२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनावारी अनियमित छ ? यसबाट कसरी बच्ने ? जानी राखौं

२०७५, २५ आश्विन बिहीबार ०९:२०

सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुने गर्दछ। नियमित महिनावारी अरु बेलाभन्दा अगाडि र पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्‍न सकिने स्त्रीरोग विषेशज्ञहरु बताउँछन् । महिनावारी गडबढी हुनुको प्रमुख कारण भनेकै हर्मोन असन्तुलन पनि एक हो । 

महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १-२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर विस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ । विभिन्‍न कारणले महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी मूख्यतः हर्मोनल कारणसँग जोडिएको हुन्छ।

ओभरीमा ‘पोलिस्टिक’ हर्मोन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ । आजभोलि युवतीमा प्रायस् पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ। पोलिसिस्टिक ओभरियन समस्या हुदाँ महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ । पोलिस्टिक ओभरीयनको समस्या भएका महिलाका थुप्रै अण्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुने गर्छ। हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ। यो समस्या बिषेश गरी जीवनशैली, वातावरणीय समस्या, मानसिक तनाव, मानसिक रोगको औषधि सेवन आदि कारणले पनि देखा पर्दछ।

महिनावारी गडबडी हुँदा डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने, ढिला बस्ने, समस्या देखा पर्छन्। यो समस्या कसैकसैलाई वंशाणुगत कारणले पनि हुन सक्छ । कसैलाई पाठेघरको रोग फाइब्रोइडर पोलिप पाठेघरमा पानीको फोक्का र कसैलाई रगत नजम्ने समस्याले पनि गडबडी हुन सक्छ ।

तनाव, भागदौड, मानसिक तनाव, खानपान, धूमपान, मध्यपान आदिले ‘हार्मोनल असन्तुल’ हुन्छ र महिनावारीमा गडबड हुन जान्छ। चाडबाडका बेला वा अरु कुनै बेला पनि महिनावारीलाई पर सार्नुपयो भन्दै जथभावी खाइने औषधिले पनि महिनावारी गडबडीको समस्या निम्त्याउँछ।

अनियमित रुपबाट गर्भनिरोधक चक्कीको गर्दा पनि यस्तो समस्या आउन सक्छ।सामान्यतः महिनावारी सुरु भएको केही वर्ष र सुक्न लागेको केही वर्ष महिनावारीको गडबडी हुन सक्छ।कहिलेकाहीँ महिनावारी भएको १४–१५ दिनमा अलिअलि रगत देखा पर्नसक्छ, यो अवस्था सामान्य पनि हुन सक्छ। त्यसलाई ‘ओभ्युलेसन ब्लिडिङ’ भनिन्छ।

कसरी बच्‍ने ?

-महिनावारी गडबड हुन नदिन जीवनशैली परिवर्तन गर्नुपर्छ।

-पोषिलो खानेकुरा खानुपर्छ। प्रदूषित वातावरणबाट जोगिनुपर्छ।

-नियमित चेकजाँच गराउनुपर्छ।

-आफ्नो शरीरमा कुनै रोग देखियो भने चेक्र्याइ नगरी तुरुन्त उपचार गर्नुपर्छ।

-नियमित व्यायम गर्नुपर्छ।

-शरीरलाई मोटो हुन दिनु हुँदैन।

-गर्भनिरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ