८ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीको फिटनेस सूत्र : के खान्छन्, के गर्छन् ? हेर्नुहोस्

१४ पुष २०७५, शनिबार ०५:३६

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उमेरको हिसाब-किताब लगाउने हो भने, उनी ६८ बर्षका भए । मोदी यस्ता नेता हुन्, जो सात्विक जीवनशैलीका लागि चिनिन्छन् । उनी शाकाहारी भोजन गर्छन्, व्यायाम गर्छन्, योग गर्छन् । भनौं, उनको जीवनशैली अनुकरणयोग्य छ ।


भनिन्छ, मोदी चार बर्षको प्रधानमन्त्रीकालमा एकपटक पनि बिरामी भएका छैनन् । उनको दिनचर्या एकदमै तालिकाबद्ध र सक्रिय छ । उनी बिहान ५ बजेदेखि राती १० बजेसम्म काम गरिरहेका हुन्छन् । सधै उस्तै ताजा, स्फूर्त देखिन्छन् । आखिर के कारणले उनी यति निरोगी र तन्दुरुस्त छन् त ? यी हुन् उनका फिटनेस रहस्य:-

योग

योग प्राचिनकालदेखि अभ्यास हुँदै आएको विधी हो, जसलाई आधुनिक समाजले पनि अनुसरण गरिरहेको छ । मोदीले आफ्नो दैनिकीको एउटा हिस्सा बनाएका छन्, योगलाई ।

उनी भन्छन्, ‘योग शान्त र रचनात्मक जीवनको मूल मन्त्र हो ।’ यसले तनाव र मानसिक वेचैनी हटाइदिन्छ । मोदीले कुन-कुन योग गर्छन् त ?

सूर्य नमस्कार र पैदल यात्रा

उनी ५ देखि ६ घण्टा मात्र सुत्छन् । बिहान ४-५ बजे ओछ्यान छाड्छन् । त्यसपछि उनी योग सुरु गर्छन् ।

सूर्य नमस्कार र प्राणायाम मोदीको पि्रय आसन हो । त्यसपछि उनी पैदल यात्रामा निस्कन्छन् । पैदल यात्राका लागि उनले तीस मिनेट समय छुट्याएका छन् ।

सुखासन

यो योग श्वास-प्रश्वास र ध्यानमा आधारित छ, जसले तनाव कम गरेर मनलाई एकाग्र र सकारात्माक उर्जा संचार गर्छ । यस योगले मेटाबोलिज्म तिब्र हुने मात्र होइन, खुट्टाको दुखाईमा पनि आराम मिल्छ ।

पद्यासन

पद्यासन आसनले पेटलाई स्वस्थ राख्न, मस्तिष्कको एकाग्रता बढाउन मद्दत गर्छ ।

उष्ट्रासन

यस आसनले पेट र पिठ्यूको तल्लो भागलाई लाभ हुन्छ । यसले हिप्स र तिघ्रालाई बलियो बनाउँछ । मोदी नियमित रुपमा यो आसन गर्छन् ।

बज्रासन

खाना खाएपछि मोदीले १० मिनेट बज्रासन गर्ने गरेका छन् । बज्रासनले खानेकुरा राम्ररी पचाउने मात्र होइन, ग्यास, एसिडिटी, कब्जियत आदिबाट छुटकारा दिलाउँछ । तर, यदि घुँडामा कुनै समस्या छ भने बज्रासन गर्न उपयुक्त हुँदैन ।

स्वस्थ्यबर्द्धक खानपान

मोदीले पछिल्लो २० बर्षदेखि सात्विक र सन्तुलित भोजनमा निकै ध्यान दिदै आएका छन् । खानाको लागि उनको खास कुनै डिमान्ड छैन । उनी साधारण खाना खान्छन् ।

मोदीले बताउँदै आएका छन् कि, उनलाई रोटी र खिचडी एकदम मनपर्छ । ब्रेकफास्टमा इडली र डोसा रुचाउँछन् । यसका साथै उनलाई ‘नन स्पाइसी’ परम्परागत गुजराती खाना पनि मनपर्छ ।

मोदीको बायोग्राफी लेख्ने आदित्य वासुले भनेअनुसार मोदी पूर्ण शाकाहारी हुन् । उनी भिन्डीको कडी, गुजराती स्विट आदि खान रुचाउँछन् ।

मोदी गर्मी मौसममा पनि तातोपानी सेवन गर्छन् । यसले आफ्नो गला सफा र राम्रो बनाउने उनको विश्वास छ । यसका साथै उनी कागती पानी पिउन मन पराउँछन् । मोदी मादक पदार्थ सेवन गर्दैनन् ।

मोदी के विश्वास गर्छन् भने, उपवासले शरीर फिट हुन्छ । उनी नवरात्रमा पुरै ९ दिनसम्म उपवास बस्छन् । यस अवधीमा उनी केवल कागती पानी मात्र सेवन गर्छन् ।

संसदको क्यान्टिनमा मोदी केवल सलाद सेवन गर्छन् । उनी प|mुट सलाद रुचाउँछन् । कुनै पनि मसलेदार खानामा उनको रुची छैन ।

एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो