2026-09-18 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! यी हुन् क्यान्सरको संकेत, यसबाट बच्न के- गर्ने के नगर्ने ?

काठमाडौं | क्यासर नसर्ने रोग हो । क्यान्सरलाई घातक रोग भनेर चिनिन्छ । यो रोग सबै उमेर समुहको लाई लाग्न सक्छ । शरीरको जुनसुकै अंगमा प्रभावित पार्छ । हाम्रो शरीरमा २ सयभन्दा बढि विभिन्न प्रकारको खर्बौ स–साना कोष र कोषिकाहरु मिलेर बनेको हुन्छ । यसमा कोषिकाहरुको एक समूहको अनियन्त्रित वृद्धि या सामान्य भन्दा धेरै फैलिन्छ । र अरु स्वस्थ कोशिकाहरुलाई पनि क्षति पुर्‍याउँछ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रतिवर्ष विश्वमा करिब १ करोड २० लाख नयाँ क्यान्सरका विरामी देखिन्छन् । भने वर्षेनी ७५ लाख क्यान्सर पिडितको मृत्यु हुने गरेको छ । अहिले विश्वमा फोक्सो, स्तन, पाठेघर, आमाशय र मुखको क्यान्सर हुने धेरै छन् । विश्वमा कुल मृत्यु हुने करिब १३ प्रतिशत कारक तत्व क्यान्सर बनेको छ । यो तथ्यांकले देखाउँछ क्यान्सर मानव मृत्युको भयानक कारण बनिरहेको छ ।

क्यान्सर आफैँमा भनायक रोग हो । तर यो रोग लाग्दैमा आत्तिहाल्नु भने पर्दैन वेलैमा उपचार गरेमा निको हुन्छ । त्यसको लागि नियमित रुपमा जाँच गर्नु र डाक्टरको परामर्श लिनुपर्छ । सुरुवातको चरणमै उपचार गरेमा क्यान्सर पुर्णत निको हुन्छ । खासमा समस्या भएको के हो भने अझै पनि ९० प्रतिशत क्यान्सर रोगी अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गर्छन् ।

क्यान्सर हुनुको मुख्य कारण

–गलत खानपान र बद्लिदो जीवनशैली नै प्रमुख कारण हो । 

–अखाद्य वस्तुको प्रयोग । जस्तैः किटनाशक औषधि र रसायनिक मलको प्रयोग भएको खानेकुरा, हानिकारक रंग मिसाइएको खानेकुरा, धैरै नुन भएको खानेकुरा, गालेको अचार आदि 

–वंशाणुगत भएकोले आफ्नो सन्तानलाई हुने सम्भावना बढि रहन्छ । 

–धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन

–हानिकारक रसायनिक तत्व, विकिरणको सम्पर्कमा रहेमा 

–बच्चा धेरै जन्माउने वा कम उमेरमा बच्चा जन्माउने महिलाहरुलाई 

–शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकोलाई 

–शरीरको कुनैपनि भागमा लगातार घर्षण भएमा त्यँहाको कोष तथा कोषिकामा असामन्य परिवर्तन भएर क्यान्सर हुन सक्छ । 

–सामाजिक तथा आर्थिक अवस्था कमजोर भएकालाई 

लक्षणहरु, जसले क्यान्सरको संकेत गर्छः

–शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाई महसुस भएमा 

–यदि शरीरको तौल १ सातामै १० प्रतिशत सम्म कम भएमा 

– शरीरमा थकान महसुस भएमा या कमजोरी भएमा 

–दिशा पिसावको रंग बदलिएमा 

–बेस्सरी ज्वरो आउनु र निको नहुनु 

–शरीरमा रगतको कमी हुनु 

–घाँटी तथा अन्य अंगमा गाँठागुठी देखिनु 

–महिनावारी हुँदा अधिक रक्तस्राब हुनु 

–खोक्दा रगत देखा पर्नु 

–लगातार खोकी लाग्नु र औषधी खाँदा पनि निको नहुनु

रोकथाम तथा बच्ने उपाय

–यदि घरमा कसैलाई क्यान्सर भएको छ भने क्यान्सर हुने जोखिम बढि हुन्छ त्यसैले नियमित जाँच गर्नुपर्छ । 

–नियमित रुपमा मेमेग्राम गर्नुपर्छ । मेमेग्रामले स्तन क्यान्सर भएको थाहा हुन्छ । 

–अन्य अंगको पनि नियमित जाँच गर्नुपर्छ । 

–शरीरमा अनावश्यक गाठागुडी आएमा, बढेमा, रंग परिवर्तन भएमा जँचाई हाल्नुपर्छ । 

–पेककिलरको प्रयोग धेरै नगर्ने 

–स्वास्थ्य जीवनशैली अपनाउने 

–शारीरिक व्यायाम, योगा, ध्यान गर्ने 

–क्यान्सर गराउने कारक तत्वहरुबाट बच्ने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई