2026-07-24 09:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महत्व नबुझ्दा डाइटिसियनहरु निरुत्साहित हुँदै, को हो डाइटिसियन ?

प्रसिद्द गृस फिजिसियन हिप्पोक्रेट्सद्वारा उद्दत भनाइनै छ कि खाना हाम्रो औषधि हो र हाम्रो औषधि भनेकै हाम्रो खाना हो । तसर्थ यस कुरालाइ मनन गर्ने हो भने  हाम्रो जिबनका लागि चाहिने अति आवस्यक तत्व भनेकै हाम्रो खाना हो अर्थात सन्तुलित पोषण हो।

बिरामीको स्वास्थ्य स्थिति जाँच गर्नेलाई डाक्टर भने जस्तै खानपानको परामर्श, लेखाजोखा तथा पोषण स्थिति जाँच गर्ने ब्यक्तिलाई डाइटिसियन भनिन्छ । हाम्रो समाज कुपोषण, मोटोपन र विभिन्न रोगले ग्रसित छ र यसलाई न्युनिकरण गर्न डाइटिसियनको आवस्यकता पर्दछ भन्ने कुरा नेपाल सरकारको उच्चस्तरमा योजना बनाउने विशिष्ट ब्यक्तिहरुलाइ उद्दत गराउन जरुरी देखिन्छ ।

इरिस न्युटि्सन डाइटेटिक ईन्स्टिच्युट अनुसार डाइटिसियन भन्नाले एक सक्षम स्वास्थयकर्मी वा बिद हुन जसले पोषण स्थिति सम्बन्धि समस्यालाई परिक्षण, निदान एबम उपचार ब्यक्ति देखि जनमानसको स्वास्थ्य स्थरसम्म सेवा प्रदान गर्दछ। डाइटिसियनहरुले खाना, रोग र स्वास्थ्य सम्बन्धि बैज्ञानिक अनुसन्धानमा दैनिकरुपमा सक्रिय हुँदै यसलाई ब्याबाहरिक जिबनमा उपयोगी बनाउनुका साथै मानिसका लागि उपयुक्त जीवनशैली र खानाको छनोटहरु गराउन मदत पुर्याउदै आएका छन । 

“डाइटिसियनको इतिहास”

पयुक्त खाद्य भन्डारण एबम पोषण मूल्याकंन  सम्बन्धी समजमुखी ब्याबहरिक ज्ञान प्रदान गरेको पाइन्छ। पोषण  तथा आहारको बिज्ञान फैलिदै गरेपछि डाइटिसियनहरुको आवश्यकता मेडिकल प्रोफेसनल टिमलाई मह्सुस लागेको हुनाले  आहिले हरेक मेडिकल टिमले डाइटिसियनहरुलाइ बिरामीको पोषण अवस्था बारे बुज्ने गरेको टिचिङ अस्पतालका सिनियर  डाइटिसियन नानिशोभा शाक्य बताउनु हुन्छ । 

“डाइटिसियनको भुमिका”

क. डाइटिसियनद्वारा बिरामीको स्वास्थ्य स्थिति अनुरुप उचित पोषण पर्याप्त हुनेगरी मेनु डिजाइन गर्दछन ।

ख. प्रत्येक ब्यक्तिको शरिरलाइ आवस्यकपर्ने क्यालोरीलाई उचित खाद्यय छनोट गराइ पोषण सम्बन्धि  परामर्श सेवा दिनु। 

ग. डाइटिसियनहरुको अझ महत्त्व भबिस्यमा आइपर्ने मोटोपन र कुपोषणको माहामरीलाई निर्मुल पार्नु र शैक्षिक ज्ञानलाई जनमानसको ब्याबाहारमा ल्याउन प्रोत्साहन गर्न भुमिका देखिन्छ।              घ. असल खानपानको मुलमन्त्रलाई   सामाजिक शिक्षा अन्तर्गत विभिन्न कार्यक्रम मार्फत प्रोत्साहन गर्नु ।

ङ. हेल्दि इटिङको लागि महत्त्वपूर्ण  टिप्स दिनु । 

च. शारिरिक तौल नियन्त्रण गर्न मद्दत गर्न ।

“डाइटिसियनको तलब” 

२०१६ को अमेरिकन ब्युरो अफ लेबर स्टाटिस्टिक अनुसार एकडाइटिसियनको बार्षिक तलब रकम $५८,९२० तोकिएको देखिन्छ । हाल नेपालमा भने डाइटिसियनहरुको सरकारि क्षेत्रमा उचित दरबन्दी नहुँदा यति तलब हुनुपर्छ भन्ने छैन । तर देशमा संचालित विभिन्न अस्पतालमा डाइटिसियनहरुको योग्यता अनुरुप १५ हजार देखि १ लाख सम्म दिएको पाइन्छ । लोकसेवा आयोग अन्तर्गत स्वास्थ्य क्षेत्रमा छैठौ तह देखि ९ वौ तहसम्म डाइटिसियन एवम् पोषणबिध राष्ट्रिय योजना आयोगको राजपत्रमा उल्लेखित भएको पाइए पनि उचित ब्यबस्थापन नहुदा यस क्षेत्रमा काम गर्ने योग्य तथा दक्ष क्षमता भएका डाइटिसियनहरु निरुत्साहित हुँदै गएको र यसमा मोह घट्दै जान सक्ने प्रबल सम्भावना देखिन्छ । 

– डाइटिसियन बिपिन कार्की

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक