2026-09-18 10:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नचाहँदा नचाहँदै पनि पिसाब लाग्छ ? यी हुन सक्छन् गम्भीर कारण

सामान्यतः साना बच्चाहरुले कपडामै पिसाब गर्छन् । जब उनीहरु ठूला हुन्छन्, बिस्तारै दिसापिसाब केहीबेर रोक्न सिक्छन् । तर केही मानिसमा वयस्क भएपछि पनि पिसाब रोक्न नसक्ने समस्या रहिरहन्छ । केही मानिसमा बानीका कारण हुनसक्ने भएपनि अधिकांश मानिसमा यस्तो समस्या रोगका कारण हुन्छ । यस्तो रोगलाई युरिनरी इन्कन्टिनेन्स भनिन्छ । यो दिमागसंग सम्बन्धित रोग हो । यसको लक्षण पार्किन्सन्ससंग मिल्छ, जसमा नचाहँदा नचाहँदै पिसाब निस्कन्छ । 

के हो युरिनरी इन्कन्टिनेन्स ? 

पार्किन्सन्समा जस्तै यो रोगमा पनि डिप्रेसनका लक्षण देखिन्छन् । बिरामी तनावमा हुन्छन् र पिसाब रोक्न सक्दैनन् । यसले महिला र पुरुषलाई अलग–अलग तरिकाले प्रभावित बनाउँछ ।  बच्चामा पनि यो समस्या देखिन्छ । यस्तो समस्या भएका बिरामी लाजका कारण अरुसंग त्यति सम्पर्कमा रहँदैंनन् । जसका कारण उसमा चिडचिडाहट हुने, रिस उठ्ने समस्या देखिन्छ । 

पिसाब रोक्न नसक्ने समस्या दिमागसंग सम्बन्धित हुन सक्छन् । 

जुन यस प्रकार छन् :

पार्किन्सन्स

यो रोग क्रोनिक र प्रोग्रेसिभ मुभमेन्ट डिसअर्डर हो । एकपटक यसको लक्षण देखिएपछि बिस्तारै गम्भीर अवस्थामा पुग्छ । हालका लागि यसको न कुनै उपचार छ, न यसको कारणबारे नै थाहा हुन सकेको छ । तर केही औषधीबाट भने असर कम गर्न सकिन्छ । यसले मष्तिष्कमा रहेको महत्वपूर्ण स्नायु कोषलाई पूर्ण रुपले नष्ट गर्छ र शरीरका अन्य अंगको संकेत पूर्ण रुपले ग्रहण गर्न सक्दैन । यसले सुरुवाती चरणमा न्यूरोन्सलाई प्रभावित गर्छ र शरीरको चाल अवरुद्ध गर्छ ।  

डिप्रेसन

डिप्रेसन यस्तो समस्या हो, जो बिस्तारै मानिसको 18को हिस्सा बनिरहेको छ । डिप्रेसनमा मानिसको शरीर नै उसको नियन्त्रणमा हुँदैंन । समस्या जटील हुँदैं गएपछि बिरामीले आत्महत्या गर्ने कोशिस गर्छ र अधिकांश अवस्थामा जीवन नै गुम्छ । यसका विविध रुप हुन्छन् । कसैलाई मानसिक, कसैलाई सामाजिक, कसैलाई वातावरणीय तनाव हुन्छ । यदि आफूलाई डिप्रेसनको समस्या सुरु भएको संकेत पाउनासाथ परिवार र साथीभाईलाई थाहा दिनुपर्छ या सल्लाह लिनुपर्छ  । 

हन्टिगन्टन्स डिजिज

यो एक जटील समस्या हो । यसका बिरामीमा सोच्ने, बुझ्ने तथा महसुस गर्ने क्षमता प्रभावित हुन्छ । पार्किन्सन्सजस्तै यसको समस्या पनि साधारणबाट सुरु भएर जटीलसम्म पुग्छ । यो आनुवंशिक समस्या पनि हो, जो एक पीढीबाट अर्को पीढीसम्म सर्न सक्छ । 

ट्रेमर

यो पनि काफी रुपमा पार्किन्सन्स डिजिजजस्तै हो । यसमा बिरामीले नचाहँदा नचाहँदै पनि शरीरका अंगहरु हात, काँध, खुट्टा तथा टाउको काँप्छन् । न्यूरोलोजिकल डिस्अर्डरअनुसार यस्तो हुन्छ । ट्रेमरका कारण हृदयाघात हुने खतरा पनि हुन्छ । यो रोगले बिरामीलाई शारीरिकका साथसाथै मानिसक रुपमा पनि प्रभावित बनाउँछ । 

डिमेन्सिया

डिमेन्सियाअनुसार बिरामीको स्मरणशक्ति कमजोर हुन्छ । शब्द पहिचान गर्न नसक्ने, निर्णय लिने क्षमता नहुने समस्या हुन्छ । दिनप्रतिदिन यो समस्या बढ्दै जाँदा बिरामीको अवस्था जटील पनि हुन्छ । यो रोग लाग्दा पार्किन्सन्समा जस्तै दिमागको स्नायु कोषलाई प्रभावित पार्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई