2026-09-19 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन राशिका युवतीलाई कस्तो स्वभावको सासु पर्छ ? जान्नुहोस्

एजेन्सीको सहयोगमा:- विवाहलाई लिएर हरेक मान्छेलाई कौतुहलता रहने गर्दछ। विशेष त युवतीहरु यस विषयमा अलिक बढी नै जिज्ञासु बन्ने गर्दछन् । विवाह भनेको दुई व्यक्तिको मिलन मात्र नभैकन दुई परिवारको मिलनलाई मान्ने गरिन्छ। अपरिचित परिवार समेत पनि विवाहबाट नयाँ सम्बन्धमा गास्नको लागि विवाहले मद्दत गर्ने गर्छ। ज्योतिष शास्त्रमा हरेक व्यक्तिको भविष्य कस्तो रहने बारे अड्कल लगाउने गरिन्छ भने विवाहको सम्बन्धमा पनि राशी अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। राशी अनुसारको फल मिल्ने हुँदा कुन राशि भएका युवतीलाई कस्तो व्यवहार भएकी सासु मिल्छ भन्ने कुरा निम्न उल्लेखित रहेको छ।

मेष राशि

यस राशी हुनेहरुको सासु तेज स्वभावका रहने गर्छन। यस राशिका व्यक्तिको सासु कडा स्वभावका कारण घरमा खासै शान्त वातावरण रहन गाह्रो हुने गर्छ। मेष राशिका युवतीहरुको सासुसँगको सम्बन्ध खासै राम्रो हुन हुदैन।

वृष राशि

वृष राशी हुनेहरुको सासुसंगको सम्बन्धमा सधैँ उतार-चडाब रहने गर्छ। यस राशी हुनेहरुको सासुबाट कहिले माया मिल्नेछ भने कहिले दुख मिल्न सक्ला। यस राशी हुनेहरुको सासुसँगको तालमेल मध्यम रहने गर्छ।

मिथुन राशि

मिथुन राशि हुनेहरुले चाहे अनुरुपको सासु मिल्ने गर्छ। यस राशिको सासुसँगको सम्बन्ध धेरैनै सन्तुलित रहने गर्छ। साथै सासु-बुहारीमा राम्रै ताल-मेल बन्ने गर्छ। तर विचारधारामा भने खासै मेल नहुने हुन्छ।

कर्कट राशि

कर्कट राशि हुनेहरुको सासुसँग प्रतिष्पर्धा हुने गर्छ भने यस राशिका सासु सुन्दरताको मामलामा घमण्डी रहने गर्छन। जसका कारण सम्बन्ध बिग्रने गर्छ। परिवारको मामलामा एकरुपता हुन सके पनि आन्तरिक रुपमा भने यस राशी हुनेहरुको सासुसँगको सम्बन्ध खासै राम्रो रहदैन।

सिंह राशि

सिंह राशि हुनेहरुको सासु शान्त स्वभावका पर्ने गर्छन्। शान्त रहने भएता पनि सानो-सानो कुरामा बुहारीसँग रिसाउन भने सक्छन। यस राशी हुनेहरुको सासुसँगको सम्बन्ध सामान्य नै रहने गर्छ।

कन्या राशि

कन्या राशिको युवतीहरुलाई आफ्नो सासुसँगको सम्बन्ध सन्तुलित बनाउन गार्हो पर्ने हुन्छ। बुद्धिमानिको मामलामा प्रतिष्पर्धा रहने हुँदा प्राय मन-मुटाबबाट सम्बन्ध गुज्रने हुन्छ। तर बाहिरी मामलामा भने कन्या राशिलाई आफ्नो सासुबाट राम्रै साथ मिल्न सक्छ।

तुला राशि

तुला राशिको सासु खासै दुख दिन नचाहने पर्ने गर्छन् भने खासै नचाहिने कुरामा रिस नराख्ने हुँदा सम्बन्ध सामान्य नै रहने गर्छ। आफु पनि स्वतन्त्र रहन रुचाउने हुँदा तुला राशिको सासुले खासै तनाव नदिने गर्छन्। तर पारिवारिक मामलामा भने यस राशिको सासु अलि कडा रहने गर्छन।

वृश्चिक राशि

वृश्चिक  राशिका व्यक्तिको सासु कडा स्वभावका पर्ने गर्छन्। घर-परिवारमा आफ्नो राज चल्नु पर्छ भन्ने मान्यता राख्ने सासु पर्ने हुँदा यस राशिको सम्बन्ध सासुसँग खासै राम्रो नहुने गर्छ। सासु आफ्नो गृहस्थलमा कुनै पनि प्रकारको परिवर्तन नचाहने हुँदा यस राशिको व्यक्ति आफ्नो सासुसँग संयम रहनु पर्ने हुन्छ।

धनु राशि

धनु राशीलाई धेरै माया गर्ने सासु पर्ने गर्छन्। आफ्नो छोरी भन्दा पनि नजिकको सोच्ने हुँदा यस राशिलाई धेरै इज्जत पनि दिने सासु पर्ने गर्छन्। तर जिम्मेवारीको मामलामा भने धनु राशीलाई शान्त सासु मिल्न गार्हो पर्ने गर्छन्। माया गर्ने भए पनि गल्ति भने खासै मन नपराउने सासु मिल्ने गर्छन् धनु राशीलाई।

मकर राशि

मकर राशि हुनेहरुको सासु ठिकै रुष्ठ मिल्ने गर्छन्। खासै दुख दिन नचाहने भएता पनि अल्छी बुहारी मन नपराउने हुँदा यस राशिका व्यक्तिहरु आफ्नो सासुसँग छुट्टै तरिकाबाट प्रस्तुत हुनु पर्ने हुन्छ। सासु पनि सम्बन्ध राम्रो बनाउने भएता पनि धनको मामलामा भने सम्बन्ध बिग्रन सक्ने हुन्छ।

कुम्भ राशि

कुम्भ राशि हुनेहरुको सासु राजनीतिज्ञ मिल्ने हुँदा सजक रहनु पर्ने हुन्छ। चतुर तरिकाको सासु मिल्ने हुँदा यस राशिको सासुबाट दुख खेप्नु पर्ने हुन्छ। हत्तपत्त सम्बन्ध नबिग्रिने भए पनि सम्बन्ध बिग्रिएमा कुम्भ राशिको आफ्नो सासुसँगको सम्बन्ध स्थापित गर्न गार्हो पर्ने गर्छ।

मीन राशि

मीन राशिको आफ्नो सासुसँगको सम्बन्ध धेरै राम्रो रहने गर्छन्। यस राशिलाई आफ्नो सासु कि त धेरै राम्रो पर्ने गर्छ,कि धेरै रिस गर्ने पर्ने गर्छन्। यस राशि आफ्नो सासुको सामु खासै नबस्ने हुँदा सम्बन्ध नबिग्रिने गर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई