२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाईमा पनि यस्ता लक्षण छ ? सावधान! मुटु रोग पनि हुन् सक्छ

२०७५, २६ बैशाख बुधबार १०:४१

एजेन्सी – सानातिना समस्यालाई बेवास्ता मानवीय स्वभाव हो । तर, सनाना–साना स्वास्थ्य समस्या पनि मुटु रोगका लक्षण हुन सक्छन्  । जब मुटु र रक्तनलिले काम गर्न छोड्छ त्यसपछि शरिरका अन्य असम्बन्धित भागमा पनि यसको लक्षण देखिन्छ,’ टेक्सास ए एन्ड एम हेल्थ साइन्स सेन्टरका मुटुविज्ञ डा जोन इरविन भन्छन् ।  उनका अनुसार मुटु रोगका साझा तर अनौठा लक्षण रहेका छन् । यस्ता समस्याप्रति बेलैमा सचेत भएमा रोग फैलिन र बढ्नबाट जोगिने सकिने उनी बताउँछन् ।

कमजोर यौन गतिविधि

यौन दुर्बलतालाई प्रजनन स्वास्थ्य वा दिमागसँग पनि सम्बन्धित रहेको मान्दै आएको छौं । तर, पुरुषहरुमा यौन दुर्बलता देखिनु पनि मुटु रोगको एक मुख्य लक्षण हो ।  मुटुमा रगत पुर्याउने रगतका धमनीमा समस्या भएमा पुरुषको यौन उत्तेजनामा समस्या उत्पन्न हुन्छ ।

स्त्रीहरुमा यौन रसको स्खलन नहुनु भनेको रजस्वला रोकिन स्कने लक्षण हो । तसर्थ रजस्वला रोकिएपछि मुटु रोगका खतरा बढ्न सक्छ । तर, रजस्वला रोकिनु आफैमा मुटुजन्य समस्या होइन ।

‘रजस्वला रोकिदैमा मुटु रोग ननिम्त्याए पनि रक्तचाप र कोलस्टोलको तहमा परिबर्तन जस्ता निश्चित मुटुसँग सम्बन्धित समस्या रजस्वलाको समयतिर हुने गर्छ ।  यो समयमा अधिकांश महिला अझै निष्क्रिय हुने भएकाले पनि यस्तो जोखिम बढेको हो ।

घुर्ने तथा निन्द्रामा असन्तुलन

घुर्ने मानिसको नजिकै सुत्नु पनि दिक्दारी नै हो । तर, घुराई दिक्दारीको अतिरिक्त  मुटु रोगको लक्षण पनि हो  ।  रातभर सुतेपछि दिउसो पनि निन्द्रा लागे जस्तै घुर्नु पनि निन्द्रा असन्तुलनको एउटा पाटो हो । उनका अनुसार घुर्दाखेरि श्वास–प्रश्वासमा कठिनाई हुने र यसले ह्दयघात तथा स्ट्रोकको खतरा निम्त्याउँछ । घुर्ने व्यक्तिको मुटुको गति यति तीब्र हुन्छ कि जसका कारण कहिलेकाहिँ कमजोर रगत प्रवाह हुन्छ ।

स्खलन

स्खलन र मुटुरोगबीचको सम्बन्धलाई थोरै मानिसहरले प्रष्ट पारेका छन् । तर अस्वस्थ स्खलन मुटुसँगसम्बन्धि समस्या हो । बारम्बारको स्खलनले शरिरमा कम्जोरी ल्याउने इरविन बताउँछन् ।  यसले ह्दयघात र मुटुसँग सम्बन्धित अन्य समस्या निम्त्याउँछ ।

काँध र घाँटीमा दुखाई

ह्दयघात हुँदा अधिकांश मानिसहरुले आफ्नो छातीभित्र हात्ती बसेजस्तै पीडा महशुस गर्छन् । त्यस्तै कतिपयले पाखुरामा एउटा सनसनी समवेदना हुन्छ । तरपनि सबै मानिसहरु ह्दयघातको यस्तो परम्परागत अनुभव महशुस गर्दैनन् । बरु उनीहरुको शरिरमा असजिलो, मांशपेशीमा पीडा र घाँटीमा दबाब वा काँध दुख्छ ।

खुट्टा वा पैताला सुन्निनु

खुट्टा तथा पैताला सुन्निनुका पनि विभिन्न कारणहरु हुन्छन् । तर अस्वभाविकरुपमा हात खुट्टा सुन्निुन मुटु विग्रन थालेको लक्षण हो । तसर्थ निरन्तर रुपमा हात खुट्टा फुलेमा बिरामीले तत्काल चिकित्सककहाँ जानुपर्छ किनकी यसले मुटुको समस्याको संकेत पनि गरेको हुन सक्छ ।

अपच, मुटुमा जलन

मुटुमा जलन र अपच निश्चय नै साझा समस्या हुन तर यसले बिरलै मानिसलाई गम्भीर बनाउँछ । तर कतिपय अवस्थामा माथिल्लो पेटमा हुने मन्द दुखाई पनि मुटु रोग (ह्दयघात) को लक्षण हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो