरी (१४ देखि १७ वर्ष ) किशोर किशोरी हरेक दिन ८देखि १० घन्टा सुत्नुपर्छ ।

- १८ देखि २५ वर्षका युवा युवतीहरु दैनिक ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ ।

- २६ वर्षदेखि ६४ वर्षका वयस्यकरु दिनमा ७ देखि ९ घन्टा सुत्नुपर्छ ।

- ६५ वर्षका पाका मानिसहरुलाई दैनिक ७देखि ८ घन्टा सुत्दा पर्याप्त हुन्छ ।  

- गर्भवती महिला राती ८ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुत्नु पर्छ

.(दी हेल्थ साइट)


संयुक्त राज्य अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेशनले गरेको अनुसन्धानमा जनाइए अनुसार विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता पनि फरक हुने गर्छ। तपाईंले कति घण्टा सुत्नु पर्छ? हामीहरु प्राय:ले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं। तर पर्याप्त निद्रा भनको कति हो त? अमेरिकामा हालै गरिएको एक अनुसन्धानले भनेको छ त्यो तपाईंको उमेरमा भर पर्छ।

सुत्ने नियमितताको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभावित गर्ने गर्छ।

अमेरिकामा भर्जीनीया राज्यको आर्लींगटनमा कार्यालय रहेको निद्रा विषयमा अनुसन्धान गर्ने एउटा संस्था न्याशनल स्लीप फाउण्डेशनका अनुसार व्यक्तिको निद्राको आवश्यकता उस्को जीवनशैलीमा आधारित हुने गर्छ।

अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेशनका निद्रा विज्ञहरुले निद्रा सुधार्नका लागि केहि सुझावहरु पनि प्रकाशित गरेका छन्। उनीहरुका अनुसार निद्रालाई सबैले पहिलो प्राथमिकतामा राख्‍नु पर्छ।

तिनीहरुले दिएका केहि सुझावहरु यस्ता छन्:

  • सुत्ने एउटा निश्चित समय बनाउनु पर्छ र त्यस्लाई सप्ताहान्तको छुट्टीको बेलामा पनि पालना गर्नु पर्छ।
  • सुत्नु अघि मनमष्तिष्क शान्त हुने अभ्यास गर्नु पर्छ।
  • दैनिक कसरत गर्नु पर्छ।
  • सुत्ने कोठाको तापक्रम, त्यहां बाहिरबाट आउने आवाज र प्रकाशलाई आफू अनुकुलको राख्‍नु पर्छ।
  • आरामदायी विछ्यौना र तकियाको प्रयोग गर्नुपर्छ।
  • मदिरा र क्याफेन जस्ता निद्रा विगार्ने पदार्थहरुको सेवन गर्नु हुंदैन।
  • सुत्नुअघि विद्यतिय उपकरणहरु बन्द गर्नु पर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै