२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाँत कसरी सुन्दर बनाउने ? जान्नुहोस् ८ घरेलु उपाय

२०७५, २५ बैशाख मंगलवार ०९:३०

दाँत मान्छेको सुन्दरतासँग जोडिएको बिषय भएकोले धेरैलाई दाँतको चिन्ता हुन्छ | बलियो र चम्किलो दाँत स्वाथ्यको लागी मात्र नभएर सुन्दरतासंग पनि जोडिएको हुन्छ | एक अनुसन्धानको अनुसार विश्वभर दाँतसंग सम्बन्धित रोग बढी लाग्ने गरेको पाईन्छ | दाँत भन्ने बितिकै मुख र मुखसंग सम्बन्धित चिंउडो, तालु र अनुहार पनि पर्छन् | मानिसले बोल्दा, हाँस्दा, खाँदा, भाषण, गर्दा या गीत गाउँदा धेरैको नजर दाँतमा पर्छ | त्यसैले पनि दाँतको चमक कायम रहेमा आफुलाई मात्र नभएर अरुलाई पनि सकारात्मक प्रभाव पर्छ |

दाँत चम्काउने ८ घरेलु उपाय


१. तुलसी-

तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्टसंग मिलाएर ब्रस गर्ने गर्दा दांतको पहेलोपना हटेर चमक आउन थाल्छ ।

२. नुन र तेल- 

नुन र तेलले दांत सफा गर्ने चलन अझै पनि छ,  नुनमा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

३. सुन्तलाको बोक्रा -

सुन्तलाको बोक्रालाई घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हालका मसाज गर्दा भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन मदत गर्छ ।

४. गाजर -

खाना खाइसकेपछि दिनहु गाजर खाने बानी बसाल्दा पनि दाँतको पहोलोपन हट्छ । गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रोसंग सफा गर्न मद्त गर्दछ ।

५. निम – 

निमको उपयोग धेरै पहिलेदेखी नै दांतको सफाई गर्न गरिदै आएको छ | दिनहु निमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने बानीले दाँतमा कुनै किसिमको रोग लाग्न दिदैन |

६. कागतिको रस - 

एउटा कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै साथै सास गनाउने समस्याबाट पनि छुटकारा पाउन सकिछ  ।

स्ट्रबेरि-

स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो । यसमा पाइने मालिक एसिडले दाँत लाइ सेतो र चम्किलो बनाउछ ।

 केरा-

केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् । यसको पेष्टले दाँतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दाँत ब्रश गर्नुहोस । यो उपायले दाँतको पहेलोपन हटाउनलाई मदत गर्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध