यौन जीवनको एक आवश्यकता मात्रै होइन यो एक कला पनि हो । संसारमा हरेक मानिस यौन कलामा पारंगत हुन्छन् भन्ने हुँदैन । तर, केही कुरालाई ध्यानमा राखेमा यसमा सजिलै निपुणता हासिल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यौन जीवनको एक आवश्यकता मात्रै होइन यो एक कला पनि हो । संसारमा हरेक मानिस यौन कलामा पारंगत हुन्छन् भन्ने हुँदैन । तर, केही कुरालाई ध्यानमा राखेमा यसमा सजिलै निपुणता हासिल "/>
2026-09-18 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्फेक्ट सेक्स पार्टनरमा हुनैपर्ने ५ गुण यस्ता छन्, जानी राखौं

यौन जीवनको एक आवश्यकता मात्रै होइन यो एक कला पनि हो । संसारमा हरेक मानिस यौन कलामा पारंगत हुन्छन् भन्ने हुँदैन । तर, केही कुरालाई ध्यानमा राखेमा यसमा सजिलै निपुणता हासिल गर्न सकिन्छ ।

आम रुपमा जोडीले एक अर्कालाई मन पर्ने नपर्ने र जिन्दगीका अन्य आवश्यकताहरुको त पुरै ख्याल राख्छन् तर जब कुरा सेक्सको कुरा आँउछ उनीहरुले केही ससाना तर महत्वपूर्ण कुरालाई नजरअन्दाज गरिदिन्छन् ।

यसैकारण उनीहरुले अन्तरंग पलको आनन्द उठाउन सक्दैनन् । त्यसोभए यौनकार्यमा निपुणता हासिल गरेर पर्फ]{ट सेक्स पार्टनर कसरी बन्ने त ?

यदि तपाईं पनि यस्तो स्थितीबाट बचेर आफ्नो यौन जीवनलाई रोमाञ्चक बनाउन चाहनुहुन्छ भने निम्न ५ कुरामा ध्यान दिनुहोस् ।

१. सरसफाईमा ध्यान दिने

अन्तरंग पललाई विशेष बनाउनको लागि आफ्नो शरीरको सरसफाइमा ध्यान दिनुहोस् । छालालाई नरम बनाउनको लागि समयसमयमा मसाज गर्नुहोस् किनभने तपाईंको सफा र चम्किलो छालाको स्पर्शले नै पार्टनरलाई कामोत्तेजित बनाउँछ ।

बेडमा जानुभन्दा पहिले नै आफ्नो शरीरबाट पसिना आदिको दुर्गन्ध नआओस् भन्ने कुराको सुनिश्चित गर्नुहोस् । नुहाएर राम्रो वास्ना दिने कुनै बडि स्प्रे वा परफ्युम लगाउनुहोस् र हेर्नुहोस् तपाईंको शरीरको बास्नाले पार्टनरलाई कसरी मदहोस् बनाइदिन्छ ।

२. मुखमैथुनको आवश्यकता

यौनको पुरा मजा लिनको लागि बिना कुनै शर्त हरेक क्रियामा पार्टनरलाई सहयोग गर्नु पर्छ । एक राम्रो यौनसाथी उनै हुन्छन् जसले आफ्नो साथीको इच्छाहरुको पुरा ख्याल राख्छन् ।

पार्टनर मुखमैथुनबाट धेरै सन्तुष्ट हुन्छन् भने बिना हिच्किचाहट यसमा उनलाई साथ दिनुहोस् । पत्नी ओरल सेक्स गर्न हिच्किचाउँछिन् भने पहिले उसको हिच्किचाहट टाढा गर्ने कोसिस गर्नुहोस् ।

३. साहसिक प्रेमी

यौनकार्य पनि अफिसको काम जसरी नै गर्नुहुन्छ वा यौनकार्यको क्रममा बोरिङ पारामा प्रस्तुत हुनुहुन्छ भने  पार्टनरको मुड राम्रो बनाउन सक्नुहुन्न । साथै तपाईंले यौनको धेरै मजा उठाउन र सुखद यौनजीवनको अनुभव प्राप्त गर्न सक्नुहुन्न ।

राम्रो यौनसाथी बन्नको लागि आफ्नो साथीको यौनप्यासलाई बढाउने कोसिस गर्नुहोस् र उनीहरुलाई कामोत्तेजित बनाउनुहोस् । यसको लागि पार्टनरसँग यौनका कुराहरु गर्नुहोस्, सँगै नुहाउनुहोस्, मायालु खेल खेल्नुहोस् र पार्टनरसँग थोरै बदमासी गर्नुहोस् । यसले तपाईंको यौन जीवनको साथै जिन्दगी पनि रोमाञ्चक बन्छ ।

४. पत्नीलाई पहल गर्न सिकाउनुहोस्

आमरुमा महिलाहरुले यौनसम्पर्कको लागि पहल गर्न हच्किन्छन् साथै केही नयाँ कुरा प्रयास गर्न पनि रुची देखाउँदैनन् । जसले उनीहरु पूर्णरुपमा यौनको मजा लिन पाउँदैनन् ।

यदि तपाईं आफ्नो बोरिङ यौनजीवनमा प्यारको नयाँ रंग भर्न चाहनुहुन्छ भने पत्नीलाई यौनसम्पर्कको लागि पहल गर्न सिकाउनुहोस् । तपाईंको यो नयाँ तरिका उनलाई पक्कै मन पर्छ ।

यौनसम्पर्क गर्दा सँधै नयाँ नयाँ चीज प्रयास गर्ने पनि कोसिस गर्नुहोस् जस्तै सेक्स टोयको प्रयोग, क्लाइमेक्सको नयाँ तरिका, कामोत्तेजित गर्ने र फोरप्लेको तरिकामा परिवर्तन गरेर तपाईंले सेक्सलाई अझै पनि सुखद बनाउन सक्नुहुन्छ ।

५. कल्पना सेयर गर्नुहोस्

राम्रो यौनसाथी तीनै हुन जसले आफ्नो साथीसँग अन्य कुराको साथै सेक्सुअल फेन्टासी पनि सेयर गर्छन् । आफ्नो सेक्सको चाहना र फेन्टासी पार्टनरसँग सेयर गरेर तपाईंले यौनजीवनको भरपुर आनन्द उठाउन सक्नुहुन्छ ।

सेक्सुअल फेन्टासी अर्थात यौनको कल्पनाहरुलाई वास्तविकता बनाएर यौनक्रियालाई रुचीपूर्ण बनाउन सकिन्छ । तर, एउटा कुरा सँधै ध्यान राख्नुहोस् कि सफल यौन जीवनको लागि जोडीको बीचमा कुराकानी हुन आवश्यक छ ।

पार्टनरको राम्रो कुरालाई थाहा नपाइकन तपाईंले उनलाई सन्तुष्ट गर्न सक्नुहुँदैन । जबसम्म तपाईं आफ्नो दिलको कुरा उनीसँग भन्नुहुन्न उनले पनि तपाईंलाई सन्तुष्ट बनाउन पाँउदैनन् त्यसैले संवादको पुललाई सँधै मजबुत बनाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई