किन देखिन्छ डर लाग्दो सपना ? यस्तो छ अध्ययनको निस्कर्ष

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

के तपाईँ राती डरलाग्दो सपना देखेर तर्सिनु हुन्छ ? अनि ब्युझिँदा शरीर पसिना पसिना पनि हुन्छ ? अब न आत्तिनुहोस् । यसको ठूलो कारण छैन् सहज रुपमै यस्तो समस्या दुर गर्न सकिन्छ ।

किनभने बैज्ञानिकहरुले यहि विषयमा गहिरो अध्ययन गरी डर लाग्दो सपना देखिनुको कारण पत्ता लगाएका छन् । उनीहरुले त्यसको समाधान कसरी गर्ने समेत उपाय थाह पाएका छन् ।

हंङकङको सूयान विश्वविद्यालका अनुसन्धानकर्ता क्यालभिन काई चिङको नेतृत्वमा एक अनुसन्धान टोलीले सपनामा देखिने दृश्य र सुताई अवस्थाको सम्वन्धबारे गहिरो अध्ययन गरेको थियो ।

सो क्रममा टोलीले मानिसले देख्ने सपना सुताईको अवस्थामा भर पर्ने निस्कर्ष निकालेको थियो । उनीहरुको अध्ययनले सपनामा आउने दृश्य सुताईको अवस्थाले निर्देशित हुने देखाएको छ ।

अध्ययनमा भनिएको छ जो व्यक्तिहरु आफ्नो शरीरको बाँया तिर कोल्टो परेर सुत्छन तिनीहरुलाई डरलाग्दो सपनाले सताउने गर्छ । तर दाँया तिर कोल्टेर परेर सुत्ने व्यक्तिहरुको सपना सुखद र आनन्ददायी हुन्छ ।

अध्यय्न अनुसार बाँया फर्केर सुत्ने मध्ये ४० प्रतिशत मानिसहरुमा राती डरलाग्दो सपना आउने र निद्रा खलबलिने गरेको पाइयो । जबकी दायाँ फर्केर सुत्नेहरुमा यस्तो सपना १४.६ प्रतिशतमा मात्रै पाइयो । सोही प्रतिवेदन अनुसार दायाँ फर्केर सुत्ने र मानिसहरुमा भने सुखद र सुरक्षित सपना आउनुको साथै निद्रा आनन्दित भएको पाइयो ।

प्रतिवेदनले यो पनि भनेको छ कि जो व्यक्ति घोप्टो परेर सुत्छन तिनीहरुको सपना यौनसंग सम्वन्धीत हुने गर्दछ । त्यस्तै  उत्तानो  परेर सुत्ने व्यक्तिमा हात बाधिएको, कोठामा थुनिएको तथा चल्नै नमिल्ने गरेको सपना (जसलाई हामी ऐठन गरेको समेत भन्छौँ) देख्ने गरेको पाइयो ।

मुख्य अनुसन्धानकर्ता क्यालभिन काई चिङ भन्छन्, यो अध्ययनले सपनालाई सुत्ने पोजिसनले प्रभाव पार्छ भन्ने देखाएको छ । उनका अनुसार निद्रामा पनि मानिसका मस्तिस्क बाहिरी बाताबरणसंग सम्वन्ध राखिराख्ने भएकोले बाहिरी अवस्थाले सपनालाई प्रभाव पार्छ ।

एजेन्सी

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply