2026-08-04 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिनहुँ कुर्सीमा बस्नुहुन्छ ? याद राख्नुस् यस्ता रोगको शिकार भइएला !

जानकारी:- तपाईं/हामीमध्ये कोहीकोही दिनहुँ कम्तीमा ६ घण्टा कुर्सीमा बसेर काम गर्छौं होला। यो भनेको बर्सेनि १,७२८ घण्टा अर्थात् ७२ दिन कुर्सीमा बस्नु हो। औसत रूपमा २० वर्षको जागिर अवधिमा करिब ४ वर्ष अर्थात् १,४४० दिनजति हामी कुर्सीमै बस्ने गरेका छौं।

दिनहुँ घण्टौंसम्म कुर्सीमा बसिरहँदा शारीरिक समस्या निम्तिने गर्छ। एउटै मुद्रामा निरन्तरको कुर्सीबसाइले अन्य समस्यासँगै ढाड र पुच्छरहाडमा पीडा निम्त्याउने हाडजोर्नी रोग विशेषज्ञहरू बताउँछन्।

कुर्सीमा गलत तरिकाले बस्दा पिठिउँ, कम्मर, तिघ्रा, खुट्टा लगायतमा दुख्ने मात्र नभई अन्य जटिल शारीरिक समस्यासमेत उत्पन्न हुन्छन्। विभिन्न अध्ययन अनुसार, कुर्सीमा टाँसिइरहनाले विभिन्न नसर्ने रोग उत्पन्न हुनुका साथै हाम्रो आयुलाई समेत प्रभावित पारिरहेको हुन्छ। कोनैल विश्वविद्यालयको एगनोमिक्स टोलीका अनुसार, २० मिनेटभन्दा बढी कुर्सीमा बसिरहँदा शरीरमा नकारात्मक असर पर्ने गर्छ। यस्तो अभ्यासले मांशपेसी र अस्थिपञ्जर प्रणाली (मस्कुलोस्केलेटल) सम्बन्धी समस्या (ढाड, घाँटीको समस्या) बढाउँछ।

बसाइको मुद्राले स्वास्थ्यलाई प्रभावित गर्छ। लामो समयसम्म बसिरहने व्यक्तिलाई मुटुसम्बन्धी रोग हुने सम्भावना उभिने व्यक्तिका तुलनामा दोब्बर हुन्छ।

बसिरहँदा रगतमा भएको इन्सुलिनको स्तर २४ प्रतिशतले तल झर्छ। यसले गर्दा मधुमेहको जोखिम बढ्छ। बसिरहने गर्नाले राम्रो कोलेस्ट्रोलको स्तर २० प्रतिशत र बोसो कम गर्ने इन्जाइम ९० प्रतिशतका दरले घट्दै जान्छ।

कार्यालयमा निरन्तर एउटा मुद्रामा कुर्सीमा बसिरहँदा हाम्रो शारीरिक ऊर्जा खर्च हुन्न, शरीरमा गति नआउँदा रक्तप्रवाह राम्ररी हुन पाउँदैन र मांशपेसीले लयमा काम गर्न पाउँदैनन्।

एउटा अनुसन्धानअनुसार, निरन्तर ६ घण्टा वा योभन्दा बढी समयसम्म बसेर काम गर्नेहरूलाई हृदयाघात, क्यान्सर, मधुमेह लगायतका हाड, जोर्नी, मांसपेशीसम्बन्धी रोग हुने जोखिममा अत्याधिक बढ्छ।

कुनै व्यक्ति दिनहुँ एक घन्टा हिँड्छ भने बसिरहनेहरुको तुलनामा उसको आयु १० वर्ष बढ्ने पनि अनुसन्धानले देखाएको छ |

कुर्सीमा बसेरै काम गर्नुपरे पनि हरेक आधा घण्टामा एक– पटक टेबलको वरिपरि भए पनि दुई तीन मिनेट हिड्नुपर्ने, फाइल निकाल्ने, आफैंले पानी लिएर खाने लगायतका गतिशीलता भएका स–साना कामहरू गर्नुपर्नेमा पनि अनुसन्धानले जोड दिएको छ।

कुर्सीले पिठिउँलाई राम्ररी सहारा दिनुपर्छ, तिघ्रा आरामसाथ रहनुपर्छ। सकेसम्म पिठिउँलाई सिधा राख्ने कुर्सी हुनुपर्छ। पुच्छ्रेहाड दुख्दैन भने कडा सतहमा बस्दा शरीरको मुद्रा नबिग्रँदैन। बस्दा कुप्रो पर्नुनहुने विशेषज्ञहरूको भनाई छ।

दुखाइबाट बँच्न मात्र नभई जीवन लम्ब्याउन पनि कुर्सीमा बस्दासमेत गतिशीलता/सामान्य व्यायाम गर्नुपर्ने आवश्यकता विशेषज्ञहरू आंैल्याउँछन्।

कुर्सीबसाइका कारण हुन सक्ने नकारात्मक समस्या हटाउन नियमित रूपमा हिँडडुल गर्नुपर्छ। बढीमा हरेक आधा घण्टापछि कुर्सीबाट उठेर यताउता हिँड्नुपर्छ। 

कुर्सीमा खुट्टा चढाएर नबसौं हामीमध्ये धेरैजसो व्यक्ति कुर्सीमा पनि पलेँटी मारेर बस्ने गरेका छौं। यसो गर्दा हामी आफूलाई सहज अनुभव गर्छौं तर यसरी बस्दा शरीर प्राकृतिक आकारमा रहन पाउँदैन। स्वास्थ्यका दृष्टिले यस्तो बसाइ निकै नराम्रो मानिन्छ।

विज्ञहरूका अनुसार, कुर्सीमा पलेँटी मारेर बस्दा ढाड र पेल्भिक बोनमा दुखाइको समस्या हुने जोखिम बढ्छ। यस्तो बसाइमा खुट्टाका नसा थिचिन्छन्, जसले गर्दा रक्तप्रवाह प्रभावित हुने गर्छ।

लामो समयसम्म पलेँटी मारेर बस्दा खुट्टामा भएका ‘स्पाइडर भेन्स’ मा नकारात्मक असर पर्छ। यति मात्र नभई, यस्तो बसाइका कारण हाम्रो स्नायुमा समेत दबाब पर्छ। 

कुर्सीमा निरन्तर बसिरहँदा जान सक्छ ज्यान अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित एउटा अध्ययनको दाबीअनुसार, विश्वमा हुने करिब ४ प्रतिशत मृत्युको कारक दिनहुँ तीन–चार घण्टा बसिरहनु हो। निरन्तर बसिरहनु स्वास्थ्यका लागि खतरनाक मानिएको छ।

५४ मुलुकमा गरिएको यो अध्ययनअनुसार, विश्वका ३.८ प्रतिशत व्यक्तिको मृत्युको कारक तीन घण्टा वा योभन्दा बढी समयसम्म कुर्सीमा बसिरहनु हो। कुर्सीको प्रभावलाई लिएर यो अध्ययनमा सन् २००२ देखि २०११ सम्मको तथ्यांकको विश्लेषण गरिएको थियो।

अध्ययनअनुसार, हामी कुर्सीमा बस्ने समय घटाएर आयु सम्भाव्यता (लाइफ एक्सपेक्टेन्सी) मा बर्सेनि ०.२० प्रतिशत वृद्घि गर्न सक्छौँ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने