चाया कसरी आउँछ ? चाया हटाउने घरेलु तरिका यस्ता छन् ! जानी राखौ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

जाडो मौसममा अधिकांश मानिसको टाउकोमा चायाको समस्या हुन्छ । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ । यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ ।

चाया आउने कारणहरु

-जाडो मौसममा टाउकोमा चायाको बढी असर देखापर्छ । जाडो मौसममा तातो पानीले नुहाउँदा टाउकोको त्वचा बढी रुखो हुन्छ, जसको कारणले टाउकोमा चायाको समस्या उत्पन्न हुन्छ । यसको साथै जाडो मौसममा टाउकोमा गलबन्दी र टोपी लगाउँदा टाउकोलाई प्रयाप्त हावा प्राप्त हुँदैन, जसको कारण टाउकोमा चाया बढ्छ ।

-दिनहुँ श्याम्पू परिवर्तन गर्नु र केमिकल युक्त श्याम्पूको प्रयोगले टाउकोको त्वचामा असर पर्छ, जसको कारणले चायाको समस्या उत्पन्न हुन्छ ।

-टाउकोमा तेल रहँदा टाउकोको त्वचा चिल्लो हुन्छ, जसको कारणले कपालमा फोहोर जम्मा हुन्छ र यहीँ फोहोरले नै चायाको समस्या निम्त्याउँछ । यो फोहोरको कारणले कपाल झर्न शुरू हुन्छ । यति मात्र नभई अस्वस्थकर आहारको कारणले पनि कपाल ओयली हुन्छ, जसको कारणले कपालमा चायाको समस्या उत्पन्न हुन्छ ।

चाया हटाउने घरेलु तरिका

-एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५÷२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया कम हुन्छ ।

-अमिलो दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया घट्छ ।

-रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।

-करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।

-दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया कम हुन्छ ।

-सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस । एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।

-नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ ।

-एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ । एजेन्सीको सहयोगमा

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply