2026-09-18 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टाउको ठुलो भएकालाई क्यान्सरको खतरा !

यदि तपाईंको मस्तिष्कमा बढी कोषिका छन् भने तपाईंलाई मस्तिष्क क्यान्सर हुने खतरा पनि अन्य व्यक्तिको दाँजोमा बढी हुन सक्छ । हालै गरिएको एउटा अध्ययन अनुसार, ठूलो मस्तिष्कको अर्थ बढी मस्तिष्क कोषिका हो र कोषिका जति बढी हुन्छन् तिनमा त्यति नै विभाजन हुन्छ ।

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजीद्वारा जारी विज्ञप्तिअनुसार, विभाजनका बेला कोषिकामा दोष उत्पन्न हुन सक्छ र कुनै जिनको डीएनएमा स्थायी परिवर्तन अर्थात् म्युटेसन हुन सक्छ, जसले गर्दा क्यान्सर हुन्छ । अध्ययन अनुसार, तीव्र गतिले फैलिने मस्तिष्कको क्यान्सर दुर्लभ प्रकारको मस्तिष्क क्यान्सर हो । तर एक पटक यो भइसकेपछि बाँच्ने सम्भावना धेरै न्यून हुन्छ ।

क्यान्सर उत्पन्न हुनुमा विभिन्न अंगको आकार महत्वपूर्ण कारक हुने गर्छ । उदाहरणको लागि, ठूला स्तन भएका महिलालाई स्तन क्यान्सर हुने खतरा बढी हुन्छ । उक्त अध्ययनमा पनि मस्तिष्कको ट्युमरको मामिलामा समेत यस्तै हुन्छ कि भनी जाचियो। हजारौं व्यक्तिको रगतको नमुना र स्वास्थ्य तथ्यांकको हेरियो । 

अनुसन्धाताहरूले मस्तिष्कको आकार नाप्न म्याग्नेटिक रिजोनेन्स इमेजिङ (एमआरआई) परीक्षण गरि हेरे । उनीहरूले महिलाको दाजोमा पुरुषमा ब्रेन ट्युमर बढी हुने गरेको पाए । त्यो किनभने,

पुरुषको मस्तिष्क महिलाको तुलनामा ठूलो हुन्छ । पुरुषको शरीर सामान्यतः ठूलो हुने भएकाले यस्तो भएको अध्ययनमा उल्लेख छ । मस्तिष्क ठूलो हुनुको मतलब पुरुष बढी बुद्धिमान् हुन्छन् भन्ने होइन । खासमा ठूलो शरीरलाई नियन्त्रण गर्न उनीहरूलाई बढी मस्तिष्क कोषिकाको आवश्यकता परेको हो ।

उक्त अध्ययनमा के पनि उल्लेख छ भने, ठूलो मस्तिष्क भएका पुरुषहरूको दाजोमा ठूलो मस्तिष्क भएका महिलामा मस्तिष्क क्यान्सर हुने जोखिम बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई