2026-07-24 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी खानेकुरा भुलेर पनि सँगै सेवन नगरौं, खतरा हुनसक्छ

कतिपय खानेकुरा यस्ता छन् जुन सँगै मिसायर खादा यसले हानि गर्न सक्छ | हामीलाई जानकारी नहुदा हामी कुन खानेकुरामा के मिसाउने नै थाहा हुदैन |

तपाइको लागी केहि तिप्शारू तल दिएको छ |  एकपटक पढ्नुहोस्:-

१. प्याज र दुधः

प्याज र दुध पनि सँगै सेवन गर्नु हुँदैन । प्याजसँग दुध पिउँदा छालामा समस्या आउन सक्छ । यसले दाद, चिलाउने, एग्जिमा सोराइसिस जस्ता रोग लाग्ने खतरा हुन्छ ।

२. माछा र दहीः

दही र माछाको मिश्रण पनि शरीरका लागि घातक मानिन्छ । माछाले पेटमा निक्कै गर्मी गर्ने हुँदा चिसो मानिएको दहीसँग खानु हुँदैन । यसले छालाको रोग लाग्ने र एलर्जी हुने खतरा समेत बढाउँछ ।

३. खाना र फलः

खाना खाने समयमा फलफूल सेवन नगर्नुस् । फल सेवन गरेपछि कम्तिमा २ घण्टा पछि मात्र खाना खानु राम्रो हुन्छ ।

खानामा कार्वोहाइड्रेट बढी हुने र फलमा प्रोटीनको मात्र बढी हुने हुँदा यसले पेटमा सँगै खाँदा एसिडिटी बढाउन सक्छ । यसले अपच हुने वा अन्य रोगका खतरा जन्माउँछ ।

४. दुध र कागतीः

दुधसँग कागती मिसाएर सेवन नगर्नुस् । यसले तपाइँको स्वास्थ्यमा धेरै हानी गर्छ । किन भने यी दुवै एकैपटक सेवन गर्दा एसिडिटी हुने खतरा हुनंछ ।

५. मासको दाल र दहीः

मासको दाल खाएको समयमा दही खानु नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा नराम्रो असर गर्ने विज्ञहरु बताउँछन् । यसबाट मुटुसम्बन्धी बिरामी हुन सक्छ ।

६. दही र परौठाः

यदि तपाइँ परौठा खाँदै हुनुहुन्छ भने दही नखानुस् । किन भने यी दुवैको मिश्रणमा शरीरमा नकारात्मक तत्व पैदा हुन सक्छ । यसले तपाइँको शरीरको उर्जा समेत घटाइदिने विज्ञहरु बताउँछन् ।

७. मासु र मिठाइः

मिठाइसँग मासु खानु नराम्रो मानिन्छ । तर, कुखुराको मासु खाएको बेला दुधबाट बनेका खानेकुराहरु खानु हुँदैन । यसले पेटमा समस्या ल्याउन सक्छ ।

८. दुध र दहीः

दुधसँग दही मिसाएर खानु स्वास्थ्यका लागि घातक मानिन्छ । दुध र दहीमा हुने तत्वको प्रतिक्रिया शरीरमा नराम्रो हुन सक्छ । दही र दुध सँगै खाँदा पेटमा समेत समस्या हुने विज्ञहरु बताउँछन् ।

९. आलु र भातः

हुन त हाम्रो हरेक तरकारीमा आलु हुन्छ र भातसँग खाने तरकारीमा पनि आलु हुन्छ । तर आलु र भातको मिश्रण पेटका लागि भने समस्या हुने विज्ञहरु बताउँछन् ।

यी दुवै कुरा एकै पटक सेवन गर्दा पेटमा कब्जियतको समस्या हुने बताइन्छ ।

१०. कोल्डड्रिङ्क्सपछि गुटका वा पान मसलाः

यदि तपाइँले कोक फान्टा वा अन्य कोल्ड ड्रिङ्क्स सेवन गर्नु भएको छ भने पान मसला वा गुट्का सेवन नगर्नुस् । पेपरमिन्ट भएको पान मसलासँग कोल्ड ड्रिङ्क्स सेवन गर्नु घातक मानिन्छ ।

यी दुईको मिश्रण विषाक्त हुने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक