2026-08-04 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको शरीरमा प्रोटिन कम छ ? यस्तो हानी गर्छ, जानी राखौं

जबसम्म मानिसहरुलाई आफ्नो शरीरमा प्रोटिन, भिटामिन तथा मिनरल्स लगायतका आवश्यक पोषकतत्व कति चाहिन्छ भन्ने थाहा हुँदैन, तब सम्म कुनै पनि व्यक्तिले चाहेर मात्र पनि ऊ स्वस्थ रहन सक्दैन ।  किनकी मानिसलाई स्वस्थ राख्ने भनेकै भिटामिन, प्रोटिन, मिनरल्स लगायतका आवश्यक पोषणतत्वले हो ।

र , जब आवश्यक पोषण तत्वको कुरा आउँछ, त्यसमा प्रोटिन अवश्य पर्छ । कुनै पनि मानिसको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यक्ता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी, शारीरीक श्रम तथा उमेर अनुसार निर्धारण हुन्छ । जबसम्म तपाई शरीरलाई चाहिने प्रोटिनको आवश्यक मात्रामा सेवन गर्नुहुँदैन, तपाई आˆनो शरीरलाई ठूलो हानी पुर्‍याउनु हुन्छ ।

आखिर, प्रोटिनको कमीका कारण शरीरमा के के हानी हुनसक्छ ?

जति खाएपनि नअघाउने

सामान्यतया शरीरको मांसपेशी मजबुत बनाउन चिकित्सकहरु प्रोटिन खाने सल्लाह दिने गर्दछन् । शरीरमा प्रोटिनको कमी भएमा पेटभर खाना खाँदा समेत नअघाएको महसुस हुने गर्छ । र, जति खाना खाएपनि दिनभर भोको महसुस हुने गर्छ ।

‘सेल मेटाबोलिज्म’ मा  प्रकाशित एक अध्ययन अनुसार उच्च मात्रामा प्रोटिनकेा सेवनले भोकलाई नियन्त्रण गर्ने प्रोटिन निष्काषित हुने गर्छ, जसले लामो समय पेट भरिएको महसुस हुने गर्छ ।  मुसाहरुमा गरिएको उक्त अध्ययन अनुसार उच्च प्रोटिनयुक्त खानेकुरा खाने मुसाको तुलनामा प्रोटिनको सेवन नगर्ने मुसाहरुमा बोसोको मात्रा धेरै रहेको पाइएको छ ।

इम्युन सिस्टम कमजोर हुने

हुन त विज्ञानमा अहिलेसम्म यो कुनै उपचारकेा विकास भएको छैन, जसले तपाईलाई रोग मुक्त जीवन जिउने सुनिश्चितता जाहेर गरोस् । यद्यपी, शरीरमा लाग्न नदिन वा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन एक राम्रो विकल्प हुनसक्छ ।

‘ओबेसिटी एण्ड वेट लस थेरापी’ नामक जर्नलमा उल्लेख गरिए अनुसार प्रोटिनको कमी हुने व्यक्तिमा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ ।

किनकी प्रोटिनले शरीरको कोषिका निर्माण गर्नुका साथै शरीरको एन्ट बडिज निर्माण गर्न सहयोग पुर्‍याउँछ । जसले शरीरलाई विभिन्न किटाणु , जिवाणु तथा रोगहरुसित लड्न सिकाउँछ ।

हड्डी भाचिने जोखिम

दूधले हड्डी मजुबत बनाउँछ भन्ने कुरा त तपाईले अवश्य सुन्नु भएको होला । जबकी हड्डीको समग्र विकास तथा हड्डीको मजबुतीको लागि प्रोटिनको पनि महत्वपूर्ण भूमिका रहेकै हुन्छ  । त्यसैले, जो व्यक्तिले पर्याप्त मात्रामा प्रोटिनको सेवन गर्दैर्न, त्यस्ता व्यक्तिमा हड्डी कमजोर हुने समस्या निम्तनुका साथै हड्डी प|mाक्चर हुने समस्या पनि बारम्बार उत्पन्न हुन्छ ।

हातखुट्टा सुन्निने

शरीरमा प्रोटिनकै कमीका कारण शरीरमा इडिमाको समेत समस्या निम्तने गर्छ । जसका कारण हातखुट्टामा फ्लुड जम्मा भए हातखुट्टा सुन्निने गर्छ ।

प्रोटिनले रक्तनलीमा नुन तथा पानीलाई नियन्त्रणमा राख्न अहम भूमिका निर्वाह गर्छ ।र ,उक्त  नुन तथा पानीलाई कोषिकामा छिर्न दिदैन ।  यदी रगतमा प्रोटिनको मात्रा न्युन भएमा उक्त फ्लड नियन्त्रित हुन पाउँदैन, जसका कारण हातखुट्टा दुख्ने सुन्निएर इडिमा हुने हवार्ड हेल्थ पब्लिसिङ्गले जनाएको छ ।

कपाल झर्ने

कपाल सम्बन्धि जस्तोसुकै व्युटी प्रोडक्ट खरीद गरेपनि यदी शरीरमा प्रोटिनको कमी छ भने त्यसको कुनै अर्थ रहदैन । किनकी शरीरमा प्रोटिनको कमी भएमा यसले सबैभन्दा धेरै असर कपाललाई पार्ने गर्दछ । त्यसो त हाम्रो कपालको रौ किरेटिन नामक तत्वले बनेको हुन्छ , जुन हाम्रो कपालको जरामा उत्पादन हुने गर्छ । तर जब शरीरले पर्याप्त मात्रामा प्रोटिन पाउँदन, तब कपाल फुस्रो हुने, पातलिने, टुक्रिने तथा कपाल फाट्ने गर्दछ ।

नङ टुक्रिने

मानिसको कपाल झै हातखुट्टाको नङ पनि केराटिनबाट बनेको हुन्छ । त्यसैले, शरीरमा प्रोटिनको कमी भएमा नङ  चिरा पर्नुका साथै टुट्ने तथा भाच्चिने गर्दछ । त्यसैले पनि, नङलाई स्वस्थ राख्न छाला रोग विशेषज्ञहरु खानामा भरपूर मात्रामा प्रोटिनलाई समावेश गर्न सुझाव दिने गर्छन् ।

उच्च रक्तचापको समस्या

प्रोटिनको कमीका कारण पनि मानिसलाई उच्च रक्तचापको समस्या हुने गर्दछ । अमेरिकन जर्नल अफ हाइपरटेण्सनका अनुसार अण्डा, मासु लागायतका उच्च प्रोटिनयुक्त आहारको सेवन गर्ने युवाहरुमा चार वर्षको अवधीमा उच्च रक्तचापको समयमा कम भएको  पाइएको छ ।

त्यसैले, पनि चिकित्सकहरु उच्च रक्तचापको विरामीलाई प्रशस्त मात्रामा प्रोटिनको सेवन गर्न सल्लाह दिने गर्दछन् । अन्यथा, उच्च रक्तचापका कारण मानिसलाई हृदयघात, पक्षघात लगायतका समस्या निम्तने जोखिम उच्च हुने गर्दछ ।

छाला सम्बन्धि समस्या

छाला रातो हुने, छालामा फोका आउने तथा छाला चिलाउने समस्या प्रोटिनको कमीका लक्षण हुनसक्दछन् । ओरिगन स्टेट युनिर्भसिटीले गरेको एक अनुसन्धान अनुसार शरीरमा प्रोटिनको कमी भएमा छाला सम्बन्धि एलर्जीहरु देखा पर्ने गर्दछ । यस्ता एलर्जीलाई चिकित्सकीय भाषामा एक्जिमा पनि भन्ने गरिन्छ । जसका कारण छाला चिलाउने, पोल्ने तथा  छालामा रातो दाग आउने गर्दछ ।

मांसपेशी कमजोर हुने

मांसपेशी मजबुत बनाउन प्रोटिनको सेवन जरुरी छ । जब हामी प्रोटिनको सेवन गर्छौ, हामीले सेवन गरेको प्रोटिन अमिनो एसिडको रुपमा टुक्रिने गर्दछ र शरीरको मांसपेशीलाई आवश्यक पोषण प्रदान गर्दछ । जसका कारण मांसपेशी बलियो हुने गर्दछ ।

तर शरीरमा प्रोटिनकै कमी भएमा शरीरले अन्य तत्वबाट प्रोटिन खोज्न थाल्दछ । त्यतिबेला यसले पुन अमिनो एसिडबाट प्रोटिन लिने गर्दछ । जसका कारण मांसपपेशी कमजोर हुने सान फ्रान्सिसको क्रोनिकलमा प्रकाशित लेखमा उल्लेख छ ।

अनियमित महिनावारीको समस्या

अनियमित महिवारीका कारण धेरै महिलालाई समस्या हुने गर्छ । अनियमित महिनावारी विशेषगरी पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस्) का कारण हुने गर्छ ।  पिसिओएस भएमा महिलामा हर्मोन सम्बन्धि समस्या हुनेका साथै बाझोपनाको समस्या निम्तने गर्छ ।

पिसिओएसको समस्या कम गर्न चिकित्सकहरु उच्च प्रोटिनयुक्त खानेकुराको सेवन गर्न सल्लाह दिने गर्दछन् । जबकी पिसिओएसबाट पिडित महिलालाई मैदाबाट बनेको खानेकुरा, चिनी लगायत कार्वोहाइड्रेट्सयुक्त खानेकुरा नखान सल्लाह दिइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने