2026-09-18 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाई खाना खाँदा धेरै पानी पिउनुहुन्छ ? सावधान !

एजेन्सी- यदि तपाईंमा खाना खाँदा धेरै पानी पिउने बानी छ भने तुरुन्तै बदल्नुहोस् किनकि त्यसले तपाईंको स्वास्थ्यमा फाइदा गरिरहेको हुँदैन। पानी पिउनु कति फाइदाजनक छ भनेर त हामी सबैलाई थाहा नै छ। तर, कतिबेला पिउने वा नपिउने भन्ने जानकारी नहुन सक्छ। वैज्ञानिक दृष्टिकोणबाट हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ हो पानी। खाना खाएको बेला धेरै पानी पिउँदा यस्ता हानि देखिन सक्छन् :

– यदि तपाईं खानासँग धेरै पानी पिउनुहुन्छ भने यसले पित्त र पेटमा अम्लको आवश्यक स्तरमा असर पार्न सक्छ। यसबाट तपाईंको खाना ठिक तरिकाले पचाउन नसकेर पेटमा अन्य विषाक्त तत्व जम्मा हुन थाल्छन्।

– खाना खानभन्दा ३० मिनेट पहिला पानी पिउनु राम्रो हुन्छ । खाना खानुभन्दा ३० मिनेट पहिले पानी पिउँदा त्यसले बीचबीचमा पानी पिउने बानी हट्दै जान्छ। खाना पचाउने रसले त्यसपछि आफ्नो काम राम्रोसँग गर्न सक्छ।

– सात्विक आहार नै हाम्रो स्वास्थ्यको लागि उत्तम हो। जबकि चर्को मसाला, पिरो, धेरै नुन भएको खाना खाँदा पानी खानुपर्ने आवश्यकता हुने भएकाले सादा खाना खानुपर्छ।

– यदि खाना खाँदा पानी नभई नहुने बानी छ भने थोरै पानीको सहारा भने लिन सक्नुहुन्छ। यदि पानीमा कागती मिलाइएको छ भने यसबाट पाचन क्रिया छिटो हुन मद्दत गर्दछ।

– यदि तपाईंले दिनभर एक पटक पनि पानी पिउनु भएको छैन भने खानासँग थोरै पानी पिउन सक्नुहुन्छ किनकि शरीरमा पानीको मात्रा कम भयो भने खाना सजिलै पचाउन गाह्रो हुन्छ साथै एसिडिटी पनि हुन जान्छ।

– खाना खाएको ३० मिनेटपछि पानी पिउनुपर्छ। यसले खाना सजिलोसँग पचाउन मद्दत गर्छ र शरीरलाई चाहिने आवश्यक पानीको मात्रा पनि पुग्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई