२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्कोहल कति हानिकारक ? जान्नुहोस्

२०७५, १९ पुष बिहीबार ०८:५९

तपाई अल्कोहल कत्तिको पिउनु हुन्छ ? अहिले प्राय मानिसमा अल्कोहलको लत बसेको हुन्छ । पार्टी होस् या फुर्सद, हर्ष होस् या बिस्मात् मानिसहरु अल्कोहल पिउने गर्छन । तर अत्याधिक अल्कोहल सेवन गर्नुहुन्छ भने एकचोटी अवस्य पढ्नुहोस् अल्कोहल कति हानिकारक छ भनेर । अल्कोहल सेवनले शरीरमा मात्र नभई मुखमा पनि विभिन्न समस्या देखिने गर्छ । एउटा अध्ययनअनुसार अल्कोहल सेवन गर्ने मानिस सात सय प्रकारका कीटाणुबाट संक्रमित हुन्छन् । अत्यधिक मदिरा सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको अनुसन्धानले पत्ता लगाएको छ ।

- नियमित अल्कोहल पिउने मानिसमा क्यान्सर, हृदयाघात, मस्तिष्क, कलेजो, पाचन प्रणालीसम्बन्धी रोगको जोखिम हुन्छ । अनुसन्धानले रक्सी खाने मानिसमा मुख क्यान्सरको सम्भावना अत्यधिक हुने पत्ता लगाएको छ । त्यस्तै, अल्कोहलले पाचन प्रणाली र फोक्सो क्यान्सरको सम्भावना पनि अत्यधिक रूपमा बढाउँछ ।

- अत्यधिक अल्कोहल सेवन गर्ने मानिसको आकस्मिक मृत्यु हुने गरेको पनि अनुसन्धानले देखाएको छ । 

- सामान्य मानिसभन्दा बढी अल्कोहल सेवन गर्ने मानिसमा उच्च रक्तचापको सम्भावना पनि अत्यधिक हुने गरेको अनुसन्धानको निष्कर्ष छ । 

- अल्कोहलिकहरू मधुमेह, मुटुरोगलगायतका समस्याबाट पनि ग्रसित हुन्छन् । 

- अत्यधिक अल्कोहल पिउने व्यक्तिमा मानसिक समस्याको जोखिम पनि उत्तिकै हुने गर्छ । मानिसले तनाव कम गर्ने निहुँमा अल्कोहलको सहायता लिने गर्छन् । तर, समस्या के भने यसले मस्तिष्कलाई नै अत्यधिक असर पार्ने गर्छ । 

- केही मात्रामा अल्कोहलको सेवन गर्नु फाइदाजनक हुने धेरैमा भ्रम हुन्छ । तर, यसको स्वास्थ्यमा कुनै फाइदा छैन । बरु अल्कोहलकै कारण शरीर शिथिल हुने, निद्रा नपर्ने, मनमा बढी कुरा खेल्नेजस्ता समस्या हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने