2026-08-04 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाई प्राइभेट जागिरमा हुनुहुन्छ ? त्यसो हो भने यी कुराहरु ख्याल राख्नुहोस्

जीवन चलाउनु छ, केही गर्नु छ, केही बन्नु छ, केही कुरामा आफैंलाई जाँच्नु छ । हरेक अवस्थामा विकल्प बन्नसक्छ जागिर । आम मानिसको मानसिकता, सपना, लक्ष्य अनि बाध्यता पनि हो जागिर ।

जब कुनै जागिरमा प्रवेश गर्ने विचार गरिन्छ, सर्वप्रथम पैसाकै सवाल उठ्छ, सोधिन्छ- पैसा कति हुन्छ ? पहिलो जागिरपछिको तलब हात पर्दा जति खुसी भइन्छ त्यो अकल्पनीय हुन्छ । अनि कुनै सोचविचार नै नगरी पैसा खर्च गर्नसमेत पछि परिँदैन । त्यसरी पैसा खर्च गर्नु ठीक छ कि छैन भन्ने कुराको हेक्का राखिँदैन ।

अविवाहित हो भने त हरेकपटक तलब आएपछि साथीभाइसँग जमघट, घुमघाम, मोजमस्ती । पैसा सकिन के बेर, तर विन्दास बन्छ जीवन । ठानिन्छ, सधैं यसरी नै चल्छ समय ।

प्राइभेट जागिर छ भने यस्तो हिसाबले अघि बढ्दा जीवनमा थुप्रै समस्या देखा पर्न सक्छन् । पैसा जतिसुकै बढी भए पनि त्यो दियो नहुन सक्छ । कतिखेर जागिरबाट हात धुनुपर्छ भन्ने कुराको ग्यारेन्टी हुँदैन । कम्पनीले अचानक निष्कासन पत्र थमाइदिन पनि सक्छ । यस्तो नहुन पनि सक्छ तर सचेत रहँदा के बिग्रन्छ र ? त्यसका लागि केही कुरामा ध्यान दिनु आवश्यक छ जसले भविष्य सुरक्षित राख्न मद्दत गर्छ । दुःखको समयमा भरोसा मिल्छ ।

ब्याकअप वा जगेडा कोष

जागिर गइहाल्यो भने के गर्ने ? अर्को जागिर खोज्न कति समय लाग्ला ? विशेषज्ञहरूको भनाइमा नयाँ जागिर खोज्न औसत ४ देखि ६ महिना लाग्छ । यो विश्वव्यापी मान्यता भए पनि नेपालको सन्दर्भमा पनि धेरै हदसम्म मिल्छ । तसर्थ सदैव ४ देखि छ महिनाको तलब बराबरको रकम ब्याकअप वा जगेडा कोषमा राख्नुपर्छ । यसका लागि एउटा बैंकमा खाता खोल्ने, सामान्य अवस्थामा त्यसबाट पैसा नझिक्ने वा त्यहाँ पैसा छ भन्ने कुरा नै बिर्सिदिने, केवल समय-समयमा नियमित जम्मा गर्ने काम मात्र गर्नुपर्छ । यति समयजतिको वा सकिन्छ भने अलिक बढी पैसा बचत गर्न सके जागिर गइहालेछ भने पनि खासै समस्या बेहोर्नुपर्दैन ।

पारिवारिक व्यवस्थापन कोष

जागिर गइहालेको अवस्थामा अनेकौं चिन्ता आइलाग्नसक्छन् । परिवार कसरी चलाउने, बालबालिकाको स्कुल फी अनि बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने किसिमको प्रश्न खडा हुनसक्छ । यस कुरालाई विचार गरेर केही रकम सर्ट टर्म पोलिसीमा कहीँकतै लगानी गर्नु बुद्धिमानी हुन्छ । यसो गर्दा आपत् परिहालेको दण्डमा उक्त रकम निकालेर निर्धक्क खर्च गर्न सकिन्छ ।

मेडिकल इन्स्योरेन्स

यो अवधारणा नेपालको सन्दर्भमा नौलो लाग्न सकिन्छ किनभने हामीमध्ये धेरैमा इन्स्योरेन्सका विषयमा वास्तविक ज्ञानको अभाव छ । हिजोआज भने बिस्तारै मेडिकल इन्स्योरेन्स गर्ने प्रचलन बढिरहेको छ । यो निकै राम्रो उपाय हो । यसबाट आफू वा परिवारका सदस्य गम्भीर बिरामी परेको अवस्थामा ठूलो सहयोग मिल्छ, राम्रो अस्पतालमा उपचार गराउन सकिन्छ । यसका लागि खुलेका इन्स्योरेन्स कम्पनी तथा तिनका एजेन्टहरूबाट आवश्यक जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने