2026-09-19 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन राशिका प्रेमी प्रेमिकाको स्वभाव कस्तो हुन्छ ? हेर्नुहोस्

भनिन्छ जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्रेम निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ ।

हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले तपाइँलाई मायाँ गर्छ र कस्ले धोका दिन्छ थाहा पाउन कठिन छ । तर ज्योतिष शास्त्र भने यस्तो कुरा राशि अनुसार फरक पर्ने दावी गर्छ । मान्छेको हरेक स्वभाव जस्तै प्रेम सम्बन्धी धारणा र ब्यवहार पनि राशि अनुसार फरक हुने ज्योतिष शास्त्रको भनाइ छ ।

यहाँ राशि अनुसार मानिसको प्रेम ब्यवहार कस्तो हुन्छ भन्ने विषयमा चर्चा गरिएको छ ।

१. मेष राशि

मेष राशिका मानिस आकर्षक र प्रभावशाली स्वभावका हुन्छन् । यो राशिका पुरुष शाहसी हुन्छन् र केटीहरु छिटो आकर्षित हुन्छन् । मेष राशिका ब्यक्ति हतारमा प्रेम गर्छन् । कामुक स्वभावका हुने भएका कारण यिनीहरु हतारमा शारीरिक सम्बन्ध राख्न खोज्छन् । हतारमा प्रेम गर्ने हुँदा यिनीहरुको प्रेम विछोडमा टुङ्गिन्छ ।

२. वृष राशि

वृष राशिका ब्यक्तिलाई उत्तम श्रेणीका प्रेमी मानिन्छ । वृष राशिका ब्यक्ति प्रेम सम्न्ध राख्न माहिर हुन्छन् । यिनीहरु पनि छिट्टै प्रेममा पर्छन् । भावुक स्वभावका हुने हुँदा यिनीहरुको प्रेम असीम हुन्छ । यो राशिका मानिसको बैबाहिक जीवन पनि सुखी हुन्छ ।

३. मिथुन राशि

यो राशिका ब्यक्तिका धेरै प्रेम सम्बन्ध हुन्छन् । त्यति मात्र होइन बहुविवाहको सम्भावना पनि हुन्छ । खासमा भन्दा यो राशिका ब्यक्ति प्रेमलाई खेलौना सम्झिन्छन् भन्दा पनि हुन्छ । यिनीहरु विवाहमा सन्तुष्ट हुँदैनन् ।

४.कर्कट राशि

ज्योतिष शास्त्रका अनुसार कर्कट राशिका ब्यक्ति प्रेमको विषयमा मुडी हुन्छन् । यिनीहरु सम्बन्ध प्रति निक्कै इमान्दार हुन्छन् तर मुड अनुसार ब्यवहार हुन्छन् । यिनीहरुको बैबाहिक जीवनमा परिवर्तन आइरहन्छ । यिनीहरुको भाग्य विवाहपछि खुल्छ ।

५. सिंह राशि

सिंह राशिका ब्यक्तिको आवाज सुमधुर हुन्छ । यो राशिका पुरुषसँग केटीहरु आकर्षित हुन्छन् । यो राशिका ब्यक्तिको प्रेम सम्बन्ध धेरै जसो सफल हुन्छ । वैवाहिक जीवन पनि सफल हुन्छ ।

६. कन्या राशि

कन्या राशिको मानिसहरु राम्रा प्रेमी मानिँदैनन् । यो राशिका ब्यक्ति आकर्षक ब्यक्तित्वका हुन्छन् । मानिस प्रभावित गर्ने क्षमता पनि हुन्छ । त्यसकारण यिनीहरुको सम्बन्ध धेरैसँग हुने पनि हुन्छ ।

७. तुला राशि

ज्योतिष शास्त्रका अनुसार तुला राशिक ब्यक्ति महान प्रेमीमा पर्छन् । यिनीहरुको प्रेम गहिरो हुन्छ । तर यिनीहरु प्रेममा रहेपनि मानसिक तनावबाट गुज्रीरहेका हुन्छन् ।

८. वृश्चिक राशि

वृश्चिक राशिका मानिस उच्च आदर्श प्रेमी मानिन्छन् । यिनीहरु प्रेमका लागि सर्वस्व स्वीकार गर्न तयार हुन्छन् । यिनीहरु प्रेममा निक्कै इमान्दार मानिन्छन् । तर इर्श्याको भावना भने यो राशिका ब्यक्तिमा प्रवल हुन्छ । यिनीहरुको त्यागी भावनाले विपरित लिङ्गका मानिसहरु आकर्षित हुन्छन् ।

९. धनु राशि

यो राशिका प्रेमी संवेदनशील र नरममिजासका मानिन्छन् । यिनीहरुको स्वभाव नै सुन्दरतामा आकर्षित हुने हुँदा प्रेम टिकाउ भने हुँदैन । यिनीहरु प्रेममा विछोडका कारण टेन्सनमा हुन्छन् तर नयाँ साथी छिट्टै खोज्छन् ।

१०. मकर राशि

मकर राशिका मानिस जिद्धी पना बढी हुन्छ । ज्योतिष शास्त्रका अनुसार यिनीहरुको यही स्वभावकै कारण प्रेम सम्बन्धमा समस्या समेत भोग्छन् । यो राशिका ब्यक्तिले जीवन साथीलाई निक्कै मायाँ गर्छन् तर झगडा पनि गर्छन् जिद्धी स्वाभवका कारण ।

११. कुम्भ राशि

ज्योतिष शास्त्रका अनुसार कुम्भ राशिका मानिस प्रेममा बढी भावुक हुन्छन् । यिनीहरु मन देखि मायाँ गर्छन् । निस्वार्थ प्रेम गरेपनि यिनीहरुले धोका पाउने सम्भावना बढी हुन्छ । प्रेममा विक्षिप्त भएपनि नयाँ साथीको खोजिमा भने यिनीहरु पनि रहन्छन् ।

१२. मीन राशि

मीन राशिका प्रेमी प्रेमिकाको स्वभाव माछाको जस्तो हुन्छ । यिनीहरु भावुक हुन्छन् र छिटो विपरित लिङ्गीप्रति आकर्षित हुन्छन् । प्रभाव पार्न सिपालु हुन्छन् तर यिनीहरुको प्रेम जीवनमा धेरै उतार चढाव आउँछ । बैबाहिक सम्बन्धमा गहिरो प्रेम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई