2026-07-26 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! भित्रि बस्त्र किन्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनैपर्छ, नत्र…

एजेन्सी:- पहिरनको कुरा गर्दा हामी बाहिरी बस्त्र सम्झन्छौं, जसले हाम्रो आङ ढाक्छ । लाज ढाक्छ । जाडो र गर्मीबाट शरीरलाई सन्तुलित राख्छ । स्टाइलिस देखाउँछ । फेसनेबल देखाउँछ । व्यक्तित्व बढाउँछ ।

त्यही कारण हामी बाहिरी बस्त्र खरिद गर्दा त्यसको रुपरंग, बनौट सबै कुरामा ध्यान दिन्छौं, ताकि आफुलाई सुहाउँदो होस् । तर, भित्री बस्त्र नि ?

अब तपाईं एक कदम पछि हट्नुहुनेछ । किनभने भित्री बस्त्र खरिद गर्दा त्यसको बारेमा खासै ख्याल राख्नुहुन्न । किनभने तपाईं-हामीलाई लाग्छ, भित्री बस्त्र भनेको छोपिने चिज हो । देखिने भए पो राम्रो हुनुपर्छ ।

तर, यस्तो कुरा सही होइन । भित्री बस्त्र छालामैत्री वा सहज हुनुपर्छ । अन्याथा यसले शरीरमा असर गर्न सक्छ । हुन त हामीलाई यस्ता कुरा वाहियत लाग्छ वा सामान्य लाग्छ । तर, प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री बस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ ।

कस्तो कपडा ?

कपाडा धेरै किसिमको हुनेगर्छ । त्यसमध्ये सुतीको कपडा राम्रो हो । भित्री बस्त्रका लागि सुती नै सही हुनसक्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ । सिन्थेटिक कपडा नै किनेपनि भित्रको लाइनिङ सुतीकै हुनुपर्छ ।

कस्तो नाप ?

भित्री बस्त्र कुन साइजको लिने ? त्यो तपाईंको शरीरमा निर्भर गर्छ । कसैलाई ठूलो चाहिएला, कसैलाई मझौला, कसैलाई सानो । आफुलाई फिट हुने भित्री बस्त्र किन्नुपर्छ । यसको पेन्टी, ब्रा जेसुकै होस्, आफ्नो नाप अनुसार सही छ भने हिँडडुल गर्न सजिलो छ ।

कस्तो रंग ?

कस्तो रंगको भित्री बस्त्र ? यो प्रश्न तपाईलाई वाहियात लाग्न सक्छ । तर, चिकित्सकहरु भन्छन् सेतो पेन्टी लगाउनु उपयुक्त हुने बताउँछन् । रंगबिरंगी पेन्टी आकर्षक देखिएपनि सफा एवं सेतो रंगको भित्री बस्त्र नै राम्रो हुन्छ ।

कहिले बदल्ने ?

पेन्टी कहिले बदल्नुपर्छ ? अक्सर यसबारे हामी उति ख्याल गदर्ैनौं । अरु लुगा, जुत्ता आदि त समय समयमा वा फेसन अनुरुप बदल्छौं । तर, पेन्टी ?

पेन्टी निश्चित अवधीमा बदल्नुपर्छ । धेरै समय एउटै पेन्टी प्रयोग गर्दा त्यसले प्रजनन अंगामा समस्या ल्याउन सक्छ ।

पेन्टीमा यी कुरा ख्याल गर्नुहोस् है

खासगरी यो विषयमा महिलाहरुले सर्तक हुन आवश्याक छ । जब तपाईं पेन्टी धुनुहुन्छ, त्यसअघि पेन्टीमा राम्ररी हेर्नुहोस् । यसमा सेतो टाटो देखियो भने चिन्ताको विषय हुन्दैन तर रातो टाटो देखियो भने स्त्रीरोग विशेषज्ञको परामर्श लिनु उचित हुन्छ ।

राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ?

राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ? संभव भएसम्म पेन्टी नलगाई सुत्नु राम्रो हो । पेन्टी नलगाइ सुन्दा महिलाहरुले छुट्टै आनन्द पाउँछन् र शरीरको त्यो भागलाई पनि राहत मिल्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ