२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शीघ्र स्खलन के कारणले हुन्छ र कसरी कम गर्ने ? यस्ता छन् ७ उपाय, जानी राखौं

२०७५, २२ मंसिर शनिबार ०७:४६

- डा. राजेन्द्र भद्रा

म विवाहित पुरुष हुँ । मेरो विवाह भएको १२ वर्ष भयो । यौन सम्पर्क गर्दा शुक्रकीट छिटो झर्छ, श्रीमतीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ । लामो समयसम्म यौनसम्पर्क गर्न वा श्रीमतीलाई सन्तुष्ट राख्न के गर्नुपर्ला ?                                                                            

शीघ्र वीर्य स्खलनको कारण 

आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई शीघ्र स्खलन मानिन्छ । घर्षण नै गर्न नपाई वा योनिमा प्रवेश गराउनासाथ वा प्रवेश गराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी देखिने समस्या हो । कतिपयले सामान्य समय सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् । यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय व्यक्तिमा यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एउटा गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट राख्न सक्दिन कि भन्ने चिन्ता भए त्यसले समस्यालाई थप चर्काउँछ । विरलै भए पनि केही psychotropic drug को प्रयोग यस्तो समस्याको कारण त होईन भनेर केलाउन समेत बिर्सनु हुँदैन ।

समस्या समाधानका लागि के गर्न सकिएला ? 

आक्कलझुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या थप वृद्धि हुनसक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैले गर्न सकिने केही उपाय छन् ।

१. यौनसम्पर्क रोक्ने–सुरु गर्ने : यौन सम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडा नै रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने ।

२. आसन परिवर्तन : लोग्ने मान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौन सम्पर्क गर्दा पनि शीघ्रस्खलन कम गर्न मद्दत मिल्छ । 

३. अँठ्याउने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिवाट वाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा उत्तेजना केही कम भए पछि पुन: क्रीडा सुरु गर्ने । 

४. कन्डमको प्रयोग : कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्रस्खलनको समस्या कम गर्न मदत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ । 

५. मांशपेशीको प्रयोग : पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्दा फाइदा मिल्छ । 

६. औषधीको प्रयोग : अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । द्यभलशयअबष्लभ तथा ीष्मयअबष्लभ जस्ता औषधी भएका यस्ता उत्पादन लिङ्गमा प्रयोग गर्दा शीघ्रस्खलन कम गर्न मद्दत मिल्छ । 

७. नियन्त्रणको अभ्यास : दीर्घकालिन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिङ्गलाई चलाउने र वीर्य स्खलन होला जस्तो भए पछि रोक्ने र उत्तेजना केही कम भए पछि पुन: हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होला जस्तो भए रोक्ने र यो प्रक्रिया दोहोर्‍याउने । वीर्य स्खलन राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी) सँग यौनसम्पर्करहित क्रियाकलापमा संलग्न हुने, तर यौन सम्पर्क अर्थात् लिङ्ग योनिमा प्रवेश गराउने कार्य भने नगर्ने । वीर्य स्खलन होला जस्तो भए उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौन क्रियाकपाललाई अघि बढाउने । समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुनसक्छ । यो उपाय दीर्घकालीन समाधानका लागि लाभदायक मानिन्छ ।

श्रीमतीलाई कसरी सन्तुष्टि दिने ? 

मानव यौन चक्रका बारेमा त तपाईंलाई जानकारी होला नै । यौन उत्तेजनालाई निरन्तरता दिन सकिए व्यक्ति यौन चरमसुखको चरण सम्म पुग्छ । विचार गर्नुपर्ने कुरा यौन चरमसुख व्यक्ति आफंैले प्राप्त गर्ने हो । अर्को व्यक्तिले त सहयोग मात्र गर्न सक्छ । यस्तो उत्तेजनालाई निरन्तरता दिन व्यक्तिका संवेदनशील अङ्गहरूका सम्बन्धमा जानकारी राख्नुपर्छ । 

तपाईंलाई थाहै होला, महिलाको सन्दर्भमा सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगाङ्कुर’ वाहिर तिर नै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसवाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृष्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्दत गर्छ । चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो नै हुनुपर्छ भन्ने पनि छैन, साथै पाइएन भने पीर गर्नु पर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरेपनि हुन्छ । साथसाथै चरमसुख प्राप्त गर्दा वास्तविक अर्थमा त्यसलाई सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘सम+भोग’, जसको अर्थ दुवैजना यौन साथी (श्रीमान्–श्रीमती) ले समान रूपमा यो सुखलाई भोग गर्न पाउने कुरा भयो ।

यौन सम्पर्क गर्दा लिङ्ग प्रवेश गराएर शुरु गरिने सोचबाट बाहिर निस्कनुपर्छ । महिलाले पर्याप्त रूपमा पाक्क्रीडामा संलग्न हुने समय पाउनुपर्छ । विशेष गरेर यौन सम्पर्क गर्दा पुरुष माथि र महिला तलतिर रहने आसनमा सम्पर्क गर्दा महिलाको भगाङ्कुरमा घर्षण हुँदैन भन्ने बुझ्नुपर्छ । साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो