2026-09-18 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनावारी हुँदा के गर्ने, के नगर्ने ? महिलाहरुले जान्नैपर्ने कुरा

टिप्स:- डा. नूतन शर्मा प्रसूति तथा बाँझोपन विशेषज्ञ सञ्चालक, अल्का आइभिएफ एन्ड फर्टिलिटी सेन्टर

साधारणतया महिनावारी भनेको महिलामा देखापर्ने शारीरिक परिवर्तनमध्ये एक हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ; कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ । यो शरीरमा भएका रसरागहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ ।

महिनावारी प्राकृतिक प्रक्रिया हो । अर्थात्, महिनावारी हुनु भनेको एउटी केटी गर्भवती हुनका लागि परिपक्व भएको संकेत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह बिस्तारै योनिमार्ग हुँदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ । जुन रगतको रङ गाढा रातो हुन्छ र कहिलेकाहीँ ढिक्काजस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

महिनावारी हुँदा अपनाउनुपर्ने सावधानी

-महिनावारी हुँदा शारीरिक सरसफाइमा विशेष ध्यान पु-याउनुपर्ने हुन्छ । ग्रामीण भेगका महिला महिनावारी हुँदा फोहोर कपडा प्रयोगमा ल्याउने गर्दछन्, जसले गर्दा उनीहरूको गुप्तांगमा संक्रमणको समस्या बढी देखिन्छ । विशेषगरी, नेपालको पश्चिमी भेगतिरका महिलामा प्याड प्रयोग सचेतना नभएका कारण अवस्था अझ नाजुक छ ।

अझै पनि कतिपय ग्रामीण भेगतिर महिनावारीका वेला प्रयोग गरेका कपडा पनि सूर्यलाई देखाउनु हुँदैन, पाप लाग्छ भन्ने अन्धविश्वास कायमै छ । यसैले उनीहरू कपडा घाममा सुकाउँदैनन् र अँध्यारोमै राख्छन् । फेरि अर्कोपल्ट महिनावारी हुँदा त्यही कपडा प्रयोग गर्दछन् । यसले गर्दा उनीहरूको शरीरका भित्री अंगमा संक्रमण हुने सम्भावना अलि बढी हुन्छ । महिनावारीमा प्रयोग गरेको कपडा घाममा सुकाउनुपर्छ । यसले कपडामा भएको परजीवी कीटाणु नष्ट हुन्छ ।

-आजभोलि महिलाहरू आधुनिक स्यानिटरी प्याड प्रयोग गर्छन् । जुन प्रत्येक चार–चार घन्टामा फेर्नुपर्ने हुन्छ । यदि थोरै मात्र रगत बगेको छ अर्थात् प्याड पूर्ण रूपमा भिजेको छैन भने पनि अनिवार्य रूपमा फेर्नुपर्ने हुन्छ । धेरैजसो महिलाले लामो समयसम्म एउटै प्याड प्रयोगमा ल्याउने हुनाले पनि संक्रमण हुने सम्भावना अत्यधिक हुने गर्दछ ।

किन हुन्छ महिनावारी अनियमित ?

-महिनावारीमा कहिलेकाहीँ गडबडी हुन्छ । ढिलो–चाँडो हुनु भनेको शारीरिक परिपक्वता नभएर हो । केही महिलामा पहिलोपटक महिनावारी भएर २–४ वर्ष नै हुँदैन । त्यसपछि फेरि नियमित रूपमा हुन्छ । यो सामान्य प्रक्रिया हो । यसले महिलाको स्वास्थ्यमा केही असर गर्दैन । तर, कतिपय अवस्थामा भने एक्कासि महिनावारीमा गडबडी आउन सक्छ । यसरी घटबढ हुनुमा उमेरले पनि फरक पार्दछ । जस्तै– किशोरावस्थामा अनियमित हुनुको मुख्य कारण मेच्युरिटी नपुग्नु पनि हो ।

-बे्रनदेखि ओभरीसम्मको नियमित गर्ने मेकानिजम परिपक्व नहुन्जेल महिनावारी नियमित हुँदैन । यसबाहेक गर्भसँग सम्बन्धित समस्या जस्तै– गर्भपतन, सुत्केरी हुने र सालबाट उत्पन्न हुने ट्युमरहरूका कारण हुन्छ ।

-परिवार नियोजनका अस्थायी साधनको अनियमित प्रयोग तथा तिनिहरूको साइड इफेक्टले पनि महिनावारी अनियमित हुन्छ । प्रजनन तथा यौन अंगको संक्रमण वा प्रजनन अंगमा हुने ट्युमर र हर्मोनल औषधि राम्रोसँग सेवन नगरेको कारणले पनि अनियमित हुन्छ ।

-यस्तो अवस्थामा जथाभावी रूपमा औषधिको सेवन गर्नु हुँदैन । सूचीकृत नभएका स्वास्थ्य संस्था र औषधि पसलबाट औषधि किनेर खाँदा झन् समस्या निम्त्याउन सक्छ । महिनावारी असामान्य रूपमा गडबडी भएमा सम्बधित विशेषज्ञसँग नै परीक्षण गराउने, समयमा नै उचित रूपमा औषधि सेवन गर्ने र क्यान्सर स्क्रिनिङ टेस्ट गर्ने गर्नुपर्दछ ।

तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रजस्वलामा गडबडीजस्ता समस्या लिएर मकहाँ आउनेमध्ये करिब एकतिहाइलाई यो समस्या महिनावारीको समयमा राम्ररी सरसफाइ नगर्दा हुने गरेको बताउँछिन्, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा । उनका अनुसार रजस्वलामा सरसफाइको अभावले क्यान्सरसहित विभिन्न शारीरिक समस्या हुन सक्छ ।

महिनावारीको समयमा यसो गर्ने

महिनावारी एक सामान्य शारीरिक प्रक्रिया हो । सामान्य रूपमा प्रजनन स्वास्थ्यका लागि परिपक्व भएका महिलामा यस्तो परिवर्तन देखा पर्दछ । सामान्य दैनिक जीवनमा गर्नुपर्ने काम गर्दा केही फरक पर्दैन । तर, शरीरलाई भारी पर्ने काम गर्नु हुँदैन । यस्तै, महिनावारीका वेला सकेसम्म यौनसम्पर्क राख्नु हुँदैन । 

-नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई