२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०७५ श्रावण २८ गते सोमवारको राशिफल: आज तपाइको दिन शुभ-अशुभ के छ ?

२०७५, २८ श्रावण सोमबार ०२:०९

आजको पञ्चाङ्ग – 

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको २८ गते  सोमवार । 

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको १३ तारिख ।

तथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको द्वितीया, ११ः१३ बजेपछि तृतीया   ।  

योगः परिध, ०७ः४६ बजेपछि शिव ।

नक्षत्रः  पूर्वफाल्गुनी, २३ः०१ बजेपछि उत्तरफाल्गुनी । 

करणः कौलव ११ः१३ बजे उपरान्त तैतिल । 

चन्द्रमाः  सिंह राशिमा । 

काठमाडौंमा सूर्योदयः ०५ः३३ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः४२ बजे ।

राहुकालः ०७ः११ बजेपछि ०८ः५१ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी उत्तर–ईशान दिशाको लागि उपयुक्त । 

आजको राशिफल 

मेष राशिः

ज्ञानशक्ति तथा विद्या बढ्नसक्ने छ । पहिला फुर्ति र पछि पछुतो पर्नसक्ने छ, काम फत्ते नभई व्यक्त नगरेकै राम्रो हुनेछ । मान्छेहरुको झ्यास्सै विश्वास गर्नाले पश्चाताप पर्नसक्ने सम्भावना छ होसियारी अप्नाउनु । संयमपूर्वक स्वाध्याय तथा स्वकार्यरत रहनाले केही उपलब्धि मिल्नसक्ने छ ।  पाँच अङ्क, रातो एवं सेतो रङ्गको प्रयोग गर्नु र भगवान शिवको स्तुति आराधना गर्नु लाभदायक हुनेछ । 

वृष राशिः

दिन धेरै अनुकूल मान्न अल्लि नसकिने खालको रहेको छ । संघर्षको अनुभूति हुनसक्ने ग्रहगोचर परेले आज तपाईँले काम कार्य सम्पादन गर्दा मान्छेहरुले आलोचना गर्नसक्ने वा अपजशको सामना गर्नपर्ने हुनसक्ने छ । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न मद्दत गर्नेछ । अनिवार्यबाहेकका जनव्यवहारका सवालमा आवश्यकभन्दा बढी सरोकार नराखेकै उचित हुनेछ । चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ रहनेछ ।

मिथुन राशिः

दिन आँटिलो एवम् साहसिलो देखिएको छ । पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्नसकिने छ । कामकार्यमा रुचि बढ्ने छ, व्यवसायिक क्षेत्रको विकास हुनेछ । भातृसुख तथा समझदारी बन्ने दिन छ । शुभचिन्तकसँग भेटघाट हुने तथा सहयोग पनि जुट्ने छ ।  प्रतिस्पर्धा जन्य काममा पनि अग्रता हासिल गर्नसकिने छ । तीन अंक र हरियो रङ्गको उपयोग र गौरीशङ्कर भगवानको स्तुति आराधना गर्नु फापसिद्ध रहने छ । 

कर्कट राशिः

अदृष्य रोकावटतथा विरोधाभाष स्थितिको सामना गर्नपर्ने गोचर छ । बोलीवचनले खासै महत्त्व नपाउनसक्ने छ । आर्थिक क्षेत्रमा केही संघर्षको सामना पछि अनुकूल हुनेछ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ । सञ्चित धनको अपव्यय हुनसक्ने छ ख्यालपुर्याउनु होला । दुई अंक, सेतो रंगको प्रयोग र भगवान हनुमानको श्रद्धाभक्ति शुभप्रद रहने छ । 

सिंह राशिः

गोचर केही बाधक अबस्था देखिएको छ । रपनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशीयालीप्रद रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि  मिल्नसक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । एक अङ्क, रातो रङ्गको प्रयोग र हनुमानदेवको उपाशना गर्नु फापकर हुनसक्नेछ । 

कन्या राशिः

प्रतिकूलता बढ्नसक्ने खालको गोचर परेको छ । कामकार्यमा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ अन्यथा खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्नसक्ने छ, ख्याल गर्नु होला ।  देशविदेशको यात्रा हुनसक्ने छ । दानदातव्य एवं मान्यजनको दर्शनभेट आदिको लागि दिन उपयुक्त रहेको छ । रातो रङ्ग, पाँच अङ्कको उपयोग र भगवान शिवको आराधना गर्नु शुभकर हुनेछ । 

तुला राशिः

प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । प्रेमाभिलाषिहरुको लागि प्रेमसम्बन्ध जोडिनसक्ने छ । दुई अङ्क, सेतो रङ्गको उपयोग एवं भगवान आसुतोषको स्तुति उपाशना फापकर हुनेछ । 

वृश्चिक राशिः

ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका केही कामहरुलाई पूरा गर्नसकिने छ । राजनीति एवम् समाजसेवा जन्य कामबाट पनि प्रसिद्धि कमाउन सकिनेछ । भगवान महादेवको भक्तिआराधना गर्नु सुखद हुनेछ । 

धनु राशिः

अबरोध तथा अल्मलको बाबजुत दिनलाई अनुकूल मान्न सकिन्छ । आध्यात्मिक सत्चिन्तन्को वातावरण बन्ने एवम् धार्मिक पक्षप्रति पलाएको नकारात्मक सो“च हटाउने अवसर मिल्ने छ । अपयशजन्य स्थितिलाई सामना गरी परास्त गर्नसकिने छ । रोकिएर रहेका काम अघि बढ्ने र पेशा तथा व्यवसायबाट लाभ हातपर्ने छ । नौ अङ्ग, पहेंलो तथा रातो रङ्ग र विद्वानगुरुजनको आर्शिवाद लिनु शुभकर हुनेछ । 

मकर राशिः

खोजेको काममा अबरोध आउने र बरु महत्त्व नपाएको काम बन्नसक्ने छ । समयको प्रतिकूलतालाई नबुझि जबर्जस्त गर्नाले पश्चातापमा पार्नसक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहारविहारमा होसियारी अप्नाउने र फजुलका विषयमा मन नदिने गर्नु नै बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्गको प्रयोग र इष्टदेवको भक्ति बढाउनु हितकर हुनेछ । 

कुम्भ राशिः

जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । यात्राको संयोग जुर्नेछ । पेशा एवम् व्यवसायबाट लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवा आदि क्षेत्रमा पनि अनुकूलता देखिएको छ । 

मीन राशि

शारीरिक एवं मानसिक क्षमतामा बृद्धि हुनेछ । आरोग्यता र हिम्मत–क्षमता भने बढ्ने, दैनिकी कामकार्य तथा पेशाको क्षेत्रमा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुक जनहरुबाट पनि केही काम लिन सकिनेछ । यात्राको पनि विचार योजना हुनसक्नेछ । प्रतिस्पर्धामा तथा विरोधी उपर विजय प्राप्त हुनेछ । राजनीति, समाजसेवाजन्य क्षेत्रमा सकारात्मक परिणाम हातपार्न सकिने छ । 

- ज्यो. दीपक सुवेदी (डबलगोल्डमेडलिष्ट) 

कमलमार्ग, कमलपोखरी (सिटीसेन्टरको पछाडि), काठमाडौं नेपाल ।

०१४४३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८ (दुबै मोबाइल नं.मा भाइबरसमेत) 

ईमेलः [email protected] 

फेसबुकपेजःhttps://www.facebook.com/jyotishdeepakguru

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ