2026-09-18 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन महिना जन्मेको महिलाको स्वभाव कस्तो ? थाहा पाउनुहोस्

बैसाख : यो महिनामा जन्मिएका महिला प्राय धनवान, राम्रो चित्त र बिचार भएका,कम खर्च गर्ने, क्रोधवान, सुन्दर आँखा भएका हुन्छन । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेठ : जेठ महिनामा जन्मिएका महिलाहरु प्राय विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यो महिनामा जन्मिने महिलाहरु विशेषगरी नया ठाउँहरु घुम्न मनपराउने हुन्छन ।

असार : असार मा जन्मिएका महिलाहरूको प्राय नरम र मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

साउन : साउन महिनामा जन्मिएका महिलाहरुले प्राय राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । विशेषगरी यो महिनामा जन्मिएका नारीहरु सहयोगी भावनाका हुन्छन । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ ।

भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यो महिनामा जन्मिएका महिलाहरु प्राय धेरै बोल्ने स्वभावका हुन्छन ।

असोज : असोज महिनामा जन्मिएका नारीहरु प्राय चञ्चल स्वभावका हुने गर्छन । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । यो महिनामा जन्मिएका नारीहरु अत्यन्त पवित्र र गुणवान हुने गर्छन ।

कार्तिक : यो महिनामा जन्मिएका महिलाहरु निकै बुद्धिमानी हुन्छन् ।मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । यो महिनामा जन्मिएका महिलाहरु अलिकति बढी रिसाउने स्वभावका पनि हुन्छन ।

मंसीर : यो महिनामा जन्मिएका माहिलााहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, झुटो कुरा गरेको मन नपराउने र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

पुष : पुष महिनामा जन्मिने महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यो महिनामा जन्मिने महिलाहरु निडर र सामान्यतय अत्यन्तै क्रोधी स्वभावका पनि हुने गर्छन ।

माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यो महिनामा जन्मिएका महिलाहरु निकै बुद्धिमानी र चञ्चल स्वभावका पनि हुने गर्छन ।

फागुन : यो महिनामा जन्मिने महिलाहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् ।

चैत : यो महिनामा जन्मिएका महिला निकै चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । प्राय यो महिनामा जन्मिएका महिलाहरु राम्रो कर्म गर्ने रुचाउने स्वभावका हुन्छन ।कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई