2026-09-18 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन स्वास्थ्य सम्बन्धी महिला तथा पुरुषहरुले जान्नैपर्ने १६ कुरा यस्ता छन्

यौन सबैको चासोको विषय हो । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा सबैको रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन स्वास्थ्य सम्बन्धि विभिन्न मानविय गुण तथा व्यवहार र यथार्थ तथ्यको बारेमा धेरै जानकारी हुँदैन । दुनियाँमा जन्म, मृत्यु जस्तै यौन पनि साश्वत सत्य हो । सृष्टि चक्र सञ्चालनका लागि यो अनिवार्य सर्त हो । यौन स्वास्थ्यको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो । 

यौन स्वास्थ्यका बारेमा केही यथार्थ तथ्यहरु यस्ता छन् । 

१ सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला शरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा पनि बढाइदिन्छ । 

२ एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ कि त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ । 

३ पुरुषको यौनाङ्गबाट विर्य बाहिर निस्किएसँगै विर्यमा रहेका शुक्रकिट बाहिरी वातावरणमा केही समयमात्र बाँच्न सक्छन् । यदि विर्य महिलाको योनीभित्र प्रवेश गर्यो भने तीनदेखि पाँच दिनसम्म बाँच्न सक्छन् । 

४ सम्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब निकाल्नै कठिन हुन्छ । सम्भोगका बेला शरीरमा एन्टि ड्युरेटिक अर्थात् पिसाब प्रतिरोधी हर्मोन निस्किएको हुन्छ जसले पिसाबको प्रवाह रोकिदिएको हुन्छ । त्यसको असर सम्भोगको सत्र सकिएको केही समयसम्म पनि रहिरहन्छ । 

५ सम्भोगका बेला पुरै चरम आनन्द प्राप्त भएको क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा २५ प्रतिशतसम्मले बढ्ने गर्दछ । 

६ सम्भोग तनाव निवारक औषधि पनि हो । सेक्सको बेला उत्सर्जन हुने रिल्याक्सिँग हर्मोनका कारण ब्लडप्रेसर कम हुन्छ र मूड पनि राम्रो हुन्छ । त्यसैले सम्भोगले टाउको दुखेको तथा तनाव जस्ता कुरा शान्त गरिदिन्छ । अध्ययन अनुसार हप्तामा कम्तिमा पनि तीन पटक सम्भोग गर्ने मानिसहरुमा बुढोपनाले छिटै सताउने समस्या कम हुन्छ । 

७ सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनाङ्ग हुँदै पाठेघरसम्म पुग्छन् । विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्बसँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकास हुन थाल्छ । पाठेघरमा पुगेका अरु शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच मिलन भएको छ अर्थात् गर्भाधारण भइसकेको छ । 

८ अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर, पछिल्लो अध्ययनले के देखाएको छ भने यो हर्मोनले महिला र पुरुष दुवैमा यौनिक सक्रियता बढाउँछ र पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ । 

९ टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर, यदि पुरुषको शरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । शरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्झिन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ । 

१० विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन् । खासगरी बढी मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढी हुन्छ । 

११ पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । प्रत्येक २० जनामध्ये एक पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् । 

१२ साहिँली औँलाको लम्बाइले पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न सकिन्छ । 

१३ पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ । 

१४ खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ । 

१५ विश्वमा सबैभन्दा बढी गर्भनिरोधक चक्कीको प्रयोग १५ देखि २५ वर्ष उमेर समूहका महिलाहरुले गर्ने गर्छन् । किनकी यो उमेर समूहमा सबैभन्दा बढी असुरक्षित यौन सम्पर्क हुने गर्छ । 

१६ श्रीमतीले आफ्नो यौन समस्या तुरुन्तै श्रीमानलाई भन्ने गर्छन् भने श्रीमान्ले  आफुमा रहेको यौन समस्या लुकाएर राख्ने गर्छन् । 

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई