२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हात हेरेर थाहा पाउनुस् यस्ता गम्भीर रोगका लक्षणहरु

२०७५, ६ असार बुधबार ०६:०४

हाम्रो शरीरका विभिन्न अंगले स्वास्थ्य कस्तो छ भन्नेबारे अनेक किसिमका संकेत दिइरहेका हुन्छन् । हातले पनि हृदयाघात, पोषक तत्वको कमी, ‘थाइराइड फङ्सन’ जस्ता कुराको संकेत गर्ने गर्छन् । हत्केला, छालाको बनावट, नङ, पसिनाका ग्रन्थी र रङले शरीरमा विभिन्न तत्वको अभावको संकेत गरिरहेका हुन्छन्।

थाइराइड फङ्सन

सुन्निएका औंला र चिसा हात ‘हाइपोथाइराइडिजम’ (असामान्य रुपले निस्क्रिय थाइराइड) को संकेत हुन सक्छ । सक्रिय खालका थाइराइड अर्थात् ‘हाइपरथाइराइडिजम’मा भने हातको छाला रातो या सुख्खा हुने गर्छ।

पोषक तत्वको तह

नङ बिनाकारण भाँच्चिइरहन्छ भने त्यो जिंक, भिटामिन ए, भिटामिन सी र बायोटिनजस्ता पोषक तत्वको कमीका कारण हुन सक्छ । यो क्याल्सियमको कमी हुने रोग ‘हाइपोकाल्सिमिया’को संकेत पनि हुन सक्छ । न्युयोर्कका छालारोग विशेषज्ञ डा डेभिड इ ब्यांकका अनुसार प्रोटिनको कमीले नङ टुक्रा हुन सक्छ।

हाइपरहाइड्रोसिस

चिन्ता बढ्दा या शारीरिक अभ्यास गर्दा अधिकांशको हत्केलामा पसिना आउँछ । तर, हत्केलाका पसिनाका ग्रन्थीहरु आवश्यकभन्दा बढी सक्रिय हुन्छन् भने ‘हाइपरहाइड्रोसिस’को संकेत हुन सक्छ । अमेरिकी प्राध्यापक डा गेरी गोल्डेनवर्गका अनुसार हाइपरहाइड्रोसिस आनुवंशिक हुन्छ र बाल्यकाल अथवा वयस्क उमेरदेखि नै देखिन्छ।

मुटुको अवस्था

मुठी कति बलियोसँग पार्न सकिन्छ भन्ने कुराबाट मुटु कति स्वस्थ छ या हृदयाघात अथवा स्ट्रोक हुने खतरा छ–छैन भनेर संकेत पाउन सकिन्छ । यदि, मुठी दर्बिलो छ भने मुटुको अवस्था राम्रो भएको संकेतका रुपमा लिन सकिन्छ । मुठी कमजोर छ भने दीर्घकालीन स्वास्थ्य समस्या छ भन्ने देखाउँछ।

पार्किन्सन्सको संकेत

आराम गरेको अवस्थामा या कुनै पनि कार्य नगर्दा पनि हात हल्लिरहन्छ भने पार्किन्सन्स रोगको संकेत हुन सक्छ । तर, तनाव, क्याफिन सेवनजस्ता कारणले पनि हात हल्लिन सक्छ।

अक्सिजनको तह

स्वस्थ राता रक्तकोषको कमी भएको अवस्थालाई ‘एनिमिया’ भनिन्छ । यस्तो अवस्थामा शरीरका तन्तुहरुमा आवश्यक मात्रामा अक्सिजन पुग्न सक्दैन । यदि हात र नङ पहेँलो छ भने एनिमियाको संकेत हुन सक्छ।

एक्जिमा

मोस्चराइजर प्रयोग गर्दागर्दै पनि हात खस्रो छ या चिलाउँछ भने ‘एक्जिमा’ भएको हुन सक्छ । तर, के भएको हो भन्ने तय भने छाला रोग विशेषज्ञले नै गर्न सक्छन्।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी