2026-09-18 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ९ खानेकुरा: जुन धेरै खानाले खुइलिन्छ तालु !

तालु खुइलिनु पनि एउटा रोग नै हो । तालु खुइलिएका बिषयमा हाम्रो समाजमा अनेकौं किस्सा सुन्न पाइन्छन् । कतिपयले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमतासँग पनि दाँज्ने गरेका छन् । तर, यो वास्तविकता होइन । खासमा तालु २ प्रकारले खुइलिन्छ । सिकाट्राइसियल र नन–सिकाट्राइसियल ।

सिकाट्राइसियलमा जन्मजात समस्या, सुन्निएको अवस्था, कोठी , चोटपटक वा क्यान्सरका कारण तालु खुइलिने हुन्छ । त्यस्तै नन–सिकाट्राइसियलमा कहिलेकाहि सानो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै । खुइरे भनिने सानो भाग खुइलिने रोग वंशाणुगत गुण, मानसिक रोग वा ढुसी संक्रमणका कारण देखिन्छ । त्यस्तै पूरा भाग चाहिँ एलोपेसिया युनिभरसालिसका कारण खुइलिने हुन्छ ।

पूरा भाग खुइलिएपछि रौंका जरा नष्ट हुन्छन् । जसको कारण कपाल पलाउन सक्दैन र तालु चिल्लो देखिन्छ । नन सिकाट्राइसियल रोगमा रौंका जरा हुने भएकाले पुनः पलाउन सक्छन् ।

कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् ।

के खानाका कारण झर्छन् कपाल ?

१. पेस्ट्रीज र केकः

यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ । यसले तीब्र रुपमा कपाल झर्छ ।

२. तारेका खानेकुराः

यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ ।

रिफाइन्ड फूडः

सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ ।

४. आलूः

यसमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ ।

५. पिज्जाः

यो खाँदा रगतमा चीनिको मात्रा बढ्छ । यसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल धेरै झर्ने गर्दछ ।

६. फ्रेन्च फ्राइः

यसमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जरालाई पोषण पाउन दिँदैन ।

७. मिठाईः

यसले ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ ।

८. कार्बोनेटेड ड्रिङ्क्सः

सोडा, कोलाजस्ता ड्रिङ्क्समा अत्यधिक चीनि र एसिडिक क्वालिटी हुन्छ । यसले कपाल धेरै झर्छ ।

९. रक्सीः

यो पिउँदा शरिरमा जिंकको शेचन स्लो हुन्छ जसले कपाल अत्यधिक झर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई