2026-07-24 09:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोक लाग्दा रिस उठ्छ ? यस्तो हुनसक्छ कारण !

भोक लाग्दा धेरै रिस उठ्छ । नउठोस् पनि किन ? आखिर भोक न हो । तर भोक लाग्दैमा किन रिस उठ्छ त ? कहिल्यै विचार गरिएको छ ?

लण्डनस्थित किंग्स कलेजका पोषणविद् सोफी मेडलिनलाई आधार मान्ने हो भने हाम्रो  शरीरमा जब चिनीको मात्रा कम हुन्छ, तब शरीरमा कार्डिसोल तथा एड्रीनल नामक हर्मोनको मात्रा अचानक बढ्छ ।  कार्डिसोल तथा एड्रीनल नामक हर्मोनको सीधा सम्बन्ध तनाव तथा आक्रोशसँग हुन्छ  । यसको नकारात्मक असर मस्तिष्कमा पर्दछ ।

मस्तिष्कबाट निस्कने न्युरोपेप्टाइड्स नामक केमिकल्सले यी केमिकल्सलाई नियन्त्रित गर्ने गर्दछ । यही केमिकल्सकै कारण भोक लागेको महसुस हुन्छ भने रिस उठेको पनि महसुस हुने गर्दछ ।

त्यसैले गर्दा अत्यधिक मात्रामा भोक लाग्दा  रिस उठेको महसुस हुने सोफी मेडलिन बताउँछिन् । भोक लाग्दा पेटमा ऐँठन तथा आन्द्र्रा बटारिएजस्तो महसुस हुने गर्दछ । त्यसैले सामाजिक सञ्जालले यसलाई हेंगरको संज्ञा दिएका छन् । हेंगर भनेको हंग्री र एंगर अर्थात भोक र रिस मिलेर बनेको शब्द हो ।

यो समस्याबाट पुरुषको तुलनामा महिलाहरू बढी पीडित हुने बताइन्छ । यद्यपि यसको पुष्टि भने भएको छैन ।

भोक लाग्दा पुरुषलाई किन उठ्छ रिस ?

सोफी मेडलिनका अनुसार मानव मस्तिष्कमा न्युरोपेप्टाइडको असर महसुस गर्नका लागि ज्यादा रिसेप्टर हुन्छन् । यसमा एस्ट्रोजेन नामक हर्मोनको असर पनि हुने गर्छ । एस्ट्रोजनसित टेस्टस्टेरोनको सम्बन्ध रहने गर्छ । खानासित भावनाको सम्बन्ध हुने कुरालाई पुरुषहरू विरलै मान्ने गर्छन् । जब कि महिला बढी संवेदनशील हुने भएकाले उनीहरूलाई भोकसित धेरै जोड्ने गरिन्छ ।

भोकले बिगार्न सक्छ सम्बन्ध ?

सन् २०१४ मा गरिएको एक अध्ययन अनुसार रगतमा चिनीको मात्रा कम हुनाले विवाहित जोडीको सम्बन्धमा तनाव बढ्छ र उनीहरू हिंस्रक हुने गर्छन् ।

त्यसो भए भोकले निम्त्याउने रिसबाट कसरी बच्न सकिन्छ ?

सोफीका अनुसार भोकका कारण निम्तने रिससित कसरी बच्न सकिन्छ भन्ने कुरा तपाई  खाना कतिबेला खानु हुन्छ भन्ने कुरामा निर्भर गर्छ ।

त्यसैले भोक लागेपछि खाइहाल्नु उत्तम हुन्छ । खानामा पनि सकेसम्म अमिलो, पिरो तथा गुलियो खानेकुरा खान उत्तम हुन्छ । यस्ता खानेकुराले शरीरमा सुगरको मात्रा बढाउनुका साथै रिस समेत उठ्न दिँदैन । -बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक