2026-07-25 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्नुअघि नुहाउनुस्, यस्ता छन् फाइदै फाइदा

टिप्स:- राती सुत्नुभन्दा एक घण्टा अघि नुहाउनुका धेरै फाइदा छन्। तर, तपाइलाई चिसो अत्याधिक लाग्छ भने तातो पानीले नुहाउन सकिन्छ। 

१. राम्रो निन्द्रा पर्छ : राती सुत्नुअघि नुहाउनाले दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ। नुहाउँदा यदि सुगन्धित तेल प्रयोग गर्ने हो भने त झन् राम्रोसंग निन्द्रा लाग्छ। साथै अलग हिसाबको शान्तिको अनुभव हुन्छ। सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान ठीक रहन्छ। तातो पानीले नुहाउनु हुन्छ भने पनि फाइदा नै गर्छ। तातो पानीले मांसपेशीलाई आराम दिन्छ।

२. मोटोपना कम हुन्छ : शरीरमा दुई खालको चिल्लो हुन्छ। पहिलो– ह्वाइट फ्याट, यो शरीरका लागि हानिकारक हुन्छ भने अर्को ब्राउन फ्याट शरीरका लागि फाइदाजनक हुन्छ। ह्वाइट फ्याट खानाबाट प्राप्त हुन्छ र शरीरको कयौं भागमा जम्मा हुन्छ। विज्ञका अनुसार जब हामी चिसो या तातो पानील्े नुहाउँछौं, क्यालोरी खपत हुन्छ र सजिलै तौल कम गर्न सक्छौं।

३. छालामा आउँछ चमक : छाला विशेषज्ञका अनुसार चिसो पानीले नुहाउनाले कपाल राम्रो हुन्छ र छाला चमकदार बन्छ। यदि तपाईं डन्डीफोरबाट पीडित हुनुहुन्छ भने चिसो पानीले नुहाउनुपर्छ। यसबाट छाला रुखो हुनबाट बच्छ। तातो पानीले छालाको रोमछिद्र खुल्छ।

४. प्रतिरोधी क्षमता बढ्छ : चिसोपानीले शरीरलाई पनि सुदृढ बनाउँछ। चिसो पानीले नुहाउनले रोगप्रतिरोधी क्षमता बढ्छ। रक्त सन्चार राम्रो हुन्छ। रोगप्रतिरोधी बढ्दा शरीरमा सेतो रक्तकोषिकाहरु पनि बढ्छन्। यसबाट धेरै रोगबाट लड्न मद्धत हुन्छ र बिरामी हुनेसम्भावना पनि कम हुन्छ। तातो पानीले नुहाउँदा माइग्रेनको समस्या पनि हट्छ। 

५. मुड फ्रेस हुन्छ : एक अध्ययनले नुहाउँदा मुड फ्रेस हुने देखाएको छ । अल्छीपना हटाउने यो सबैभन्दा राम्रो तरिका हो। चिसो पानीले नुहाउँदा मुटुको चाल बढ्छ र शरीरको रक्तसन्चार पनि बढ्छ। यसबाट ताजा महसुस गर्न सकिन्छ। 

६. उच्च रक्तचापमा कमी : ज्वरो आएको समयमा तातोपानीले नुहाउँदा पसिना आउछ र शरीर चाँडै चिसो हुन्छ। तातोपानीले साइनस र रुघाबाट पनि आराम मिल्छ। तातोपानीले भरिएको टबमा दिनहुँ १५ मिनेट नुहाउनाले उच्च रक्तचापमा कमी आउँछ।

७. ब्लड सुगरमा नियन्त्रण : अमेरिकन डाइबिटिक एशोसियसनका अनुसार तातोपानीमा नुहाउनले ब्लड सुगरको स्तर कम हुन्छ। यसले टाइप टु डाइबिटिजबाट पीडितहरुलाई फाइदा हुन्छ । तातोपानीले रक्तसन्चार बढ्छ र सुगरको स्तर नियन्त्रण हुन्छ। यसले राती राम्रो निन्द्रा पनि आउछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक